अस्थायी शिक्षकको आन्दोलन टुंगियो

काठमाडौं : अस्थायी शिक्षकलाई लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने शिक्षा मन्त्रालयले सहमति जनाएपछि आठ दिनदेखि जारी अनशन शुक्रबार तोडेका छन् ।

मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको वार्ताको क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि शिक्षकहरुले आमरण अनसन तोडेका हुन् । यसअघि परीक्षा वा सुविधा रोज्नु पर्ने ऐनमा व्यवस्था गरिएको थियो । यो सहमतिमा परीक्षामा अनुतिर्ण भएपनि सुविधा पाउने प्रावधान राखिएको छ ।

सम्झौतमा भनिएको छ, ‘सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागि हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐन आठौ संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अनुसारका अतिरिक्त औषधि उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधनको प्रक्रिया तत्काल अगाडि बढाउने ।’ यो सम्झौतामा भदौ ३ मा हुने परीक्षाका बारेमा केही उल्लेख गरिएको छैन ।

त्यस्तै ०६१ साउन २२ देखि ०७२ असोज २ सम्म्को रिक्त दरबन्दीको ४९ प्रतिशत आन्तरिक पद कम भएको गुनासो सुनुवाई गर्न ११ सदस्यीय कार्यदल गठन गर्ने भएको छ । कार्यदललाई यस विषयको अध्ययन गर्न १५ दिनको समय दिइएको छ ।

शिक्षा विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र ग्रीड र परीक्षा लगायतका विषयलाई सुधार गर्न थप गृहकार्य गर्ने सहमति भएको शिक्षा मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले बताए । आफ्नो माग पुरा गर्न भन्दै अस्थायी शिक्षक असार २ देखि भद्रकालीमा आमरण अनसन सुरु गरेका थिए ।

http://bit.ly/2tBwPr4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार