नयँदिल्ली : भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
उनीहरुमा सबैभन्दा कान्छा रविन थिए । पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो । मृतक डम्बरका १५ र १३ बर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी १९९६ मा सेनामा प्रवेश गरेका थिए ।