संघीय लिम्बुवान पार्टी इलामको विज्ञप्ती

प्रस विज्ञप्ती

मिति : २०७४ वैसाख २४

संघीय लिम्बुवान पार्टी, नेपालको केही बिचौलिया, दलाल एवं आत्मासमपर्णवादी गुटका नाइकेहरूले दमकमा केन्द्रीय समिति सदस्यमा नरहेका बटुवाहरूलाई जम्मा गरेर तथाकथित चौथो केन्द्रीय समितिको बैठक बसेको भनि भइरहेको होहल्लाको पछि संघीय लिम्बुवान पार्टी, नेपाल इलाम जिल्ला समिति नरहेको स्पष्ट पार्न चाहन्छौ ।

सो तथाकथित बैठक पार्टीका सहअध्यक्ष खगेन्द्र माखिमले आफूलाई अर्को पार्टीमा विक्री गर्नका लागि रचिएको नौटङ्की मात्र हो भन्नेमा संघीय लिम्बुवान पार्टी, नेपाल इलाम जिल्ला समिति स्पष्ट रहेको छ । लिम्बुवानको आन्दोलनमा रहेका यस्ता बिचौलिया, दलाल एवं आत्मासमपर्णवादीहरूलाई निषेध नगरी संघीय लिम्बुवान पार्टी, नेपालको नेतृत्वमा लिम्बुवान राज्य स्थापनाको आन्दोलन निर्णायकतर्फ नजाने संघीय लिम्बुवान पार्टी, नेपाल इलाम जिल्ला समिति ठहर रहेको छ ।

यसर्थ, यस्ता अराजक तवरले तथाकथित पार्टीको केन्द्रीय समितिको बैठक भनि भेला बोलाउने र त्यसमा जम्मा हुने बिचौलीया समुहहरूलाई अविलम्ब कारवाही प्रकृया अगाढी बढाउन संघीय लिम्बुवान पार्टी नेपालक केन्द्रीय समितिलाई अनुरोध समेत गर्दछौं ।

धन्यवाद । जय लिम्बुवान ! संघीय अभिवादन !!

डम्बर लोरिङदेन

अध्यक्ष

संघीय लिम्बुवान पार्टी, नेपाल

इलाम जिल्ला समिति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार