चेतन आङथुपो
चुलाचुली : इलाकाे दक्षिणी चुलाचुली गाउँपालिका-३ यलम्बर चाेकका स्वर्गीय बीरबहादुर राईकाे परिवारलाई “चुलाचुली प्रवासी सञ्जाल ” इलामले राहत वितरण गरेकाे छ ।
सञ्जालका अध्यक्ष बलराम गिरी र सचिव छत्र चाम्लिङ राईद्वारा राहत हस्तान्तरण गरिएको थियाे । सञ्जालले विपन्न परिवारलाई तत्कालीन समितिले मुल्याङकन गरि २० वाट काे एक थान साेलर, दुई थान अाेड्ने, अाेछ्याउने , अाय अार्जन स्रोतको लागि एक वटा सुँगुर पाठा गरि २० हजार दुई सय बराबरको राहत वितरण गरेका हो।
मृत्यक १७ दिन अघि छाेपुवा विरामकै कारण अँगेनामा परेर मृत्यु भएको थियाे । उनकाे अार्थिक विपन्न परिवारमा पत्नी र तीन छाेरी छन् । स्वर्गीय वीरबहादुरकी पन्ती सुकमाया राईले दुखेसो पोख्छिन् ‘पतिको मृत्युपछि ३ छाेरीलाई खाना खुवाउन मात्र दाउरा बेच्ने र गाउँमा खेताला जाने गरेकी छु, अार्थिक स्थितिक कम्जाेर छ, छाेरीहरूकाे विद्यालयमा भर्ना समेत गर्ने सकेकी छैन ।’ दैनिकी मजदुरी गरेर परिवारकाे गर्जा टार्दै अाएकाे बीरबहादुरकाे जिर्ण घर समेत छिमेकीहरूकाे श्रमदानबाट निर्माण गरिदिएको स्थानीयहरूले जनाएको छ ।
चेतनामूलक कार्यक्रम गर्ने उदेश्य रहेकाे सञ्जालले यस्ता सहयोगको काम पनि गर्दै आएको समितिको अध्यक्ष बलराम गिरीले बताए । विदेशमा रहेर कमाई गरिरहेका गाउँले दाजुभाइकाे सहयाेगमा सञ्जालले अार्थिक काेष खडा गरेका अध्यक्ष गिरीले बताए ।
अहिलेसम्म चुलाचुली प्रवासी सञ्जाल काेषमा पाँ लाख रकम जम्मा भएको छ । ९ जनाकाे कार्स समिति रहेकाे सञ्जालमा ३० जना दाताहरूले १० हजार देखि ६० हजार सम्म सहयाेग गर्दै अाएकाे छन । उक्त कार्यक्रममा समाजसेवी मिना अाङथुपाे, नरेस माङमाे, हेमन्त राई, तिलप्रसाद अाङथुपाे, देउमान थुलुङ , विजय राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।