
बार्सिलोना : बेल्जियमका चर्चित पत्रकार बेन रुलान्टस नेतृत्वको टोलीले नेपालमा वृत्तचित्र बनाउने भएको छ । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ रुलान्टस् नेतृत्वको टोलीले वृतचित्र निर्माण गर्न लागेको हो ।
रुलान्टस नेतृत्वको टोली ४ सदस्यीय टोली बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुको समन्वय र सक्रियतामा नेपाल आएको हो । बेल्जियमका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि शिव कुमार बरुवालले पत्रकारको टोलीले तयार पार्ने सामग्रीले
युरोपमा पर्यटन प्रवद्र्वनका लागि ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे। बेल्जियमस्थित नेपाली संघ संस्था र समुदायको सहयोगबाट नै पत्रकारहरुलाई हवाई टिकटको ब्यबस्था समेत गरिएको बरुवालले जानकारी दिए ।



















































