मितिः २०७३/१२/१७
प्रेस विज्ञप्ति
इलामको गौरव र प्रतिष्ठाको विषय बनेको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटवल प्रतियोगिताको विषयलाई लिएर केहि पत्रकारहरुले नेपाल पत्रकार महासंघ इलाम शाखाको लेटर प्याड र छापको दुरुपयोग गर्दै गोल्डकप बहिष्कार गरेको भन्ने भ्रमपूर्ण प्रेस विज्ञप्तिबाट हामी क्षुब्ध छौ । हामी जिल्लाको प्रतिष्ठासँग जोडिएको यो प्रतियागिताको समाचार संकलनकै क्रममा मैदान परिसरमा रहेको बेला, गोल्डकप बहिस्कार गर्ने नाममा सोहि समुहले नियोजित ढङ्गबाट पत्रकार महासंघ इलाम शाखाको कार्यालयमा तोडफोड गरि आम जगतलाई भ्रम सृजना हुने ढंगबाट विज्ञप्ति जारी गरिएकोमा हामी खेद व्यक्त गर्दछौ ।
यस्ता हर्कत गर्ने पत्रकारको पहिचान भइसकेको र नेपाल पत्रकार महासंघ इलाम शाखाको आज बसेको आकास्मिक पूर्ण बैठकले निजलाई कारवाहीको प्रकृया अघि बढाइसकेको समेत जानकारी गराउदै यस्ता गलत कार्य गर्ने पत्रकारहरुबाट भएको भ्रमपूर्ण समाचारको पछि नलाग्न सम्पूर्ण इलामेली र फुटबलप्रेमी महानुभावहरु प्रति अपिल गर्दछौ ।
अन्त्यमा,
खेल प्रतियोगिता अवधिभर निरन्तर रुपमा समाचार संकलन र सम्प्रेषण गरि प्रतियोगितालाई सफल पार्नहुन सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्दछौ । प्रतियोगिताको समाचार स्थानीय र राष्ट्रिय सबै सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण भइरहेको जानकारी गराउदै सामाजिक प्रतिष्ठा र इलामको पहिचानलाई नामेट गर्न खोज्ने पत्रकारहरुले समाजलाई कुन दिशातर्फ उत्मुख गरिरहेका छन्, त्यसलाई सुक्ष्म ढंगबाट मुल्यांकन गर्न हामी आम इलामेलीलाई आह्वान गर्दछौं ।
विप्लब भट्टराई
अध्यक्ष