नयाँ बुलन्द
गजुरमुखी : इलामको जगुरमुखी-९ तोभाङ्गमा जारी ‘हर्कबहादुर देवान स्मृति नकआउट फूटबल प्रतियोगिता’ अन्तरगत सोमबार तीन खेलहरु सम्पन्न भएका छन् । खेलमा युवासी साङ्गरुम्का, महमाई-७ र कोसिस क्लब कुरुम्बा विजयी बनेका छन् ।
गजुरमुखी-१ लाई २-० ले हराउँदै युवासी साङ्गरुम्बा विजेता बन्यो । जितका लागि दुवै गोल सुसन राईले ५ र ४७ औं मिनेटमा गरेका थिए ।
दोस्रो खेलमा साकफारालाई १-० ले पराजित गर्दै आयोजक महमाई-७ विजेता बन्यो । जितका लागि महमाईका उद्देश्य राईले ४३ औं मिनेटमा गोल गरेका थिए । त्यो गोल नै जितका लागि निर्णायक बनेको थियो ।
त्यस्तै सोमबार नै दोस्रो राउण्डको खेल पनि सुरु भएको छ । दोस्रो राउण्डको पहिलो खेलमा आयोजक गजुरमुखी-९ ए भुलभुलेलाई ३-१ ले पा लगाउँदै कोसिस क्लब कुरुम्बा विजेता बन्यो । कुरुम्बाका सुरज लावतीले २३ तथा जितेन्द्र लावतीले ३१ र ५४ मिनेटमा गोल गरे । आयोजकका तर्फबाट भने विशाल लिम्बूले २७ औं मिनेटमा सान्तवना गोल गरेका थिए ।
प्रतियोगिता अन्तरगत मगलबारको पहिलो खेलमा पानीटार फूटबल क्लब र रवि फूछबल क्लब तथा दोस्रो खेलमा इभाङ्ग-९ र युवाइसी साङ्गरुम्बाबीच हुनेछ ।
भुलभुले सामुदायिक विकास केन्द्रको आयोजनामा जारी प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
स्थानीय वरभञ्ज्याङ्ग आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आगामी १ फागुनमा हुनेछ ।