फाल्गुनन्द गोल्डकपः आयोजक फिदिम सेमिफाईनलमा

नयाँ बुलन्द

पाँचथर : पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भई सेमिफाईनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा पाहुना टोली फ्यान्स क्लब विआसी भुटानलाई २-० ले पराजित गर्दै फिदिमले अन्तिम चारको यात्रा पक्का गरेको हो । जितका लागि फिदिमका शरण बस्नेतले दोश्रो हाफको १९ औं र ३९ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार अन्तिम क्वाटरफाईनलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र चर्च व्वाईज क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै बिहीबार पहिलो समिफाईनलमा मंगलबारको विजेता फिदिम र विर्ता युनाइटेड क्लब झापाबीच तथा शुक्रबार हुने दोश्रो सेमिफाईनलमा एलेभेन एरोज सुनसरी र बुधबार हुने खेलको बिजेताबीच प्रतिस्पर्धा हुनेछ ।

१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले दुई लाख ५० हजार रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको फाईनल खेल आगामी आइतबार हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार