काठमाडौंको मखनटोलमा आगलागी, सवा दुई करोड क्षति (फोटो/भिडियो)

काठमाडौं : करीब एक घण्टाको प्रयासपछि काठमाडौंको मखनटोल स्थित साडी शोरुममा लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो दुई बजेर पाँच मिनेट जाँदा मखन टोल स्थित निरञ्जन स्थापितको घरमा विद्युत शर्ट भएर आगलागी हुँदा सवा दुई करोड बराबरको क्षति भएको महानगरीय प्रहरी वृत जनसेवाका डिएसपी सन्तोष आचार्यले जानकारी दिए सुरज आर्केडसँगै रहेको स्थापितको घरमा प्रकाश श्रेष्ठ र दिपक पाठकले ‘फेमस चेलिबेटी’ नामको साडी तथा रेडीमेड शोरुपम सञ्चालन गर्दै आएका थिए । शोरुमको चौथौ तल्लामा रहेको रेडिमेड गोदाममा आगो लागेको जानकारी दिँदै डिएसपी आचार्यले भने, ‘बन्द अवस्थामा रहेको गोदाममा बिद्युत शर्ट भएर आगलागी भएको खुलेको छ ।’

आगलागीका कारण कपडा गोदाम नष्ट भएको छ । नेपाल प्रहरी, नेपाली सेना तथा शसस्त्र प्रहरीले काठमाडौं र ललितपुरमा रहेका पाँचओटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो ।
करिब एक घण्टाको प्रयासपछी आगलागी नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत जनसेवाले जनाएको छ ।

रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार