नयाँ बुलन्द
इलाम : इलाममा जारी १९ औं राष्ट्रिय बुद्धीचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय बुद्धीचाल प्रतियोगिता अन्तरगत आईतबार छैठौं चरणको खेल सकिएको छ ।प्रतियोगितामा खुलातर्फ भुपेन्द्र निरौलाको एकल अग्रता कायम रहेको छ । उनले ५ चरणको समाप्तीमा ५ दशमलव ५ अङ्क जोडेका छन् । पाँचौ चरणमा सजिन मर्हजनलाई पराजित गरेका उनले छैठौं चरणको खेलमा पुरुषोत्तम चौलागाईसँग बराबरी गरे ।
हिमाल लामा र सजिन मर्हर्जनले ४ दशमलव ५ अङ्क जोड्दै निरौलालाई पछ्याइरहेका छन् । सजिनले छैठौ चरणमा रिजेन्द्र राजभण्डारीलाई हराए । पाँचौ चरणमा मनिस हमालसँग बराबरी गरेका हिमालले छैठौं चरणमा नबीन तण्डुकारलाई हराए । नबीन सहित, मनिस, केशब श्रेष्ठ र क्षितीज भण्डारीको समान ४ अङ्क छ ।
महिलातर्फसिन्दरा जोशीको अग्रता कायम रहृयो । उनको ५ अङ्क छ । पाँचौ चरणमा अस्मिता अधीकारीसँग पराजित भएपछि तेश्रो स्थानमा पुगेकी सिन्दिराले छैठौं चरणमा मोनालीसा खुम्बुलाई हराइन् । सिन्दरालाई मोनालीसा खुम्बु र शान्ता थापाले ४ दशमलव ५ अंक सहित पछ्याइरहेका छन् । पाँचौ चरणमा मोनालीसाले अस्मितालाई हराइन् । शान्ताले पाचौमा संगीता जयसवाल तथा छैटौ चरणमा मोनालीसा खुम्बुलाई हराइन् ।
प्रतियोगिताका दुवै प्रतिस्पर्धा स्वीस लिगको आधारमा नौ चरणसम्म हुनेछ । प्रतियोगिता ११ जेठसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा शिर्षपाँच स्थान पाउने खेलाडीले अजरबैजानको बाकुमा हुने चेस ओलम्पियाडमा सहभागिताको अबसर पाउने अर्न्तराष्ट्रिय आर्विटर मनोज घिमिरेले जानकारी दिए ।
नेपाल बुद्धीचाल संघको आयोजनामा जारी औपचारिक च्याम्पियनसीपको प्रायोजन सिबानी एयरलाइन्सले गरेको हो । नेपाल निर्माण व्यबसायी संघ र गजुरमुखी कन्सट्रक्सन सह प्रायोजक रहेका छन् ।