• स्ववियु निर्वाचन : इलाममा ६२ र मंगलबारेमा ८७ प्रतिशत मत खस्यो

    इलाम : त्रिभुवन विश्वविद्यालय अन्तर्गत आइतबार इलामका दुईवटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस र देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको हो । सदरमुकामस्थित महेन्द्ररत्न बहुम...

  • ‘कोशी’ प्रदेश विरुद्ध प्रदर्शन, निषेधित क्षेत्र तोडेर मुख्यमन्त्रीको पुत्ला दहन

    विराटनगर : प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानसहितको पुनः नामाकरणको मागसहित ‘प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समिति’ ले आइतबार प्रदेश राजधानी विराटनगरमा जनप्रदर्शन गरेको छ । संयुक्त संघर्ष समितिले हज्जारौं आन्दोलनकारी विराटनगर उतारेर ‘कोशी’ प्रदेश विरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर...

  • ‘कोशी’ प्रदेश नाम खारेज माग गर्दै विराटनगरमा प्रदर्शन हुँदै, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

    इलाम : प्रदेशको नाम 'कोशी' खारेज गरी पहिचान सहितको पुन: नाममाङको मागसहित 'प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त सङ्घर्ष समिति' ले आइतबार प्रदेश राजधानी विराटनगरमा वृहत् प्रदर्शन गर्दैछ । संयुक्त संघर्ष समितिद्वारा 'कोशी' प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राखेर विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद क...

  • स्ववियु निर्वाचन :  स्वतन्त्र विद्यार्थी प्यानलको प्रतिवद्धतापत्र सार्वजनिक (पूर्ण पाठ/भिडियो सहित)

    इलाम : आउँदो ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी प्यानलले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) अखिल (क...

  • लेक गाउँ अनि गुँदाला भोजोला ताल, पर्यटनको आकर्षण बन्दै

    पाँचथर, मिक्लाजुङ । पहाडको टुप्पोमा बेगले हुइकिरहेको कुहिरो,तल शिर झुकाए हेर्दा तराईको समथर भुभाग अनि शिर उठाएर हेर्दा टलक्क टल्कने हिमाल अनि छैवमै निलो आकाश सहित आफ्नै दृश्य छायाँमा देखिने ताल आहा ! यो ताल निकै आकर्षक छ । अनि आफ्नो सुन्दरता देखाउन पर्यटक पर्खिएर बसेको भान गराउँछ । तालकोे मनमोहक दृश्यले त्यहाँ पुग्ने...

  • चैत ३ देखि इलाममा कोभिड-१९ विरुद्धको दोस्रो बुस्टर डोज लगाईदैं

    इलाम : सरकारले इलामसहित देशभर कोरोना भाइरस कोभिड-१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ । सरकारको नियमित कार्यक्रम अन्तरगत इलाममा आउँदो ३ देखि ७ चैतसम्म सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत कोभिड विरुद्धको दोस्रो बुस्टर डोज लगाउन लागेको हो । नियमित खोप लगाएकाहरुका लागि यो चौथो डोज हो । स्...

  • स्ववियु चुनाव नेतालाई लाग्यो, विद्यार्थीलाई लागेन

    इलाम : आउँदो ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै विभिन्न क्याम्पसहरुमा राजनीतिक चहलपहल बढेको छ । विद्यार्थी संगठनहरु कहीँ एकल त कहीँ गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । उम्मेद्वारहरु विद्यार्थीहरुमाझ आफ्ना चुनावी प्रतिवद्धताहरु राख्दै भोट माग्न व्यस्त हुन थ...

  • कारागार छानबिन प्रतिवेदन : मदिरा र तास प्रवेशबारे केही खुलेन

    इलाम : नेपालकै पहिलो नमुना सुधार गृहको रूपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारभित्र तास खेलेको र मदिरा पिएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिले छानबिन त गर्यो, ...

  • ‘कोशी’ प्रदेश बन्दले जनजीवन प्रभावित, दर्जनौं बन्दकर्ता पक्राउ

    इलाम : 'कोशी' खारेजको माग गर्दै 'प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त संघर्ष समिति' ले आह्वान गरेको प्रदेश आम हड्तालले आइतबार इलाम सहित पूर्वको जनजीवन प्रभावित बन्यो । आम हड्तालका कारण आइतबार विहानैदेखि इलामसहित पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा ...

  • सूर्योदय ५ को रोङटोलको जंगलमा आगलागी, माथिबाट खसेको ढुङ्गाले एक घाइते

    इलाम : इलामको सुर्योदय नगरपालिका ५ रोङटोलको जङ्गलमा भीषण आगलागी भएको छ । आगलागी पछि माथिबाट खसेको ढुङ्गाले लागेर एक पैदल यात्री घाइते भएका छन् । आगलालीपछि सुख्खा पहिरो गएको र माथिबाट खसेको ढुङ्गाले लागेर बमबहादूर लाप्चा घाइते भएको प्रत्यक्षदर्शी सुर्दशन लेप्चाले जानकारी दिए । लाप्चाको ढुङ्गाले लागेर देब्रे हातमा...