स्ववियु निर्वाचन :  स्वतन्त्र विद्यार्थी प्यानलको प्रतिवद्धतापत्र सार्वजनिक (पूर्ण पाठ/भिडियो सहित)

इलाम : आउँदो ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी प्यानलले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।

बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यनलले प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।

संयुक्त प्यालनका तर्फबाट अध्यक्षका उम्मेद्वार दर्शन राई (अनेरास्ववियस) ले १६ बुँदे प्रतिवद्धतापत्र वाचन गरेर निर्वाचनको प्रतिवद्धतापत्र सार्वजनिक गरे ।

प्रतिवद्धतापत्रमा विभिन्न शैक्षिक मुद्धाका साथै विद्यार्थीहरुका लागि  सीपमूलक एवम् स्वरोजगारमूलक मुद्धाहरुलाई प्राथमिकता दिएको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्यक्षमा तिनजनाले उम्मेद्वारी परेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको संयुक्त प्यानल लोकतान्त्रिक समाजवादी विद्यार्थी प्यानलबाट नेविसंघका याकु राई र अनेरास्ववियु (क्रान्तिकारी) विप्लवबाट विनोद पुलामी मगर अध्यक्षको प्रतिष्पर्धामा छन् ।

स्वतन्त्र विद्यार्थी प्यानलबाट प्रत्यक्षतर्फ सचिवमा अखिल (क्रान्तिकारी) का राजेन्द्र लोहार (विक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीले उम्मेदवारी दिएका छन् । समानुपातिकर्फ सबैले आआफ्नो संगठनका तर्फबाट उम्मेद्वारी दिएका छन् ।

उता लोकतान्त्रिक समाजवादी विद्यार्थी प्यानलबाट सचिवमा अनेरास्वियूका किरण गौतम र कोषाध्यक्षमा निवाता राईले उम्मेद्वारी दिएका छन् । समानुपातिकर्फ भने आआफ्नो संगठनका तर्फबाट उम्मेद्वारी दिएका छन् ।

यस्तो छ स्वतन्त्र विद्यार्थी युनियनको साझा प्रतिवद्धतापत्र :

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन ५ चैत, २०७९

स्वतन्त्र विद्यार्थी प्यानल (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन)

साझा प्रतिवद्धता

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम

 साझा प्रतिवद्धता

१. राजनीतिक भागबण्डबाट मुक्ती. खुल्ला प्रतिष्पर्धाबाट नियुक्ति

२. विद्यार्थीलाई पार्ट टाइम रोजगारी हाम्रो माग, मरब क्याम्पसमा रोजगारी व्यवस्थापन विभाग

३. समय सापेक्ष नविनतम् शिक्षा सहित पाठ्यक्रम, प्रविधि र उद्यमशीलतासँग जोड्ने कार्यक्रम ।

– उद्यमशीलता विकास

– वित्तीय साक्षरता

– प्राविधिक तालिम

– सीपमूलक तालिमहरू

४. प्रतिभा प्रोत्साहन सप्ताह मार्फत क्याम्पस आईडल घोषणा, खेलकुद, साहित्य, लेखन, गीत, संगीत, नृत्य, नाट्य विधामा विद्यार्थी बन्नेछन् प्रेरणा ।

५. मरबमा स्ववियुको आफ्नै यू-ट्युब च्यानल, फोटोग्राफी, भिडियो इडिटिङ तालिम सहित अतिरिक्त शैक्षिक कक्षा संचालन

६. त्रैमासिक शैक्षिक बहसबाट समस्याको संकलन. समाधान खोज्नलाई विज्ञहरु सहितको शैक्षिक सम्मेलन

७. प्रशासनीक ढिलासुस्ती, प्राशिक भ्रष्ट्राचारलाई धक्का यथास्थितीलाई चोट, प्राशिक मर्यादा र सुशासित प्रशासनको लागि स्वतन्त्र विद्यार्थी प्यानललाई भोट

८. इन्डुअर खेलका लागि व्यवस्थित कभर्ड हल, थेसिस पेपर लेखनका लागि तालिम सहित छलफल

९. अनुभवका लागि विद्यार्थीलाई तीन महिने इन्टर्नसिप, कल्याणकारी संस्था, स्थानीय सरकार र निजी कम्पनीसँग पार्टनरसीप

१०. अखिलको नेतृत्वमा क्याम्पसको श्रीबृद्धी, विपन्न र जेहेनदार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

११. क्यालेण्डर अनुसार शैक्षिक सत्र अङ्ग्रेजी नेपाली भाषामा प्रश्नपत्र

१२. अध्ययन र अध्यपनको तीन शिफ्ट, विद्यार्थीहरूले पढ्ने कलेजबाटै ट्रान्सकृप्ट

१३. सेनिटरी प्याड सहितको सु-व्यवस्थित महिला कक्ष. कुलर सहितको पानीट्यांकी व्यवस्थापन गर्ने हाम्रो लक्ष्य

१४. ओपन एसेस लाईब्रेरीमा पर्याप्त पुस्तस्तकको व्यवस्था, ई-लाईब्रेरीमा सबै विद्यार्थीको पहुँचको सुनिश्चितता

१५. नियमित पठनपाठन गर्ने जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन, वार्षिक रूपमा सबै संकाय र तहकी उत्कृष्ट विद्यार्थी सम्मान

१६. निःशुल्क बारकोर्ड सहितको परिचय-पत्र सुव्यवस्थित छात्रावास, सबै संकायको समान उपयोगिताको लागि यातायात र विद्यार्थी अक्षयकोष ।

स्वतन्त्र विद्यार्थी प्यानल (दर्शन राई, राजेन्द्र वि.क. लोहारा र विशाल कार्कीसहितको टिम) लाई नै विद्यार्थीको भोट किन ?

  • क्याम्पस प्रशासनलाई चारित्रिक प्रमाणपत्रमा आमाको नाम लेख्न बाध्य पार्ने संगठन भएकोले,
  • पुस्तकालयलाई व्यवस्थित गर्दै इ-लाइब्रेरिको स्थापना गराउने विद्यार्थी नेतृत्व भएकोले,
  • विद्यार्थी र क्याम्पसको समस्यामा समाधान खोज्न निरन्तर र तत्काल लागिपर्ने नेतृत्व भएकोले
  • अन्य संगठनको नेतृत्व बालक्लब जस्तै तर अनेरास्ववियुसहित प्यानलको नेतृत्व परिपक्व भएकोले,
  • क्याम्पसमा स्ववियु नहुँदा पनि अतिरिक्त क्रियाकलाप र आन्दोलनको अगुवाइ लिने भएकोले
  • क्याम्पसमा नियमित पठन-पाठन र होस्टलको सुव्यवस्थापन, क्यान्टिनको निर्माण रस्ववियु कोषको निर्माण गर्ने संघठन भएकोले
  • जेहेन्दार र विपन्न विधार्थीको निःशुल्क छात्रवृत्तिको निम्ति नियमित पहलकदमी गर्ने नेतृत्व भएकोले,
  • भारतको झण्डाको रङ्गमा रहेको नेपालको नक्सालाई रातो निलो चन्द्र-सूर्य अंकित झण्डामा आफ्नै खर्चमा परिणत गर्ने संगठन भएकोले,
  • महिला विद्यार्थी साथी भएको अन्याय, हिंसा र विभेदको विरुद्ध प्रष्ट बोल्ने संगठन भएकोले,
  • जातीय विभेद र अन्य विविध खालको विभेदका विरुद्ध प्रष्ट बोल्ने संगठन भएकोले
  • सीमा अतिक्रमणको विरुद्ध निरन्तर खबरदारी गर्ने संगठन भएकोले,
  • निशुल्क कम्प्युटर, नेतृत्व विकास, सीप विकास, उद्घोषणकता लगायत तालिम आयोजना गर्ने नेतृत्व भएकाले
  • खेलकुद सप्ताहलाई नियमित आयोजना गर्ने नेतृत्व भएकोले,
  • बहुतले भवन क्याम्पस लाइब्रेरी भवन र व्यवस्थित मञ्चको स्थापना गर्न पैरवी गर्ने संस्था भएकोले,
  • अतिरिक्त क्रियाकलाप र खेलकुद सामाग्रीको नियमित व्यवस्थापनका लागि पहल गर्ने विद्यार्थी संगठनको लागि,
  • शिक्षा, मानविकी, व्यवस्थापन, वागवानी विज्ञान संकाय, बि.बि.ए. स्नातक र स्नातकोत्तर सबैतिर नियमित र व्यवस्थित रुपमा समस्यालाई सम्बोधन गर्ने विद्यार्थी संगठन भएकोले,
  • मास्टरको शुल्क रु.२९,५००/- बाट घटाई रु.२१,०००/- बनाउन लगाउने र सो पनि दुई किस्तामा दिने निर्णय गर्न बाध्य पार्ने नेतृत्व भएकोले
  • महिला बिद्यार्थीलाई सेनेटरी प्याड सहितको शौचालय र अपांग विद्यार्थीको हकमा पहुँचमैत्री विश्व विद्यालयको पहल र वकालत गर्ने संघठन भएकोले ।

यी लगायत थुप्रै शैक्षिक मुद्दाको अगुवाई गर्ने नेतृत्वदायी संगठन भएकोले तपाईंको अमुल्य मतदान स्वतन्त्र विद्यार्थी प्यानललाई ।

भिडियो हर्न यहाँ क्लिक गर्नुहोस्  :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार