हिजोदेखि हराइरहेका इलामका ५५ वर्षीय नरेन्द्र कुमार शर्मा मृत अवस्थामा फेला

  नयाँ बुलन्द
2.1k Shares

इलाम: इलाम नगरपालिका-१०, जौबारी (बाह्र गोलाई) निवासी ५५ वर्षीय नरेन्द्र कुमार शर्मा मृत अवस्थामा फेला परेका छन्।

परिवारका अनुसार शर्मा जेठ २९ गते बिहान करिब ६ः३० बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। करिब २० वर्षअघि भएको सवारी दुर्घटनाका कारण उनी खुट्टामा चोट लागेर अपाङ्गता भएका व्यक्ति थिए।

उनी हराएपछि परिवारजन तथा आफन्तले प्रहरी चौकी तीनघरे, आइतबारेमा जानकारी गराई खोजी कार्य सुरु गरेका थिए। खोजीका क्रममा शनिबार दिउँसो करिब १२ः४५ बजे घरबाट करिब ५०० मिटर टाढा बाटोमुनिको जंगल क्षेत्रमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीको उपस्थितिमा शव फेला पारिएको हो। हाल शवको पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

शर्माको निधनप्रति स्थानीयवासी तथा आफन्तहरूले दुःख व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार