
इलाम : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित वरभञ्ज्याङमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा वरभञ्ज्याङ ‘सी’, पाटीगाउँ, घोर्लेभिर र गजुरमुखीधाम विजयी भएका छन् ।
वरभञ्ज्याङ आधारभूत विद्यालयको खेलमैदान जारी प्रतियोगिता अन्तरगत पहिलो क्वाटरफाइनल खेलमा नावालुङ नमुना टोल विकास संस्थालाई २-० गोल अन्तरमा पराजित गर्दै वरभन्ज्याङ टोल विकास संस्था ‘सी’ सेमिफाइनल प्रवेश गरेको छ ।
दोस्रो खेलमा योङहाङ टोल विकास संस्थालाई ३-० गोल अन्तरमा पराजित गर्दै पाटीगाउँ टोल विकास संस्था ‘ए’ सेमिफाइनल प्रवेश गरेको छ ।
तेस्रो खेलमा वरभञ्ज्याङ टोल विकास संस्था ‘बी’ लाई २-० को सहज जितमा घोर्लेभिर टोल विकास संस्था विजयी बन्दै सेमिफाइनल प्रवेश गर्यो ।
हिजो नै अर्को क्वाटर फाइनल खेलमा गजुरमुखी धाम ले बरभन्ज्याङ टिम (ए) लाइ ७-० गोल गर्दै गजुरमुखी धाम सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै चौथो खेलमा वरभञ्ज्याङ टोल विकास संस्था ‘ए’ लाई ७-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै गजुरमुखीधाम टोल विकास संस्था सेमिफाइलन प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत आइतबार दुवै सेमिइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल खेलमा वरभन्ज्याङ टोल विकास संस्था ‘ए’ र घोर्ले टोल विकास संस्था र दोस्रो सेमिफाइनल खेलमा पाटीगाउँ टोल विकास संस्था ‘ए’ र गजुरमुखीधाम टोल विकास संस्थाबीच प्रतिष्पर्धा हुनेछ ।
यसअघि शनिबार नै भएको प्रिक्वाटरफाइनलका खेल सञ्चालन भएका थिए । पहिलो खेलका लागि नमुना देउराली टोल विकास संस्था ‘सी’ निर्धारित समयमा उपस्थित नभएपछि घोर्लेभिर टोल विकास संस्था ‘सी’ स्वत विजेता घोषित भएको थियो ।
दोस्रो खेलका लागि समेत ढुङ्गेडाँडा टोल विकास संस्था निर्धारित समयमा उपस्थित नभएपछि गजुरमुखीधाम टोल विकास संस्था ‘सी’ स्वता विजेता घोषित भएको थियो ।
तेस्रो खेलमा पाटीगाउँ टोल विकास संस्था ‘बी’ लाई टाइब्रेकरमा पराजित गर्दै वरभञ्ज्याङ टोल विकास संस्था ‘बी’ विजयी बनेको थियो । निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।
त्यस्तै चौथो खेलका लागि सिम्लेटार टोल विकास संस्था निर्धारित समयमा उपस्थित नभएपछि वरभञ्ज्याङ टोल विकास संस्था ‘ए’ स्वत विजेता घोषित भएको थियो ।
प्रतियोगितामा १३ वटा टोल विकास संस्थाका १६ वटा टिमको सहभागिता रहेको आयोजक समित अध्यक्ष रेवत श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका विजेता टिमले ३० हजार बराबरको खसी र उपविजेताले २० हजार बराबरको खसी पाउनेछन् ।
प्रतियोगिताको फाइनल जेठ २५ गते हुनेछ ।
माङसेबुङ गाउँपालिका-१ नं. वडा सिलिङतर्फ खेलकुद शिर्षकमा विनियोजित एक लाख ५० हजार बजेटबाट आयोजक समिति गठन गरी प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव हिमाल खनालले जानकारी दिए ।



















































