
क्षेत्रफल : १९१.६३ वर्ग कलोमिटर
जनसंख्या : ३०९६९
वडा संख्या : ९
प्रशासनिक कार्यालय : मंगलबारे
प्रमुुख : सूूर्य पोख्रेल
उपप्रमुुख : पविमाया राई
निवर्तमान प्रमुख : सूूर्य पोख्रेल
निवर्तमान उपप्रमुख : पविमाया राई
‘प्राकृतिक स्रोत, कृषि र पर्यटन, समृद्ध देउमाई हाम्रो अभियान’ नारासाथ अघि बढेको देउमाई नगरपालिका इलामको पश्चिमी क्षेत्रमा पर्छ । पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुङ गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र दक्षिणमा इलामको माई नगरपालिकासँग देउमाईको सीमा जोडिएको छ ।
इलामका चार खोलामध्ये पश्चिमी क्षेत्र भएर बग्ने देउमाई खोलाको नामबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मिक र सांस्कृतिक महत्त्व छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिका घोषणा गरेको थियो । नेपालको संविधान (२०७२) जारी भएसँगै देशको पुनर्संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाँडा, सिद्धिथुम्का, जितपुर र साङरुम्बाका केही वडा समेटिएका छन् ।
जिल्लाको पश्चिमी क्षेत्रकै केन्द्रका रूपमा समेत रहेको देउमाई सदरमुकामसहित तराई अनि फाकफोकथुम र माङसेबुुङ जोड्ने सडक विस्तारले सुुगम बन्दैछ । तर, निर्माण थालिएका सडकले पूर्णता नपाउँदा भने नगरबासीको झन्झट हटेको छैन । नगरपालिकालाई सदरमुकामसँग जोड्ने नेपालटार–मंगलबारे सडकको दुुरावस्था पालिकाको ‘टाउकोदुुखाइ’ बनेको छ । माङसेबुुङ जोड्ने सडकको पनि स्तरोन्नति हुन सकेको छैन । चौडा सडकको अवधारणा लिएको नगरलाई सबै वडा र टोल जोड्ने सडक पूूर्णता दिन भने कठिन छ । फाकफोकथुुम जोड्ने सडक पक्की बन्नुु र माई नगरपालिका हुुँदै झापा जोड्ने सडक पक्की बन्दैजानुुले नगरपालिकाका हरेक सम्भावनाका ढोका खोलेको छ ।
यो नगरपालिकाका बासिन्दाको मुख्य पेसा कृषि तथा पशुपालन रहेकाले आधुुनिकीकरण गर्दै बजार व्यवस्थापनको चुुनौती अरू पालिकासरह छ । सामाजिक सुुरक्षाका विभिन्न कार्यक्रम ल्याएको पालिकाले स्थानीय तहमा रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारीमा जानेहरूलाई निरुत्साहित गर्नु आवश्यक छ । शिक्षा, स्वास्थ्यजस्ता महत्वपूूर्ण विषयलाई उचित सम्बोधन गर्दै समग्र पालिकाको विकासको पहलमा पालिकाको ध्यान पुुग्न जरुरी छ ।
पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दैगएको पानीटारको व्यवस्थापनमा पालिकाले विषेश संयोजनकारी भूूमिका निर्वाह गर्नु आवश्यक छ । चियाबारीले भरिएको पानीटार, दृष्यावलोकनसहित रमणीय पोखरी रहेको गुुफापातल, पर्यटकीय महत्वको कुइभिर, पाँचथर सीमावर्ती राँके बजार, सहिद रत्नकुुमार बान्तवाको सुुरुङ, सिद्धिथुुम्कालगायत पर्यटकीय क्षेत्रको समुचित विकास गर्दा नगरपालिकाको आम्दानीसँगै स्थानीयको जीविकोपार्जनमा पनि महत्वपूर्ण सहयोग मिल्ने निश्चित छ । मंगलबारे बजारसहित जितपुुर, राँके, पञ्चमी, जितपुुरेलगायत बजार प्रमुख व्यापारिक केन्द्र हुुन् ।



















































