इलामको पूर्वाधारदेखि पर्यटनसम्म: प्रधानमन्त्री शाहलाई सुहाङका यस्ता सुझाव

  नयाँ बुलन्द
210 Shares

काठमाडौं : नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारसमक्ष इलामको कृषि तथा पर्यटन क्षेत्रलाई विशेष ध्यान दिन सके देशकै अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने भन्दै लगानीका लागि सुझाव दिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज सिंहदरबारमा कोशीका सांसदहरूसँग गरेको छलफलमा इलाम-२ का सांसद नेम्वाङले आफ्नो क्षेत्रका समस्या र समाधानका उपाय पेश गरेका थिए ।

सुहाङले पूर्वाधार विकास, विपद जोखिम न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सञ्चार, सुकुमबासी समस्यालगायतका विषय राखेका थिए ।

दमक-चिसापानी सडकको ठेक्का प्रक्रिया सुरू गर्नुपर्ने, बेलाँसे सडकको काम थाल्नुपर्ने, केही समयअघिको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा स्थायी बसोबास, पूर्वाधारको पुनर्निर्माणका लागि पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै अस्पतालमा दरबन्दीको पूर्ती, उपकरणको पर्याप्तता, प्रविधिमैत्री शिक्षा, भूमिविहीनको धनीपुर्जा समस्यालगायतका विषयमा पनि जानकारी गराएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार