
काठमाडौं : जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए ।
बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए ।





































































