तेस्रो संस्करणको सेहोनाम्लाङ महोत्सव उद्घाटन

  युद्धबहादुर बोहोरा
238 Shares

पाँचथरः फाल्गुनन्द-५ र मिक्लाजुङ गाउँपालिका १ को संगम स्थल सुलुम्फि भञ्ज्याङमा सोमबारदेखि तेस्रो संस्करणको सेहोनाम्लाङ महोत्सव-२०८२ सुरु भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको सेहोनाम्लाङ (छाला सुकुवा) क्षेत्रमा आयोजित महोत्सवको उद्घाटन फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले गरेका हुन्।

सेहोनाम्लाङ सांस्कृतिक पर्यटन संस्था (फाकुमि) का अध्यक्ष देउमान आङ्देम्बेको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षहरू देउकुमार आङ्देम्बे, नारायण प्रसाद आङ्देम्बे र विष्णुकुमार चेम्जोङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। संस्थाका सचिव खिमसेमी शेर्माले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कैलाश शेर्माले गरेका थिए।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आङ्देम्बेले सेहोनाम्लाङ क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए। संस्थाका अध्यक्ष देउमान आङ्देम्बेले महोत्सवको औचित्यमाथि प्रकाश पार्दै यसले स्थानीय संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।

महोत्सव अवधिभर १६ १७ र १८ गते यालाङ, केलाङ, भलिबल प्रतियोगिता, सांस्कृतिक झाँकी, जातीय खानाका परिकार तथा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, सुरक्षाकर्मी, व्यापारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार