
माङसेबुङ : गत असोज १८ र १९ गतेको बाढी-पहिरोबाट प्रभावित माङसेबुङ गाउँपालिकाका पीडित परिवारहरूलाई राहत वितरण कार्य निरन्तर रूपमा जारी रहेको छ । पछिल्लो पटक इलाम जिल्ला इसाइ समाज, जिल्ला सहकारी संस्था तथा माङसेबुङ इसाइ एकता समाजको संयोजनमा २० परिवारलाई राहत वितरण गरिएको छ ।
असल छिमेकी नेपाल, कास्की-पोखराद्वारा उपलब्ध गराइएको राहत सामग्री माङसेबुङमा वितरण गरिएको हो । प्राप्त सामग्रीहरू जिल्ला इसाइ समाजका सचिवालय सदस्य तथा जिल्ला सहकारी संघका अध्यक्ष लिलाप्रसाद थापाले माङसेबुङ गाउँपालिकाका प्रशासकीय अधिकृत दिलसेर राई र विपद् व्यवस्थापन फोकल पर्सन युवराज दाहाललाई हस्तान्तरण गरे ।
राहत वितरण कार्यक्रममा असल छिमेकी नेपालका कर्मचारी विक्रम मगरलगायतको पनि उपस्थिति थियो । कार्यक्रमका सहभागी तथा सहयोगी सबैप्रति प्रमुख प्रशासकीय अधिकृत राई र फोकल पर्सन युवराज दाहालले धन्यवाद व्यक्त गरे ।
स्थानीय तह, विभिन्न संघसंस्था तथा स्वयंसेवकहरूको निरन्तर समन्वयमा राहत वितरण कार्य भइरहेको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।
२० परिवारलाई वितरण गरिएको सामग्रीहरु :
१. ठूलो ब्लाङ्केट – २ थान
२. सानो ब्लाङ्केट – २ थान
३. ठूलो तौलिया – २ थान
४. सेनेटरी प्याड – १२ थान
५. लुगा धुने साबुन – १० थान
६. नुहाउने साबुन – १० थान
७. टुथपेस्ट – २ थान
८. ब्रस – ५ थान
९. जेब्रा ब्याग – १ थान





































































