इलाम अस्पतालमा सर्जन द्वारा शल्यक्रिया शेवा

 

इलाम :  इलाम अस्पतालमा अब दैनिक रूपमा विशेषज्ञ सल्य चिकित्सक (सर्जन) द्वारा शल्यक्रिया  हुने भएको छ। अस्पतालका सूचना अधिकारी सुजन अधिकारीका अनुसार सो सेवा डा. सरो प्रजापतिले उक्त सेवा प्रदान गर्ने छन ।

अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स, विभिन्न गाँठा–गुठी लगायतका शल्यक्रियात्मक उपचार नियमित रूपमा उपलब्ध हुने जनाइएको छ । यससँगै अस्पतालमा बालरोग विशेषज्ञ डा. बृजेश कुमार यादवले निरन्तर सेवा दिइरहेका छन ।

यस्तै हाडजोर्नीसम्बन्धी अपरेसन सेवा थप सहज बनाउनका लागि अस्पतालले आवश्यक मेसिन खरिदका लागि बजेट माग गरिरहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार