
माङसेबुङ : ईलामको माङसेबुङ गाउँपालिकाले चाडवाडलाई लक्षित गरी बजार तथा पसलको अनुगमन सुरु गरेको छ । गाउँपालिकाका विभिन्न बजार र पसलहरुमा अनुगमन सुरु गरेको हो ।
वडा नम्बर ६ का वडाअध्यक्ष प्रदिप साङपाङ राईको संयजकत्वमा शुक्रबारबाट अनुगमन सुरू गरेको हो । गजुरमुखी, दोभान, चिसोपानी पञ्चमी, चतुरे, भालुटार क्षेत्रका ६० बढी खुद्रा तथा होलसेल पसलको अनुगमन गरिएको अधिकृत छैटौं उपेन्द्र पौडलले जानकारी दिए । अनुगमनका क्रममा ती पसलहरुमा पाइएका मिति नाघेका अखाध्य वस्तु तथा पेय पदार्थ नष्ट गरिएको थियो ।
त्यस्तै विना दर्ता सञ्चालन गरिकाएका २० भन्दा धेरै विभिन्न किसिमका पसलहरूलाई एक साता भित्र वडा र करदाता सेवा कार्यालयमा दर्ता गरी संञ्चालन गर्न सचेत गराईएको पौडेलले जानकारी दिए ।















































