ब्रबिमको ‘कोक्मा फाङ्जङ्’ सार्वजनिक ,(भिडियो सहित)

लिम्बु गित संगितको क्षेत्रमा बिगत एक दशक यता एकछत्र राज गरेका गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को ‘कोक्मा फाङजङ’ बोलको लिम्बु भाषिक म्यूजिक भिडियो सार्वजनिक भएको छ । कोरोना भाईरस कोविड—१९ को कारण नेपाल लगायत विश्व नै अक्रान्त रहे पनि संगितको सिर्जनालाई निरन्तरदा दिदै गायक ब्रबिमले ‘कोक्मा फाङजङ’ बोलको लिम्बु भाषिक म्यूजिक भिडियो बजारमा ल्याउनुभएको हो ।

  टीआर सेनेहाङ
7 Shares

तेह्रथुम ।
लिम्बु गित संगितको क्षेत्रमा बिगत एक दशक यता एकछत्र राज गरेका गायक तथा संगितकार ब्रबिम सेर्मा ‘चेसुङ’ को  ‘कोक्मा फाङ्जङ्’  बोलको लिम्बु भाषिक म्यूजिक भिडियो सार्वजनिक भएको छ । कोरोना भाईरस कोविड—१९ को कारण नेपाल लगायत विश्व नै अक्रान्त रहे पनि संगितको सिर्जनालाई निरन्तरदा दिदै गायक ब्रबिमले ‘कोक्मा फाङ्जङ्’  बोलको लिम्बु भाषिक म्यूजिक भिडियो बजारमा ल्याउनुभएको हो ।

नेपाली गित संगितमा समेत राम्रो दखल भएका गायक सेर्मालाई यस गितमा गायिका सृजना जबेगुले युगल आवाजमा साथ दिनुभएको छ । बैसको उट्पट्याङ शैली र अभिभावक साथै प्रकृतीले समेत गिज्याउने गरेको तरुण भावलाई भिडियो मार्फत व्यक्त गरिएको यस गितको शब्द डिल्ली विक्रम सेर्मा र गायक व्रबिम आफैले कोरेका हुन् । टेकेन्द्र यक्सोको एरेञ्ज रहेको गितमा रचनाकार द्धयले नै संगित पनि भरेका छन् ।

लिम्बुवानको मुटु मानिने पान्थरको ऐतिहासिक स्थलहरुमा छायाङकन गरिएको भिडियो भित्र गायक ब्रबिम,चन्दा लिम्बु,सनय सेर्मा,नुनाम केरुङ र सुमन लामालाई कलाकारको रुपमा देखिएको छ ।

वैवाहिक सम्बन्धका लागी केटी माग्न जादा केटाले बाटोमा कल्पना गरेका प्रेमील मनोदृष्य साथै बिचबिचमा हराउने साथीले मंगेत्तरको बहिनीलाई भगाएको ठट्याउलो यथार्थको कथावस्तुलाई क्यामेरामा अटाउनुएका क्यामेरामेन भुपेन्द्र तुम्बाहाङफे भिडियोको निर्देशन पनि आफै गर्नुभएको हो ।

संगितको स्वर्णिम् दुनिया भन्दा बाहिर कोहीपनि रहन सक्दैन भन्ने ध्येय लिनुभएका गायक तथा संगितकार सेर्माले नेपाली तथा लिम्बु भाषिक दर्जनौ एल्वम् तथा सयौ गित गाईसक्नुभएको छ ।

भिडियो पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार