यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण

  नयाँ बुलन्द
0 Shares

तेह्रथुम :तेह्रथुमको छथर गाउँपालिका–२, हमरजुङ्ग स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा–११ का विद्यार्थीहरुकालागि एक दिने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम विहीबार भएको छ ।

कक्षा–११ मा अध्ययनरत ५९ जना किशोर किशोरीहरुलाई अभिमुखीकरण गरी असुरक्षित यौन सम्पर्क र गर्भपतन नगर्ने तथा अरुलाई समेत नगर्न सचेत बनाउन प्रतिवद्ध बनाइएको हो ।

स्वास्थ्य चौकी हमरजुङमा भएको यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी सचेतीकरण पछि सहभागी विद्यार्थीहरुले किशोर अवस्थामा हुने शारीरिक परिवर्तन, यौन स्वास्थ्य र प्रजनन् स्वास्थ्यका विषयमा जानकारी लिएको बताएका छन् ।

आइपास नेपालको सहयोग तथा संमृद्ध तेह्रथुमका लागि अभियानको सहजीकरणमा जिल्लामा सन्चालित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुदृढिकरण परियोजना अन्तर्गत आयोजित कार्यक्रममा यौन स्वास्थ्य, प्रजनन् स्वास्थ्य, गर्भपतन, सुरक्षित गर्भपतन, नेपालमा गर्भपतन सम्बन्धी कानुनी व्यवस्थाहरु र कार्यान्वयनका चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई संमृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम अधिकृत मिना भण्डारी र सामाजिक परिचालक भूमिका श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

  • जिल्लामा महिलाको सु–स्वास्थ्य तेह्रथुमबासीको सान, शुन्य असुरक्षित गर्भपतन हाम्रो अभियान भन्ने नाराका साथ सन् २०२० भित्र असुक्षित गर्भपतनमुक्त जिल्ला बनाउने अभियान चलिरहेको छ । हाल आइपास नेपालकै सहयोगमा जिल्ला अस्पतालसहित १४ वटा स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा प्रवाह भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार