सूर्योदय : ३९अौ शिक्षा दिवस तथा ५२अौ अन्तराष्ट्रिय साक्षरता दिवस सूर्योदयमा पनि मनाइएकाे छ । दिवस काे अवसरपारेर सूर्योदय नगरपालिका स्थित फिक्कल मा बि मा सम्मान सहितको एक कार्यक्रम सम्पन्न भएको हाे।
सूर्योदय नगरपालिकाका उपमेयर दुर्गादेबि भट्टराईको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई को उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा अागामी असोज महिना देखि अनिवार्य अवकाश लिदै गरेका नगरपालिका भित्रका शिक्षकहरु पदम ढुङगाना,कमल ढुङगाना र युधिस्ठिर पौडेल लाइ सम्मान गरिएको थियो । साेही अवसरमा नगर भित्र रहेका केहि बिध्यालय लाई सस्थागत र सामुदायिक मध्ये बाट उत्कृष्ठ घोषणा सहित पुरस्कृत समेत गरिएको थियो ।
साथै अन्तरबिध्यालय प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत अायोजित श्रुतिलेखन तर्फ अनुराग शर्मा ,अनुपम पोख्रेल र रिया राई लाई क्रमश प्रथम द्वितीय र तृतीय घोषणा गर्दै सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो भने कविता लेखन तर्फ प्रतिभा राई,समिर सुब्बा र प्रेरणा खड्का लाई प्रथम द्वितीय र तृतीय घोषणा गर्दै पुरस्कृत गरिएको छ ।
कार्यक्रममा सामुदायिक बिध्यालय बाट गणित बिषयमा सर्बोकृष्ट अंक ल्याउने अदित गजुरेललाई सम्मान पत्र सहित नगद पुरस्कारले पुरस्कृत गरिएको थियोे कार्यक्रम संचालन स्रोत ब्याक्ति जय भण्डारीले गरेका थिए ।

















































