जनताको अपेक्षा अनुसार काम भइरहेको छ ः योगेश भट्टराई

इलाम : नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

इलाममा हिजोबाट सञ्चालित १ नम्वर प्रदेश स्तरिय युवा मेलामा सहभागी बन्न आउनु भएका उहाँले सवै जाती, भाषा र धर्म, लिंग र उमेर समूहका मानिसको इच्छा अनुसार काम गर्ने प्रयास गरिरहेको वताउनु भएको हो ।
नेता भट्टराईले देशमा बलियो सरकार बनेको वताउँदै युवा शक्तीलाइ समेट्ने खालका कार्यक्रम अगाडी ल्याइने वताउनुभयो ।

प्रत्येक स्थानिय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न केन्द्र र प्रदेश सरकारले चासो राखेको वताउँदै यसका लागि आवश्यक वजेट समेत विनियोजनको तयारी गरिरहेको उहाँले वताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसले बलियो प्रतिपक्षीको भुमिका निर्वाह गरिरहेको वताउँदै स्थानिय तहहरुमा के कसरी विकास भइरहेको छ चासो राख्न जनतालाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार