जेसिबिले पारेको खाल्डोमा डुबेर इलाममा बालकको मृत्यु

बिरु पापो 

माई : जेसिबिले पारेको खाल्डोमा डुबेर इलाममा एक बालकको शुक्रबार मृत्यु भएको छ ।

जिल्लाको माई नगरपालिका वडा नं. ३ का प्रविन दर्जिको मृत्यु भएको लोदिया प्रहरी चौकीले बताएको छ । ज्ञानबहादुर दर्जिको १० वर्षिय छोरोको जेसिभिले पारेको खाल्डोमा आज दिउँसो पौडी खेल्दा सोही खाल्डोमा डुबेर बालकको मृत्यु भएको बताइएको छ ।

लासलाई पोसमाटमको लागि झापा को चन्द्रगडी  लैजाने तयारीमा रहेको लोदिया  प्रहरी चौकी  इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार