बिरु पापो
माई : जेसिबिले पारेको खाल्डोमा डुबेर इलाममा एक बालकको शुक्रबार मृत्यु भएको छ ।
जिल्लाको माई नगरपालिका वडा नं. ३ का प्रविन दर्जिको मृत्यु भएको लोदिया प्रहरी चौकीले बताएको छ । ज्ञानबहादुर दर्जिको १० वर्षिय छोरोको जेसिभिले पारेको खाल्डोमा आज दिउँसो पौडी खेल्दा सोही खाल्डोमा डुबेर बालकको मृत्यु भएको बताइएको छ ।
लासलाई पोसमाटमको लागि झापा को चन्द्रगडी लैजाने तयारीमा रहेको लोदिया प्रहरी चौकी इलामले जनाएको छ ।















































