काठमाडौं : सरकारले घर जग्गा खरिद बिक्री गर्न इजाजत लिनुपर्ने व्यवस्था गर्ने भएको छ । संघीय संसद्मा मंगलबार अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ को आयव्यय बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको जानकारी दिएका हुन् ।
इजाजत लिएर मात्रै घर जग्गा खरिद बिक्री गर्न पाउने व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले जानकारी दिएका हुन् ।















































