चरा खाेज्दै इलाममा युवा

इलाम : वन्यजन्तु र चराहरुको खोज अध्ययनको काम पूर्वी नेपालका बढ्दै गएको     छ । वनजंगलमा पाइने वन्यजन्तु र चराहरुको संरक्षण हुँदा पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने खोज अध्ययनकर्मीको योजना छ ।  सुरसरी कोशिटप्पुका अनिस तिमसिना नयाँ प्रजातीका चराहरुको अध्ययन गर्न  केचना कंचनजंघा क्षेत्रका दुई जिल्ला घुमेर फर्किए । विश्वभरबाट कोशीटप्पुमा आउने चराहरुको वर्षौदेखि अध्ययन गर्दै आएका तिमसिनाले झापा र इलामका गाउँमा पुगेर चराहरुको अध्ययनसँगै जनचेतना अभिवृद्धिको सक्रिय भए ।
लोप हुन लागेको वन्यजन्तु र चराहरुको अध्ययनमा झापाका देवेन खरेल  ९ वर्ष अघिबाट सक्रिय छन् । सहरबजार,गाउँघरसँगै वनजंगलमा पाइने चराहरुको तस्बीर कैद गर्दै त्यसको महत्व दर्शाउँदै हिडेका खरेल फुर्सद हुने बित्तिकै चरा खोज र अध्ययनमा जुट्नुहुन्छ ।  चरा, वन्यजवन्तु र सरिश्रृपहरुको संरक्षणबाट कोशी टप्पुमा ३० वर्षअघिदेखि पर्यटन प्रवद्र्धन हुँदै आएको थियो । तर अहिले कोशी प्रदेशको केचना कंचनजंघा क्षेत्रमा पर्ने इलाम, पाँचथर, झापा र ताप्लेजुङ्गमा संरक्षणसँगै पर्यटन प्रवद्र्धनको काम हुँदै आएको अनिस तिमसिनाको भनाइ छ ।
४ जिल्लाका गाउँघर र वनजंगलमा पाइने वन्यजन्तु, चरा र सरिश्रपहरुको संरक्षणमा मेची चरा तथा वन्यजन्तु समाज सक्रिय छ ।  तीन वर्ष अघि गठन भएको समाजले गाउँ गाउँमा पुगेर वातावरण र वन्यजन्तुका बारेमा जनचेतना अभिवृद्धिको काम गर्दै आएको हो । अहिले मेची चरा तथा वन्यजन्तु समाजमा २० जना संरक्षणकर्मी जुटेका    छन् । वनजंगल, चरा र वन्यजन्तुको महत्वबारे जनचेतना अभिवृद्धिले चरा मार्न गुलेली बोक्ने व्यक्ति संरक्षणमा जुटेको समाजका अध्यक्ष देवेन खरेलले बताए ।
प्राकृतिक वातावरण, वन्यजन्तु, चरा र सरिश्रपबारे जनचेतना वृद्धिले पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । वनजंगलमा रम्न, चराहरु र वन्यजन्तुको अध्ययनका लागि आन्तरिक र बाह्य पर्यटकहरुको पनि आकर्षण बढेको छ । कोशी प्रदेशमा वातावरण र वन्यजन्तु संरक्षणमा ८० जना संरक्षणकर्मी जुटेका छन् । .जसले ग्रामीण पर्यटनको प्रवद्र्धनमा सहयोग पुगेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार