संखुवासभा समाज कतारको अध्यक्षमा विरेन मादेन लिम्बू निर्विरोध निर्वाचित

  तिलविक्रम थेवे
161 Shares

दोहा (कतार) : संखुवासभा समाज कतारको अध्यक्षमा विरेन मादेन लिम्बू निर्विरोध निर्वाचित भएका छन् ।

“संखुवासभालीको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान” नारा साथ शुक्रबार  कतारको सनैयास्थित लालीगुराँस रेष्टुरेन्टमा सम्पन्न समाजको चौथो साधारणसभा (अधिवेशन) ले लिम्बूको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति निर्विचत गरेको छ ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पदमप्रसाद सिम्खडा, प्रथम उपाध्यक्षमा भवानीशंकर पौडेल, द्वितीय उपाध्यक्षमा मानबहादुर तामाङ, महासचिवमा शिवकुमार खत्री, उपमहासचिवमा सञ्जय केसी, सचिवमा उमेश सुबेदी र बिक्रम निरौला, कोषाध्यक्षमा प्रकाश लिम्बू, सह कोषाध्यक्षमा खड्ग बस्नेत, साहित्य संयोजकमा राजकुमार सुवेदी, महिला संयोजकमा कृष्णा राई निर्वाचित भएका छन् ।

सदस्यहरुमा दिपेन्द्र कार्की, डम्बर अधिकारी, सन्जिब तामाङ, टेक बहादुर कटुवाल, सन्जिब कुमार श्रेष्ठ, बिमला न्यौपाने, मिन कुमार कार्की, जिबन मते, गोबिन्द मते, बिद्या न्यौपाने, कबिता राई मादेन, पवन लिम्बु, भिम बहादुर श्रेष्ठ, पर्शुराम सुवेदी र सन्तोष निरौला कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र खनालको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रम कोशी समन्वय परिषद् कतारका अध्यक्ष पदमकुमार घिमिरेको प्रमुख आतिथ्यतामा भएको थियो ।

अधिवेशनमा ताप्लेजुङ पाथिभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार, ईलाम सेवा समाज कतार, झापाली समाज कतार, मोरङ–सुनसरी सेवा समाज कतार, धनकुटा सेवा समाज कतार, तेहथुम सेवा समाज कतार, भोजपुर सेवा समाज कतार, उदयपुर सेवा समाज कतार, खोटाङ सेवा समाज कतार, दलित एकता संन्जाल कतार लगायत विभिन्न जिल्ला संस्थाहरु, जातीय सस्थाहरु, जनजाति महासंघका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार, कवी, साहित्यकार, कलाकार, सर्जक एवं सक्रिय संखुवासभाली तथा गैर संखुवासभाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

संस्थाका महासचिव पदम सिम्खडाले प्रस्तुत गरेको संस्थाको कार्यप्रतिवेदन र शिव खत्रीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

संखुवासभा जिल्लाको प्रसिद्ध मारूनी नृत्यमा साँस्कृतिक संयोजक खड्ग बस्नेतको साथमा सृजना खनाल र ललिता बिकको स्वागत नृत्य र कार्यक्रमको विचमा प्रस्तुत गरिएको संस्थाको पञ्चैबाजाको सांगितीक धुनले कार्यक्रमको रौनकता बढेको थियो ।

कार्यक्रममा उपस्थित संस्थाका संरक्षक सल्लाहकार, अतिथीहरुले अधिवेशनको शुभकामना दिदै नयाँ कार्यसमितिको सफल कार्यकालको सफलताको कामना व्यक्त गरे ।

हाल पोर्चुगलमा कार्यरत रहेका संस्थाका संस्थापक अध्यक्ष लोकबहादुर राईले अधिवेशनको सफलताको कामना व्यक्त गर्दै नया कार्यसमितिलाई शुभकामना सन्देश पठाएका थिए ।

सोही अवसरमा संस्थाका संस्थाका संरक्षकहरु, सल्लाहकारहरु, निवर्तमान कार्यसमिति, आजिवन सदस्य, मानार्थ सदस्य, समाजसेवी, पत्रकार र कलाकारहरुलाई मायाको चिनो, सम्मान पत्र, प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार