पाँचथरको फाल्गुनन्दमा गुडिरहेको जिपमाथि पहिरो खस्यो

  नयाँ बुलन्द
588 Shares

इलाम : निर्माणाधिन राँके–रवि–भेडेटार सडकखण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, मगरभितामा आइतबार दिउँसो गुडिरहेको जिपमाथि पहिरो खसे पनि ठूलो दुर्घटना टरेको छ ।

फाकफोकथुम गाउँपालिकाको केन्द्र आमचोकबाट सदरमुकाम इलामतर्फ आउँदै गरेको मे १ ज ६५२ नम्बरको जिपमा अचानक पहिरो खसेको थियो ।

जिपमा चालकसहित ८ जना सवार थिए । घटना लगत्तै सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको नयाँ बुलन्दका उपसम्पादक युद्ध बोहराले जानकारी दिए ।

बोहराका अनुसार मानवीय क्षति नभए पनि पहिरोका कारण सडक केही समय अवरुद्ध भएको थियो। अहिले सडक खुलाउने प्रयास भइरहेको बताईएको छ ।

निरन्तर वर्षाका कारण सडक क्षेत्र प्रभावित बनेकाले यात्रु तथा सवारी चालकहरूलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय इलामले अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार