फिदिममा ‘थेवा ज्ञान’ केन्द्रित याक्थुङ मुन्धुम गोष्ठी हुँदै

  युद्धबहादुर बोहोरा
203 Shares

 

 

पाँचथर: याक्थुङ मुन्धुमी समाजमा प्राचीनकालदेखि प्रयोग हुँदै आएको ‘थेवा ज्ञान प्रणाली’माथि केन्द्रित याक्थुङ मुन्धुम ज्ञान गोष्ठी फिदिममा हुने भएको छ।असार ७ गते शनिबार हुने कार्यक्रममा थेवा ज्ञानको सामाजिक, साँस्कृतिक र दार्शनिक पक्षमाथि कार्यपत्र प्रस्तुत गरिनेछ। आयोजकका अनुसार गोष्ठीमा सहभागिहरूले थेवा ज्ञानको शक्ति, नेतृत्व क्षमता, प्रकृतिसँगको सन्तुलन र याक्थुङ समुदायमा यसको प्रयोगबारे गहन छलफल गर्नेछन्।

कार्यक्रममा भारतको सिक्किमस्थित अल्पाइन विश्वविद्यालयका लिम्बू विभाग प्रमुख प्रो. कर्णहाङ ताम्लिङ, मुन्धुम अध्येता तथा साहित्यकार लछामी शेर्मा, लेखक मलिसा याक्थुङ्बा र अध्येता नन्दहाङ नेम्बाङ लगायतले कार्यपत्र प्रस्तुत गर्नेछन्। त्यसैगरी टिप्पणीकारको रूपमा लक्ष्मण लाओती, धर्मेन्द्रविक्रम नेम्बाङ, पृय कुमार नेम्बाङ, हरिराज लोवा, जन कुमार फेजोड, नायमहाड नेम्बाङ, नरप्रसाद नेम्बाङ र राजेन्द्र कुमार जवेगु सहभागी हुनेछन् ।

गोष्ठीको सह-आयोजनामा याक्थुङ नेम्बाङ समाज नेपाल (काठमाडौं), किरात याक्थुङ पेभाकुम नेम्बाङ वंश उत्थान संघ पाँचथर र थेबा माङहिम नेम्बाङ माङ्गेन्ना (लुङधुङ) र  सिमसार संरक्षण विकास संस्था चिलिङ्देन, पेभाकुम नेम्बाङ समाज झापा रहेका छन् । मुख्य आयोजक संस्था याक्थुङ नेम्बाङ सङजुम्भो पाँचथरले आयोजना गरेको मुकुम नेम्वाङले जानकारी दिए ।  इच्छुक व्यक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार