दोहा (कतार) : २४ जनवरी २०२५ शुक्रबारका दिन ईलाम सेवा समाज दोहा कतार (ईसेस) ले कतारस्थित अलवाक्रा समुद्रीतटमा रमाईलो वनभोज गरेर संस्थाको दशौं स्थापना दिवस मनायो ।
ईसेस कतारका अध्यक्ष खडक फागोको अध्यक्षता, महासचिव ज्ञानेन्द्र रसाईलीको संचालन रहेको सो कार्यक्रममा अध्यक्ष फागोले केक काटेर दशौं स्थापना दिवस कार्यक्रमको सुभारम्भ गरे ।
कार्यक्रममा सहभागी सवैलाई वरिष्ठ उपाध्यक्ष तोरण बस्नेतले हार्दिक स्वागत गरेका थिए । विभिन्न क्षेत्र, तह र तप्कामा कार्यरत संस्थाका प्राय सवैजनाको छुटी भएको दिन र कतारको अनकुल शितल मौसमको अवसर समेतलाई मध्यनजर गरेर समुद्रीतटमा संस्थाको दशौं स्थापना दिवससंगै वनभोज कार्यक्रम आयोजना गरिएको संस्थाले बतायो ।
आमन्त्रित अतिथीहरु ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका अध्यक्ष कुमार खडका, पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राई, संखुवासभा समाज कतारका संरक्षक तेज मोक्तान तामाङ, तेह्रथुम सेवा समाज कतारका अध्यक्ष महेन्द्र उप्रेती, एनआरएनए एनसीसी कतारका महासचिव रविन मगर, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष सागर तुम्बाहाम्फे, युमा साम्यो महासभा कतारका अध्यक्ष योगेन माखिम, मगर संघ कतारका अध्यक्ष रेसम आले मगर, नेवा पुच कतारका अध्यक्ष जमुना श्रेष्ठ, युवा विचारक विश्लेषक एव बुद्धिजीवी विवस मादेन, पाँचथर सेवा समाज कतारका प्रथम उपाध्यक्ष भवानीप्रसाद ओझा, पाँचथर सेवा समाज कतारका महासचिव सुजन गुरुङ लगायतले दशौं स्थापना दिवसको शुभकामना दिए भने ईलाम सेवा समाज दोहा कतार (ईसेस) का संरक्षक धन बहादुर विश्वकर्मा (रोशन) र महिला संयोजक रेनु कार्कीले संस्थाको तर्फबाट दशौं स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए ।
ईलाम सेवा समाज दोहा कतार (ईसेस) का सम्पुर्ण कार्य समिति सदस्य लगायत ईलामेलीहरु र अन्य मित्रजनहरुको व्यापक सहभागिता रहेको पारिवारीक वातावरणमा सम्पन्न भएको दशौं स्थापना दिवससंगैको रमाइलो वनभोज कार्यक्रममा गीतसंगीतको धुन र कलाकार शिला राईको वेजोड नृत्यसंगै दिनभरजसो अतिथी र सहभागीहरुले नाचेर गाएर रमाइलो गरेका थिए ।
सोही अवसरमा अध्यक्ष खडक फागो, संरक्षक धन बहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष तोरण बस्नेत, महिला संयोजक रेनु कार्की लगायतले एनआएनए एनसीसी कताार र तमु गुरुङ समाज कतारले संयुक्त रुपमा २०२३ मा आयोजना गरेको गैर आवासिय नेपाली तारा चौथो संस्करणको नृत्य विधातर्फको विजेता ईलामेली निरु श्रेष्ठलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए भने ईलाम सेवा समाज कतारका सक्रिय सदस्य तथा नृत्य कलाकार शिला राईलाई सम्मान पत्र प्रदान गरेका थिए । उक्त कार्यक्रममा कलाकार शिला राईले वेजोड नृत्य प्रस्तुत गरे ।
संस्थाको दशौ स्थापना दिवस तथा वनभोज कार्यक्रमको व्यवस्थापनतर्फ अध्यक्ष खडक फागो, वरिष्ठ उपाध्यक्ष तोरण बस्नेत, उपाध्यक्ष मन्जु गुरुङ (गंगा), उपाध्यक्ष सुबास निरौला, महासचिव ज्ञानेन्द्र रसाईली, सचिव रविना मगर, कोषाध्यक्ष श्याम घिमिरे, महिला संयोजक रेनु कार्की, कार्य समिति सदस्यहरु अन्जु आचार्य, ज्योती गौतम, लक्ष्मी सापकोटा, रविन रेग्मी संस्थाका सदस्यहरु फुलमाया लिङदेन लिम्बु, रिना लिङदेन लिम्बु लगायतको सक्रिय भुमिका रहेको थियो ।
यातायात व्यवस्थापनको लागि अध्यक्ष फागो, संरक्षक धन बहादुर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष तोरण बस्नेत, उपाध्यक्ष सुवास निरौला, युमा साम्यो महासभा कतारमा अध्यक्ष योगन माखिम, ईलाम सेवा समाज कतारका शुभचिन्तक दिपक खडका लगायत नजिकका मित्रहरुको महत्वपुर्ण सहयोग पुरयाएका थिए ।
संस्थाको सचिव रविना मगरले दशौ स्थाापना दिवसको लागी केक र कार्य समिति सदस्य रविन रेग्मीले पिउने पानीको प्रायोजन गरेका थिए ।
सन् २०१५ मा स्थापित कतारमा कार्यरत् ईलामेलीहरुको साझा चौतारी, नेपाली राजदुतावास दोहा कतारमा समेत एक विशुद्ध सामाजिक संस्थाको रुपमा सुचीकृत गरिएको ईलाम सेवा समाज कतारले स्थापनाकाल देखि नै कतारमा स्थापित सवै संघसस्था, संगठन र नेपाली समुदायहरुसंग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेको छ ।
कतारमा दिसम्बर महिनादेखि मार्चसम्म अलि शितल हुने हुनाले नेपाली समुदायहरुले समुद्रीतटमा गएर आआफना संस्थाको रमाईलो वनभोज, परिचयात्मक कार्यक्रम, सांगितिक कार्यक्रम, शुभकामना कार्यक्रम लगायतका विविध कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् ।