ताप्लेजुङ पाथिभरा सेवा समाज कतारले प्रा. डा सुरेन्द्र केसीलाई मायाको चिनो प्रदान गर्‍यो

  नयाँ बुलन्द
182 Shares

दोहा (कतार) : ताप्लेजुङ पाथीभरा सेवा समाज कतारले “भेटघाट तथा परिचयात्मक कार्यक्रम”को आयोजना गरी कतारको भ्रमणमा रहेका राजनैतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीसंग भेटघाट गर्यो ।

सो कार्यक्रममा डा केसीलाई संस्थाको तर्फबाट अध्यक्ष कुमार खडका र प्रमुख सल्लाहकार दुर्गा प्याकुरेलले मायाको चिनो प्रदान गरेका थिए ।

मायाको चिनो ग्रहण गर्दै प्राडा. सुरेन्द्र केसीले कतारमा स्थापित आफु जन्मेको, हुर्केको जिल्लाको सामाजिक संस्था ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका साथीहरुसंग भेटघाट गर्न पाएकोमा र सस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरे ।

प्रा.डा. केसीले देशको समसामयिक विषयबस्तु लगायत वर्तमान राजनैतिक परिदृश्यको वारेमा जानकारी दिदै देशको वर्तमान परिस्थितिको वारेमा आफनो विचार विश्लेषण गरेका थिए । राजनितिवाहेक पनि नेपालको वर्तमान सामाजिक, आर्थिक, शैक्षिक अवस्था, नेपाली जनताको जिवनस्तर, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको विषयमा समेत विभिन्न संचार माध्यममार्फत आफनो धारणा राख्दै आएका प्रा.डा. केसीले पछिल्लो चरणमा ताप्लेजुङमा केवलकार बनाउने नवनाउने विषयमा भइरहेको आन्दोलन, कोशी प्रदेशको कोशी नाम खारेजीको आन्दोलनको वारेमा पनि आफनो धारणा व्यक्त गरेका थिए ।

नेपाली जनताहरु वैदेशिक रोजगारीमा हिडनुपर्ने वाध्यता, नेपालमा अस्थिरता, भ्रष्टाचारको विगविगी यी सवैको कारकतत्व नेपालको अहिलेको राजनैतिक अवस्था र रावनैतिक नेताहरुको अदुरदर्शिता हो भनेर ठोकुवा गर्दै आएका प्रा.डा. केसीले यस्तो अवस्थामा नेपाली जनताले शान्ति र स्थिरता, अमनचैन पाउने, देशको विकास र प्रगति हुने आशा अझैपनि क्षीण रहेको बताए ।

मायाको चिनोमा लेखिएको थियो “ताप्लेजुङ जिल्ला साबिकको सावादिन गाउपालिका पछिलो संघिय सरचना अनुसार फक्ताङलुङ्घ गाउपालिका १ सावादिनमा बिक्रम सम्बत् २०१३ सालमा जन्म भई आझ्नो बाल्यकाल त्यही गाँउघरमा ब्यत्तित गरी उच्च शिक्षा हासिल गर्ने सिलसिलामा धरान क्याम्पस हुदै काठमाण्डौको विभिन्न कलेजहरुमा अध्ययन गरी पुर्ण उच्चशिक्षा हासिल गर्नुभएका त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक, बुद्धिजिवी तथा राजनितिक बिश्लेषक तपाई श्री डा.सुरेन्द्र केसीज्युले नेपाल राष्ट्र, नेपाली र नेपाली समुदायको लागि शिक्षा तथा विभिन्न क्षेत्रमा पुरयाउनु भएको योगदानले हामी ताप्लेजुङबासीहरु अत्यन्त गौरवान्वित भएका छौ ।

तपाईले गर्नुभएको योगदानको उच्च कदर गर्दै ताप्लेजुङ पाथिभरा सेवा समाज कतारको तर्फबाट हार्दिक धन्यवाद सहित सम्मान–पत्र द्धारा सम्मानित गर्दछौ ।”

ताप्लेजुङ पाथीभरा सेवा समाज कतारको अध्यक्ष कुमार खडका, वरिष्ठ उपाध्यक्ष गोपाल खतिवडा, उपाध्यक्ष डीवी गुरुङ, महासचिव सागर तुम्बाहाम्फे, सचिव विवस मादेन, प्रमुख सल्लाहकार दुर्गा प्याकुरेल, सल्लाहकार राजेन्द्र साम्याङखाम, सल्लाहकार सोम माबोहाङ, एलिना लिम्बु, निरु लिबाङ लिम्बु लगायत सस्थाका अन्य पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो ।

नेपालको राजनैतिक अस्थिरताको समाधानको विकल्पको रुपमा राजसंस्था पनि हुनसक्ने संभावनाको विषयमा पनि वहस गर्न सकिने खालको पछिल्लो चरणमा आफना विचार राख्दैआएका प्रा.डा. केसी कतारमा रहदा राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस) कतारद्धारा आयोजित “३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८१ को शुभकामना आदनप्रदान कार्यक्रमको प्रमुख आतिथ्यता गरेका थिए भने, विभिन्न सामाजिक संस्थाहरुद्धारा आयोजित भेटघाट तथा अन्तरकृयात्मक कार्यक्रमहरुमा समेत सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार