दोहा (कतार) : ”प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु” अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानिसको अस्तित्व हराउछ” भन्ने नारा बोकेर सन् २०१४ मा स्थापना भएको तमु प्ये ल्हु संघ कतारले विविध कार्यक्रमहरु सहित गत गत ०३ जनवरी २०२५ का दिन कतारको सहानिया स्थित अल दोसरी जू पार्कमा “तमू सप्ह्री ल्होसार तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०२५” आयोजना गरयो ।
कार्यबाहक अध्यक्ष क्षेत्र ब. (सिबि) थिम्जे तमुको अध्यक्षतामा प्रमुख अतिथी तमु प्ये ल्हु संघका संरक्षक तथा जेष्ठ नागरिक अमर ल्हेगे तमुको प्रमुख आतिथ्यतामा र संघको द्धितीय उपाध्यक्ष राम ल्हेंगेको संयोजकत्वमा हरेकवर्ष पौष १५ मा मनाइने गरेको तमु (गुरुङ) जातीको मौलिक महान राष्ट्रिय पर्व तमु सप्ह्री ल्होसार भव्य रुपमा मनाउन तमु प्ये ल्हु संघले सो कार्यक्रमको आयोजना गरेका थिए ।
उक्त कार्यक्रममा तमु जातीको मौलिकता, परम्परा, धार्मिक सस्कार संस्कृति र पहिचानलाई निरन्तरता दिदै आएका खेगी (पुरोहित) गुरुहरु चिबा नवीन टु क्ल्हेप्री तमु“ए”, चिबा नवीन टु क्ल्हेप्री तमु“बी”, पच्यु चिबा कृष्ण ल्हेगे तमु, बोन्पो लमजित लम तमु लगायतले विधीपुर्वक पूजाआजा कार्य सम्पन्न गर्दै बर्षदिनमा सर्ने ल्होकोर अनुसार मुप्ह्री ल्हो (गरुड बर्ग) को बिदाई र सप्ह्री ल्हो (सर्प बर्ग) को आगमनको स्वागत गरे भने शुभ आशिषसंगै रुपा (पैरु) लगाई सुस्वास्थ्यको कामनासहित स्याईस्याई गरिएको थियो ।
प्रमुख अतिथि अमर ल्हेगे तमुद्वारा द्धीपप्रज्वलन र ब्यानर अनावरण गरी उद्घघाटन गरिएको ल्होसार कार्यक्रमको संचालन सचिव फलेन्द्र थिम्जे तमु र स्वागत मन्तव्य कार्यक्रम संयोजक राम ल्हेगे तमुले गरेका थिए भने संरक्षक सदस्य रबिन्द्र प्ल्हे तमुले तमु ल्होसारको वारे र सहसचिब ओम केप्छै तमुले कार्यक्रम सहजिकरणमा भुमिका निर्वाह गरे ।
तमु संस्कार अनुसार कार्यक्रमको सभापति, प्रमुख अतिथी, कार्यक्रम संयोजक, खेकी गुरुहरु लगायत संरक्षकहरुलाई कार्यक्रममा फेटा (क्रेगि) लगाई दिइएको थियो ।
संघका प्रमुख सल्लाहकार केशु ल्हेगे तमु, संघका संरक्षक सदस्य आस ब. योज तमुले संस्थाको तर्फबाट र सामाजिक अभियन्ता मनप्रसाद रानामगर, कास्कीआर्दश सेवा समाजकतारका अध्यक्ष अग्निधर देबकोटा, युमा साम्यो महासभा कतारका अध्यक्ष योगेन माखिम, दलित एकता संजाल कतारका उपाध्यक्ष प्रकाश बि.क, जन प्रगतिशील मन्च कतारका महासचिव योगेन्द्र तामाङ, जनसम्पर्क समिती कतारका उपाध्यक्ष ठाकुर परियार लगायत विभिन्न संघसंस्था, तह र तप्काका आमन्त्रित प्रतिनिधीहरुले मौलिकता, भाषा, भोषभुषा, संस्कार र संस्कृतिले भरिपूर्ण रहेको तमु समुदायले प्रवासमा रहेर पनि तमु ल्होसार उहाहरुसंगै धुमधामले मनाउन पाउदा र प्रत्यक्ष हेर्न, देख्न पाउदा खुशी लागेको र आगामी दिनमा पनि समन्वय सहकार्य निरन्तर रहीरहने प्रतिवद्दता व्यक्त गर्दै ल्होसारको शुभकामना दिए ।
विभिन्न सघंसंस्था तथा व्यक्ति, ब्यक्तित्वहरुको आर्थिक, नैतिक तथा भौतिकसहयोग रहेका कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग प्रबास शाखा कतार र युमा साम्यो महासभा कतारले संस्थागत रुपमा संस्कारस्वरुप आयोजकलाई कोसेली प्रदान गरे ।
सांस्कृतिक कार्यक्रममा संघका सांस्कृतिक विभाग संयोजक पवन प्ह्च्यु तमु र नृत्य निर्देशक शिवराज चहक्ली तमु अन्य कलाकारहरु बर्षा, खुसी, जय, बिकाश, अन्जान, बिष्णु, सीता, अनिता, दुर्गा, पारु, जिना, तुल, कृपा, प्राप्ती, छवि, कृष्ण, रबिन्द्र साथै अतिथी कलाकार (नृत्यकार) सोनी तमुस्योले मौलिक भेषभुषामा विभिन्न गीतहरुमा आफ्नो नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई अझ रोचक बनाए भने गायक धिरजङ, सिबि, पवन, आसिम, खुसी, बर्षा, शिबराज, महेस, सुर्य, देब लगायत अतिथी कलाकार दीपेस पायल राई लगायतले तमु भाषा र नेपाली गीतहरु गाएर सहभागी सवैलाई छमछमी नचाए । सोहीक्रममा तमुहरुको मौलिक संस्कार झल्किने छ्याटु नाचपनि प्रस्तुत गरिएको थियो ।
संघको सल्लाहकार सदस्य तथा खेकी चोगी संयोजक सर्बजित क्रोम्छै तमु कतार छोडेर नेपाल फर्कने भएकोले उहाको योगदानको कदर गर्दै तमु प्ये ल्हु संघ कतारको तर्फबाट सम्मानपत्रका साथ तमु परम्परा अनुसार क्रेगी (फेटा) लगाई संस्थागत विदाई गरिएको थियो ।
प्रमुख अतिथि अमर ल्हेगे तमुले उपस्थित सवैलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गर्दै तमु ल्होसारको सबैलाई शुभकामना दिए ।
कार्यक्रमका अध्यक्ष क्षेत्र ब. (सिबि) थिम्जे तमुले स्यो कैं (वनभोज) सम्पन्न गर्नलाई विभिन्न प्रायोजकहरुको व्यवस्था गर्न सफल भूमिका निर्वाह गर्नुहुने आर्थिक संयोजक तथा तृतिय उपाध्यक्ष पृतम ल्हेगे तम, सदस्य डम्वर लम तमु, कोषाध्यक्ष टेक खक्यु तमु, प्रचारप्रसारमा विशेष भुमिका निर्वाह गर्ने प्रचारप्रसार सचिव मुस्कान कोके तमुप्रति आभार व्यक्त गर्दै सप्ह्री ल्होको सबैमा सुखशान्ति,सुस्वास्थ्य, समृद्धि, दिर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।
तस्बिरहरु :