जनवरी ०३ मा तमु (गुरुङ) समाज कतार र तमु प्ये ल्हुु संघ कतारको छुटाछुटै ल्होसार कार्यक्रम

  तिलविक्रम थेवे
189 Shares

दोहा (कतार) : “प्ये म्हस्याँ छ्या म्हमुु, छ्या म्हस्याँ ल्हु म्हमुु, ल्हु महस्याँ म्हि म्हमुु” अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मानिसको अस्तित्व हराउछ” भन्ने नारा बोकेर संस्थागत भई तमु गुुरुङहरुले विश्वको जुनसुकै ठाउमा रहेतापनि आफु र आफनो समुदायको भाषा धर्म, शास्त्र, संस्कार संस्कृतिको जगेर्ना गर्नु पर्दछ, संरक्षण र सम्बर्धन गर्नुपर्दछ भनेर कतारमा स्थापित दुई तमु गुरुङ संस्थाहरुले जनवरी ०३, २०२५ शुक्रबारका दिन छुटटाछुटटै सप््रही ल्होसार मनाउने भएकाछन् ।

आयोजकको जानकारी अनुसार कतारमा कार्यरत् गुरुङ समुदायद्धारा सन् २००४ मा स्थापित तमु (गुरुङ) समाज कतारले यसवर्षको सप््रही ल्होसार (सर्प वर्ग) कतारमा भव्य रुपमा मनाउने भएको छ । म्हुपी ल्हो (गरुड वर्ग) को चक्र सकिएसंगै गरुड वर्गलाई विदाई गरेर यसवर्षको ल्हो सर्प वर्गलाई स्वागत गर्दै गरुङ समुदायले सप््रही ल्होसारलाई हार्सोल्लासका साथ मनाउनेछन् ।

आयोजक स्रोतले जानकारी दिए अनुसार जनवरी ०३, २०२५ शुक्रबारका दिन कतार अवुहमुरस्थित आइडल इन्डियन स्कुलको हलमा आयोजना हुन लागेको सप््रही ल्होसार कार्यक्रमको तयारी पुरा भइसकेको छ । यस कार्यक्रमको लागी नेपालबाट लोकप्रिय हास्य कलाकार एवं जादुगर शेर बहादुर गुरुङ र लोक दोहोरी एवं चुडका कौडा गायीका बविता गुरुङ कतार आउनेछन् साथै गैर आवासिय नेपाली तारा २०२३ का गायक रुस्तम तामाङ र नृत्यतर्फका नेपाली तारा निरु श्रेष्ठ लगायत स्थानिय कलाकारहरुको समेत वेजोड सांगितीक, सांस्कृतिक प्रस्तुती रहनेछ ।

यसैगरी सन् २०१४ मा स्थपित तमु प्ये ल्हुु संघ कतारले पनि सोही दिन (जनवरी ०३, २०२५ शुक्रबार) कतारको अल दोसरी पार्क साहानियामा विविध कार्यक्रमसहित सप््रही ल्होसार मनाउने सम्पुर्ण तयारी गरिसकेको आयोजक स्रोतले जनाएको छ । स्रोतका अनुसार स्थानिय कलाकारहरुको उपस्थितिमा वृहत सांगितीक सांस्कृतिक कार्यक्रम सहितको स्यौ कै (वनभोज) कार्यक्रम गर्ने उद्देश्यले खुलास्थलमा ल्होसार मनाउन लागिएको हो ।

तमु गुरुङ समुदायहरुद्धारा हरेकवर्ष मनाउने गरिएकोे महान चाड ल्होसारमा उनीहरु मौलिक भेषभुषा पहिरने, अनुष्ठानहरु गरेर पुजाआजा गर्ने, समुहसमुह मिलेर घाटु, रोध्‌ी, चुडका, सेराठी लगायतका मौलिक सांस्कृतिक कार्यक्रमहरु गर्दै, मौलिक परिकारहरु तयारी गरेर खाने, आफुभन्दा ठुला जेठापाकालाई सम्मान गर्ने र एकअर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।

हरेकवर्ष घुमिरहने १२ वर्गहरु मुप्ह्री ल्हो (गरुड) सप््रही ल्हो (सर्प), त ल्हो (घोडा), ल्हु ल्हो (भेडा), प्र ल्हो (बाँदर), च्हया ल्हो (चरा), खी ल्हो (कुुकुर), फो ल्हो (मृग) च्यु ल्हो (मुसा), ल्वो ल्हो (गाई), तो ल्हो (बाघ) र ह्रहुङ ल्हो (विरालो) वर्ग पर्दछन् । यसवर्ष सर्प वर्ग परेको छ र यसवर्षमा जन्मेका नानीहरु सवै सर्प वर्गमा पर्ने तमु गुरुङ समुदायहरुको विश्वास समेत रहिआएको छ ।

टौमाया गुरुङ अध्यक्ष रहेको तमु (गुरुङ) समाज कतार र चन्द्र ल्हेृगे तमुु अध्यक्ष रहेको तमु प्ये ल्हुु संघ कतार कतारस्थित नेपाली समुदायमा स्थापित भईसकेका विशुद्ध सामाजिक, सांस्कृतिक संवाहक संस्थाहरु हुन् ।

दुवै संस्थाहरुले नेपाली संघसस्थाहरुको विचमा सौहार्दता र सामाजिक सदभाव कायम गर्दै कतारमा सक्रियरुपमा आआफनो संस्थागत कार्यहरु निरन्तर गरिरहेकाछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार