पाँचथर सेवा समाज कतारले संस्थाको २१ औं स्थापना दिवस भव्यरुपमा मनायो

  तिलविक्रम थेवे
322 Shares


दोहा (कतार) : गत दिसम्बर २०, २०२४ शुक्रबार पाँचथर सेवा समाज कतारले संस्थाको एक विशेष कार्यक्रम समारोह विचसंस्थाको २१औं स्थापना दिवस भव्यरुपमा मनायो ।

संस्थाका अध्यक्ष लीला राईको अध्यक्षतामा सम्पन्न भएको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथी एनआरएनए आइसीसीका उपमहासचिव प्रविण गुरुङ लगायत अन्य आमन्त्रित अतिथीहरुले केक काटेर कार्यक्रमको उद्दघाटन गरेका थिए ।

संस्थाका कार्यसमितिका पदाधिकारी, सदस्यहरु र सल्लाहकारहरु, आमन्त्रित अतिथीहरु र अन्य शुभचिन्तकहरुको व्यापक उपस्थिति रहेको थियो भने उपस्थित विभिन्न संघ सस्था, वैचारिक संगठनका प्रतिनिधिहरुले कतारमा स्थापित जेठो संस्थाहरु मध्येको एक पाँचथर सेवा समाज कतारको सक्रिय सामाजिक अभियान र सहभागिताको प्रसंशा गर्दै यस संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

प्रमुख अतिथीले पाँचथर सेवा समाजलाई विभिन्न तह र तप्काबाट सहयोग पुरयाउदै आएका सघ सस्था, व्यक्ति व्यक्तित्व र कलाकारहरुलाई प्रशसा पत्र प्रदान गरेका थिए ।

महासचिव सुजन गुरुङको संचालन रहेको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रविन खत्रीले स्वागत मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ कतारका केलाङ समुहको केलाङ प्रस्तुती लगायत अन्य स्थानिय कलाकारहरुको सुमधुर गित र नृत्यले २१औं स्थापना दिवस कार्यक्रमको माहौलमा थप रौनकता थपिएको थियो ।

कतारमा कार्यरत् पाँचथरबासीहरुको सक्रियतामा सन् २००४ मा स्थापित भएको यस संस्थाले कतारस्थित पाँचथरबासीहरुको कल्याणका लागी मात्र काम नगरी आफनो गृह जिल्लामा समेत विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ ।  यस संस्थाले पाँचथरमा एम्बुलेन्स सेवा संचालन गरेको छ यसैगरी ईलाम पाँचथर सिमाना राँके बजारमा ऐतिहासिक स्वागतद्धार निर्माण गरयो भने विद्यालयमा अक्षयकोष समेत स्थापना गरी शिक्षा क्षेत्रमा समेत प्रोत्साहन पुरयाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार