केन्द्रिकृत १६ दिनको जमघट : मन्तव्यमा सकिन्छ कि !!!

  सर्मिला राई
574 Shares

हामी समतामूलक समाज निमाणर्को परिकल्पनामा अघि बढिरहेका छौं । समतामूलक समाजको लागि समानता नितान्त आवश्यक कुरा हो र समानताको लागि आवाज उढ्ने क्रम पनि बढ्दो छ भने राज्य पक्षबाट पनि प्रयास नभएको भने छैन । अझ भन्ने नै हो भने महिला उन्मुक्तिका लागि नेपाल सरकारले पनि कार्यन्वयनको पक्षमा ढलपल नै भएता पनि धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन अनुमोदन, अन्तराष्ट्रिय दस्तावेजको पक्ष राष्ट्र, संयुक्त राष्ट्र संघको पक्ष राष्ट्र (सदस्य)को रुपमा परिचित नै छ । नेपाल सरकारले संविधानमा नै लैङ्गिक समानता, यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार, महिला अधिकारलाई निर्दिष्ट रुपमा किटानका साथ उल्लेख गरेको छ ।

सन्दर्भ लैङ्गिक हिंसा विरुद्धको १६ दिने, ३३ औं अन्तराष्ट्रिय दिवस तथा ७६ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइ रहदाँ………. लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर प्रत्येक बर्ष इ.स.नोभेम्बर २५ देखि डिसेम्बर १० तारिकसम्म (१६ दिनसम्म) मनाइदै आइएकोछ । यस दिवसको इतिहासलाई हेर्दा, यो दिवस १९८० को दशकदेखि नै विभिन्न मुलुकहरुले मनाउदै आइरहेका भएता पनि सन् १९९९ मा संयुक्त राष्ट्रसंघले यो दिवसलाई औपचारिक रुपमा अनुमोदन गरेपछि लिङ्गको आधारमा हुने हिंसा विरुद्घका विभिन्न अभियानहरुको रुपमा विश्वका केही मुलुकहरुमा मनाउन शुरु भएका हुन् । यो दिवसको शुरुवात सबैभन्दा पहिले ल्याटिन अमेरिकाबाट भएको हो । यो दिवसको शुरुवात पछि ल्याटिन अमेरिकामा महिलाहरु कुन कुन क्षेत्रमा र कस्ता प्रकारको हिंसाबाट पीडित रहेका छन् भन्ने कुराको पहिचान भएको थियो ।

यो दिवस एउटा दुखःद् ऐतिहासिक पक्षसंग जोडिएको छ । जुन राजनितिक र महिलासंग सम्बन्धित रहेको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीहरु तत्कालिन तानाशाही सरकारको विरुद्घमा सशक्त आन्दोलनमा उत्रिए । यसरी सरकार विरुद्घ आन्दोलनमा उत्रिएपछि उक्त तत्कालीन सरकारले उनीहरु तीनै दिदीबहिनीहरुलाई देशको ठुलो समस्याका रुपमा घोषणा गरी पक्राउ गरिएको थियो । तर पक्राउ गरिएको ११ महिनापछि नोभेम्बर २५ का दिन उनीहरु तीनै जनाको हत्या गरिएको थियो । यसरी उनीहरुको संघर्षपूणर् राजनितिक आन्दोलनको क्रममा हत्या भए पश्चात उक्त हत्यालाई राजनितिमा लिङ्गको आधारमा हुने हिंसाको प्रतिरुपमा लिई सन् १९८० मा ल्याटिन अमेरिकामा नोभेम्बर २५ तारिखका दिनलाई महिला माथि हुने हिंसा अन्त्यका लागि अन्तराष्ट्रिय दिवसको रुपमा घोषणा गरेका थियो । त्यही हत्यापछि उनीहरुको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो । उनीहरुको हत्यापछि आन्दोलन अझ सशक्त भयो र उक्त हत्या भएको एक बर्षभित्र नै तत्कालिन तानाशाही सरकारको अन्त्य भयो । यीनै तीन दिदीबहिनीहरुको हत्यालाई राजनितिमा लिङ्गको आधारमा महिला माथि भएको हिंसाको रुपमा लिएर १६ दिनसम्म उनीहरुको सम्झनामा विभिन्न प्रकारका कार्यक्रम गरियो ।

यस दिवसलाई संयुक्त राष्ट्र संघले सन् १९९९ मा अनुमोदन गरेपछि सन् १९९१ जुन महिनामा महिला विश्व नेतृत्व केन्द्रले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मलाई लिङ्गको आधारमा हुने हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाउने घोषणा गरेको थियो । लिङ्गको आधारमा तथा महिला माथि हुुने हिंसा भनेको मानव अधिकारको हनन् हो भन्ने सन्देश स्वरुप यो अभियानको अन्त्य अन्तराष्ट्रिय मानव अधिकार दिवस डिसेम्बर १० मा हुुने गर्दछ । नेपालमा पनि यो दिवस सन् १९९७ देखि विभिन्न प्रकारका कार्यक्रमहरु गरी मनाउन शुरु गरिएको भएता पनि नेपाल सरकारको तर्फबाट यो अभियानलाई सन् २००६ बाट औपचारिक रुपमा अनुमोदन गरी मनाउन शुरु गरिएको हो ।
यसै सन्दर्भमा यस बर्ष पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान,२५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ ( वि.स. २०८१ मंसिर १० गतेदेखि २५ गतेसम्म) अन्तराष्ट्रिय नारा ः ूत्यधबचमक घण् थ्भबचक या तजभ द्यभष्वष्लन म्भअबिचबतष्यल बलम एबितायचm ायच ब्अतष्यलस् ग्ल्ष्त्भ् तय भ्लम ख्ष्यभिलअभ बनबष्लकत ध्यmभलू तथा ूहामी सबैको प्रतबिद्धता, लैंगकि हंिसा अन्त्यको लाग िएक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ डिसेम्बर १० तारिख (मंसीर २५ गते) का दिन समापन भएको छ । यस १६ दिनको अवधिमा कतिपय कार्यक्रम/स्थानमा त अझ थप आफ्नै नाराहरु सहितको व्यानर, प्ले कार्ड, पोष्टर लगायत सामाजिक संजालमा राखिएका तस्वीरहरु अनि मानिसहरुको जमघट उत्तिकै नदेख्ने सायद नै कम नै छौ होला । वास्तवमा यो जमघ, यो नारा अनि त्यो मान्य अग्रज अतिथिहरुको मन्तव्य बारे ग्रामीण क्षेत्रका पछाडि पारिएका समुदाय, दैनिक जीवन गुजाराका लागि अहोराद्र आफ्नो काममा खटिरहेको समुदायलाई यस नारा, तस्वीर, भेला र मन्तव्यले कति भेट्यो होला ? कहाँ छोयो होला? कति फरक पार्छ होला ? स्थानीय सरकारले आफ्नो बार्षिक योजना तथा कार्यक्रममा लैङ्गिक मैत्री बजेटलाई लक्षित गरी विनियोजन गरेको त्यो रकम अनि यो १६ दिनको अभियान मनाइरहदां आतिथ्यता सत्कार, अन्य व्यवस्थापन गर्न कति संभव भयो होला ? यी यावत विचारहरुले आज १६ दिने अभियानको समापन तथा ७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइरहेका क्षणहरुले वास्तवमा लिङ्गको आधारमा चाहे महिला होस् चाहे पुुरुष या त यौनिक तथा लैङ्गिक अल्यसंख्यक माथि भइरहेका, हुुने गरेको हिंसाहरुको अवस्था, कारण र यस्ता हिंसाहरु आगामी दिनमा न्यूनीकरण गर्न के कस्ता रणनिति, निति तथा कार्यक्रम बारे योजना तर्जुुमा भए होलान् ? के यो अभियान, यो दिवस वास्तवमा शहर, सदरमुुकाम, जिल्लाको मुख्य बजार केन्द्रित अनि अतिथि मान्यजनहरुको मन्तव्यमा नै सकिएन ? भन्ने शंका र डर पनि त छ । यो १६ दिने लैङ्गिक हिसा विरुद्धको अभियानले आगामी दिनमा अर्थपुणर् सार्थकता पाउने छ,, स्थानीय सरकार, अभियन्ता र नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका हामी जो कोहीले यस अभियानको दौरानमा बोलेका बचन, प्रतिबद्धताले हिंसाको जडबाट नै उखेलेर वास्तविक उन्मुलनमा योगदान गर्छौ होला । १६ दिनको यस अभियानलाई एक प्रतिरुपको रुपमा लिएर ३६५ दिन नै हिंसा न्यूनीकरणका लागि हामीले आफ्नो सोच बदलेर सकारात्मक रुपमा सबै व्यक्तिप्रति सम्मान पूर्वक समान व्यवहार गर्नु हामी सबैको दायित्व हो ।

नेपालको संविधानत कुनै पनि नागरिक माथि धर्म, वणर्, जातजाति, लिङ्ग, वैचारिक आस्था वा कुनै कुराका आधारमा भेदभाव गर्न नपाइने व्यवस्था गरी लैङ्गिक समानताको सुरक्षा गरेको छ । जो कोही नागरिक सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुदाँहुदै पनि हाम्रो समाजमा जरा गाडेर बसेको पुरातनवादी सोच र अन्धविश्वासयुक्त प्रथा, लिङ्गको आधारमा हुने गलत सोचाईका कारण दिनहँु हजारौं लैङ्गिक हिंसा विशेषतः महिलाहरु कुनै न कुनै बाहनामा विभिन्न हिंसाका शिकार भइरहनु परेको छ ।
तर विडम्बना नै भन्नु पर्छ यस्ता अन्तराष्ट्रिय कानुनको अनुमोदन गरेर, दिवस मनाएर मात्र बस्ने संस्कारको विकास भएको छ यहाँ ।

दिवस मनाउने, अभियान चलाउने, हिंसा सम्बन्धी जानकारी दिने जस्ता विभिन्न कार्यक्रमहरु विगत धेरै बर्ष अगाडिबाट भएको पाइन्छ। तर दिवस मनाइ झट्ट देखिने तत्कालिन प्रतिफलमुखी मात्र पाइन्छ कि त्यो प्रतिफलको प्रयोग भएको पाउन कठिन नै छ । कति दिवसहरुको अवसरमा कति सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, सहजीकरण गरियो भनेर दखिने तत्कालिन प्रतिफल गनेर संख्यामा राख्न सकिएला तर त्यसबाट भएको सिकाईलाई आफ्नो दैनिक जीवनमा, व्यवहारमा कहाँ लागु गरिएको छ भन्ने विषयमा चिन्तन गर्न खाँचो छ यहाँ । यस्ता दिवसहरु बर्षभरिमा धेरै मनाइन्छ तर किन मनाइन्छ भन्ने प्रश्न अझै उठ्छ । हिंसा गर्ने वा पिडकले यस विषयमा जानकार वा सचेत नै नभएको हो या यस्ता दिवस मनाइनुको अर्थ नै थाहा नपाएको हो यस विषयमा एक पटक हामीे आफैले मनन गर्नै पर्छ । दिवस मनाउनुमा सहभागी हुदैमा र मन्तव्य राख्दैमा यस्ता हिंसा न्यूनीकरण हुन्छ भन्ने मान्यतालाई परिवर्तन गर्ने बानीको विकास गर्न सक्यौं भने अनि मात्र यस्ता दिवस वा अवसर मनाइनु अर्थपूणर् होला कि ! हामी हिंसा न्यूनीकरणको अभियन्ता बनेर कतै आफैं हिंसा त गरिरहेका छैनौं ? मनन गरौ यस्ता दिवसहरु मनाउनुमा मात्र सिमित नहोस् । दिवसलाई सार्थकता दिन हामीले हाम्रो सोच र व्यवहार परिवर्तन गर्न खाँचो छ । आवाज भन्दा व्यवहार ठुलो हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार