युएई : युएईमा रहेका लिम्बूजन्य संस्था किरात याक्थुङ चुम्लुङ, थुप्पोको थेबे लिम्बू समाज, युमा साम्यो महासभा र किरात धर्म तथा साहित्य उत्थान संघले पहिलो पटक युएईमा संयुक्त रुपमा ५०८४ को वलिहाङ तङ्नाम मनाएका छन् ।
जाबेल पार्कमा वनभोज कार्यक्रम गरी वलिहाङ तङनाम मनाएका हुन् । कार्यक्रममा याक्थुङ लिम्बुहरुको मौलिक खानाका साथै विभिन्न खेलकुद आयोजना भएको थियो । मौलिक भेषभुषामा पुरुषतर्फ थुप्पोको थेबे लिम्बू समाजका अध्यक्ष पोबो थेबे सेमी र महिलातर्फ किरात याक्थुङ चुम्लुङकी केन्द्रिय सदस्य सन्जा लिम्बू उत्कृष्ट घोषित भए ।
खेलकुदतर्फ डोरी तान्ने खेलमा संस्थागत प्रतियोगिता भएको थियो । जसमा पुरुषतर्फ किरात याक्थुङ चुम्लुङ र महिलातर्फ थुप्पोको थेबे लिम्बू समाज विजय भयो । त्यस्तै अन्य खेल सिलाम साक्मा बनाउने, तातो आलुजस्ता खेलहरु पनि खेलाइएको थियो ।
खेलकुदको संयोजक थुप्पोको थेबे लिम्बु समाजबाट मिलन थेबेले गरेका थृ । साथै लारिङ्गेक नाम्लिङ्गेक खेल्नुका साथै या:लाङ पनि नाचिएको थियो ।
बलिहाङ तङ्नामकै अवसर पारेर भाग्यशाली चिट्ठाको पनि ओपनिङ गरिएको थियो । जसमा प्रथम पुरस्कार टिकट न. १३१८ नगद दिराम दुई हजार पाँच सय बिजेता बबी, दोश्रो पुरस्कार टिकट न. ०९६८ नगद दिराम एक हजार पाँच सय विजेता दुक्छ्यान तामाङ र तेश्रो पुरस्कार टिकट न. १३०४ नगद दिराम एक हजार विजेता प्रत्युषा भएका थिए ।
कार्यक्रमको संयोजक युमा साम्यो महासभाका उपाध्यक्ष गोबिन्दकुमार लुम्फुवाले गरेका थिए ।