हुन पनि केही समयअघि हिन्दु धर्मालम्बीहरुको पर्व वा भनौं महान चाड ‘दसैं’ सकिएर अहिले दोस्रो प्रमुख पर्व ‘तिहार’ अर्थात् ‘दीपाववली’ चलिरहेको छ । अचम्म के छ भने, दसैं चाहिँ हाम्रो पर्व अथवा चाड होइन भन्ने र बहिस्कारकै नारा लगाउने नेपालका आदिवासी जनजातिहरुले पनि अहिले चलिरहेको पर्व ‘तिहार’ अर्थात् ‘दीपाववली’ चाहिँ मनाई रहेका छन् । मेरो भनाइको कतलब ‘तिहार’ अर्थात् ‘दीपाववली’को अवसरमा देउसी-भैलो खेलिरहेका छन् । साथै भाइ टीका पनि अवश्य नै लगाउने नै छन् । जे होस्, यो प्रसंग अहिलेलाई यति नै ।
धर्म, संस्कार, संस्कृति, पर्व, चाडबाड आदिका सन्दर्भमा भन्नु पर्दा यो लेखमा नेपाली राजनीतिमा प्रायः सबैले सम्झने गरेका वा सम्झने थोरै नेताहरुमा पर्नु हुने र नेपालका राजनेता भन्न, मान्न सकिने एक नेता बीपी कोइरालाका बारेमा केही लेख्न मन लाग्यो । हुनत म उहाँ (बीपी कोइराला) का बारेमा धेरै जान्ने, बुभ्mने, ज्ञाता आदि होइन । त्यसो भए तापनि उहाँले नेपाली कांग्रेस पार्टीका सभापतिका साथै पार्टीको मुख्य चिन्तक अनि प्रमुख सिद्यान्तकारको भूमिका पनि निभाउनु भएको थियो । साथसाथै उहाँ एक दार्शनिक चिन्तन भएका चिन्तक, लेखक तथा साहित्यकार हुनुहुन्थ्यो भने, जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रथम प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । जे होस्, उहाँ अहिलेसम्म बाँचिरहनु भएको भए, उमेरका हिसावले एक सय एघार (१११) वर्षको उमेरमा हिँडिरहनु भएको हुन्थ्यो । उहाँको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो ।
हुनत म बीपी कोइरालाका बारेमा धुरन्धर जानकार एवम् सर्व ज्ञाताको त के कुरो, सामान्य जानकारी समेत नभएको-नरहेको सामान्य मान्छे मात्रै हुँ । तापनि मलाई लाग्छ, यदि बीपी कोइराला हालसम्म जीवितै रहनु भएको भए नेपाली कांग्रेस पार्टीमा पछिल्लो पटक उठ्ने गरेको वा भनौं उठाईने गरेको ‘नेपाल हिन्दु साक्षेप राष्ट्र रहनुपर्ने भन्ने विषयमा उहाँले कस्तो मत राख्नु हुन्थ्यो होला ? एवम् प्रकारले सत्ता र शक्तिका लागि जुनसुकै पार्टीसँग (खास गरी कम्युनिष्ट पार्टी) पनि गठवन्धन गरिहाल्ने नेतृत्वलाई के भन्नु हुन्थ्यो होला ? ठूलो जिज्ञासा रहन्छ । अहिले नेपाली कांग्रेस पार्टीमा चल्ने गरेका सिद्धान्तहीन र भद्धा-भद्या लाग्ने एवम् प्रकारले अनावश्यक बहस, छलफलका साथै अर्को पक्षलाई जसरी पनि किनारा लगाई छाड्ने र सक्दो खु्रल्याईनु नै महानता ठान्ने प्रचलन सुरु हुनुलाई के भन्नु हुन्थ्यो होला । अहिलेसम्म उहाँ जीवित रहनु भएको भए नेपाली कांग्रेस पार्टीमा त्यस्ता भद्धा, अनावश्यक र सिद्धान्तहीन बहस र छलफलले प्रवेश पाउँथ्यो, पाउँदैन थियो होला ? मेरा मनमा प्रश्नहरु उठ्ने गर्छ ।
हुन पनि अहिले नेपाली कांग्रेस पार्टीमा नेपाल ‘विश्वको एक मात्रै हिन्दु धर्म साक्षेप राष्ट्र !’ हुनु पर्छ भनी केही नेताहरु लागिपरेका छन् । नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिकता, विविधा, अल्पसंख्यक जातिहरुको बसोवास भएको देशमा केवल हिन्दु धर्मालम्बीले मान्ने हिन्दु धर्मलाई यो वा त्यो नाममा, बहानामा नेपालका सबै जातजाति, भाषाभाषी र धार्मिक समूहका मानिसहरु अनि अल्पसंख्यकहरुले पनि मान्नै पर्छ, त्यसैले नेपाललाई ‘विश्वको एक मात्रै हिन्दु धर्म साक्षेप राष्ट्र !’ घोषणा गर्नै पर्छ भन्ने विषयमा उहाँले कस्तो मत राख्नु हुन्थ्यो होला, कस्तो रुख अपनाउनु हुन्थ्यो होला ? भन्ने सम्बन्धमा पनि जबदेखि मैले नेपाली समाजको बनोटका बारेमा धेरथोर बुझ्न, जान्न थालेँ, तबदेखि जिज्ञासा रहने गरेका छन्, खुलदुली उत्पन्न हुने गरेकोछन्, मेरा मनमा । त्यसैले यदि बीपी कोइराला अहिलेसम्म जीवितै रहनु भएको भए, आफ्ना पार्टीमा चल्ने गरेको नेपाल ‘विश्वको एक मात्रै हिन्दु धर्म साक्षेप राष्ट्र !’ रहनै पर्छ भन्ने विषयमा उहाँले त्यस्तो बहस र छलफलले नेपाली कांग्रेसमा प्रवेश पाउँथ्यो, पाउँदैन थियो ? अनि त्यसरी बहस र छलफल गर्ने अवसर पाई हालेमा पनि केन्द्रीय समितिमा रहेका त्यतिका मानिसहरुले ‘हो मा हो’ मिलाउँथे, मिलाउँदैन थिए होला ? यसै भन्न सक्ने अवस्था रहेन ।
हुनत विसं २०६८ को ११ औ राष्ट्रिय जनगणनामा ८१ दशमलब ३४ हिन्दु धर्मालम्बी रहेका थिए भने, विसं २०७८ को १२ औं राष्टिैय जनगणनामा चाहिँ ८१ दशमलब १९ प्रतिशत (थोरै घटेको) हिन्दु धर्मालम्बीहरु रशहेका छन् । यो कुरो राष्ट्रले ठूलो लगानी गरेर हरेक १०-१० वर्षमा गरेको राष्ट्रिय जनगणना भएकोले गर्दा नपत्याउनु पनि…अर्थात् होइन भनिहाल्न पनि सकिँदैन । तर, कसरी र के आधारमा नेपालमा ८१ प्रतिशतभन्दा बढी हिन्दु धर्मालम्बीहरु भए ? अथवा तथ्यांकमा त्यति धेरै हिन्दुहरु कसरी आयो, आए, देखाईयो ? सो सम्बन्धमा चाहिँ कसैले पनि गहिरिएर बहस र छलफल गरेको सुनिएको, देखिएको छैन, अहिलेसम्म । किनभने, नेपालको सम्पूणर् जनसंख्यामा लगभग ३८ प्रतिशत आदिवासी जनजाति, लगभग १० प्रतिशत बौद्ध धर्मालम्बी, तीन प्रतिशतभन्दा केही बढी किरात धर्म, चार प्रतिशतभन्दा केही बढी इसलम धर्मालम्बी अनि त्यस्तै गरेर लगभग दुई प्रतिशत क्रिश्चियन धर्मालम्बी एवम् प्रकारले बहाई, सिख, प्रकृति धर्म, जैन धर्म मान्नेहरुको बसोवास रहेको छ ।
जे होस्, नेपाली कांग्रेसका सर्वस्वीकार्य नेता रहेका र नेपाली कांगग्रेसले नै महामानव घोषणा गरेको) र रहिरहने स्वयम् बीपी कोराइराला हिन्दु धर्म अथवा भनौं समग्र धर्मका सम्बन्धमा के भन्नु हुन्थ्यो ? सो बारेमा जान्न चाहनेहरुले उहाँ (बीपी) ले ४ साउन, २०३६ (२० जुलाई सन् १९७९) मा प्रकातिश एक अन्तर्वार्ता पढ्नुपर्ने हुन्छ । सो अन्तर्वार्तामा बीपी कोइरालाले प्रस्टसँग भन्नु भएको छ कि ‘नेपाल्ल हिन्दु राज्य हुँदै होइन ।’ अन्तर्वार्ता बीपी कोइरालालाई ‘विक्ली मिरर’ नामक अंग्रेजी पत्रिकाका अन्तर्वार्ताकारले एक प्रश्न गर्नु भएको छ, ‘नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन चाहने व्यक्तिका रुपमा तपाईँलाई लिइन्छ । यसो गर्दा नेपालका रुढिवादी तत्वलाई प्रश्रय मिल्दैन ? तपाईँ सत्तामा आएपछि तपाईँले चाहेको जसरी पशुपतिनाथ मन्दिरलाई सङ्ग्राहलयमा सार्नका लागि जनतालाई मनाउन कठिन हुँदेन ? बीपीको जवाफ यस्तो रहेको छ, ‘-नेपाल हिन्दु राज्य हुँदै होइन । कसैले हिन्दु राज्य हो भन्दछ भने त्यो झेली मात्र हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष राज्य हो । धर्मनिपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । तसर्थ मन्दिर वा प्रार्थनास्थल कुन हो भनेर छुट्याउनुपर्ने प्रश्न नै उठ्दैन ।’ विक्ली मिरर, ४ साउन २०३६ (२० जुलाई सन् १९७९) । सो अन्तर्वार्ता प्रदीप गिरिद्धारा सम्पादित ‘विश्वेश्वरप्रसाद कोइराला आधारभूत सङ्कलन’ २०७८, नामक किताबमा सङ्ग्रहित छ ।
नेपाली कांग्रेसका त्यस्ता सर्वस्वीकार्य नेता, अझ भएन नेपाली कांग्रेस पार्टी र तिनका नेताहरुले त बीपी कोइरालालाई केवल आप्mनो नेता मात्रै नमानेर ‘महामानव !’ मान्ने, भन्ने, लेख्ने, गर्छन् । तथापि नेपाली कांग्रेसीले ‘महामानव !’ भनी मानेको, भनेको, लेखेको स्वीकारेको नेताले हिन्दु धर्मका सम्बन्धमा राखेको विचार, अडान वा भनौं भनाइलाई कसरी चटक्कै बिर्सेका होलान् ? प्रश्न उठ्छ, वा भनौं सो सम्बन्धमा प्रश्न उठाउन सकिन्छ । किनभने, तनहुँ जिल्लाबाट प्रत्यक्षमा निर्वाचित सभासद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शंकर भण्डारीेले केही समय अघि (गएको ६ भदौ) नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवालाई भेटेर फेरि पनि ‘नेपाललाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातान हिन्दु राष्ट्र नेपाल’कायम गराउनुपने्र्र मागसहितको ज्ञापनपत्र बुझाएका थिए । अचम्म के छ भने, सो ज्ञापनपत्रमा भण्डारीले किरात, बोन, जैन, शिख आदि धर्म र दर्शनलाई पनि हिन्दुमै गाभेर (किरात, बोन, जैन, शिख धर्मलाई पनि हिन्दु भनी उल्लेख गरेर) ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन धर्मको हवाला दिईएको छ । स्मरण रहोस्, भण्डारीले विसं २०७१ कात्तिकमा नेपाली कांग्रेस निकट रहेका मानिसहरु भेला गरेर ‘वैदिक सनातन (हिन्दु) राष्ट्र स्थापना महाअभियान गठन’ गरेका थिए ।