‘बडा दसैं’, पूजन विधि र विश्वमा हिन्दु धर्मालम्बीहरुको जसंख्या  

  निनाम लोवात्ती
126 Shares

     

यही असोज १७ गतेदेखि विसं २०८१ मा पर्ने हिन्दु धर्मालम्बीहरुको महान चाड ‘बडा दसैं’ सुरु हुँदैछ, भयो । यो दिन सबै हिन्दु धर्मालम्बीहरुको घरघरमा जमरा राखेर बडादसैं सुरु भएको जनाउ वा भनौं संकेत दिईएको छ । त्यस्तै नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको हनुमानढोका दरबारस्थित दसैं घरमा पनि हिन्दु वैदिक विधिविधानसहित १७ गते बिहिबारका दिन घटस्थपना गरियो । अर्थात् सो दिन जमरा राखियो । त्यस्तै हरेक जनजनको घरमा पनि उत्तम साइतको ख्याल गरेर दसैंका लागि भनेर घरका छिडी वा भनौं हावा छिर्न सक्ने ठाउँमा वैदिक विधिविधानअनुसार आजा-पूजासहित जौ, गहुँ र मकै मिश्रित जमरा राखेका छन् । यसरी घटस्थापनाका दिन बिहानको शुभ साइतमा पूणर् कलशको जलले अभिषेक गरी राखिएको जमरा विजया दशमीका दिन आफूभन्दा ठूलाले सानालाई टीका लगाई दिएसँगै आर्शिर्वादका साथ जमरा लगाई दिने आम प्रचलन जस्तै रहेको छ, हिन्दु धर्मालम्बीहरुमा ।

हुनत पछिल्लो समयमा आएर दसैं कुनै धर्मालम्बीको एक शुद्ध चाडपर्वका रुपमा मात्रै स्थापित नभएर धार्मिक, आर्थिक एवम् राष्ट्रियताको प्रवद्र्धन गर्ने प्रमुख हतियारकै रुपमा स्थापित भई सकेको मान्न सकिन्छ । एक त यो चाडको अवसरमा राज्यले नै लामो समयसम्म राष्ट्रिय रुपमा विदा दिन्छ भने यही चाड (बडादसैं) को अवसरमा मात्रै अरबौं नगदको कारोबार हुने गरेको छ । जे होस्, यो छोटो लेखमा  विश्वभरि कति संख्यामा हिन्दु धर्मालम्बीहरु रहेका छन् ? सो सम्बन्धमा केही लेख्ने प्रयास गरिएको छ । साथै हिन्दु धर्मालम्बीहरुको जनसंख्याका विश्वका कुनकुन देशमा धेरै रहेका छन् ? भन्ने सम्बन्धमा पनि संख्यासहित छोटोमा जानकारी प्रस्तुत गर्ने जमर्को गरिएको छ । ‘गुगल सर्च’का अनुसार अहिले विश्वमा हिन्दु धर्म मान्नेहरुको जनसंख्या एक अर्ब दुई करोड रहेको देखिन्छ । यो संख्या भनेको विश्वको सम्पूणर् जनसंख्याको लगभग १५ प्रतिशत रहेको छ । तल हिन्दु जनसंख्याका आधारमा हेर्दा विश्वका प्रमुख १० देशका रुपमा रहेका देशहरुको सूची दिईएको छ ।

१, भारतः १,०९३,७८०,००० । सम्पूणर् जनसंख्याको ८० प्रतिशत । २, नेपालः २८,६००,००० । सम्पूणर् जनसंख्याको ८१ प््रथिशत । ३, बंगलादेशः १३,७९०,००० । ४, इन्डोनेसियाः ४,२१०,००० । ५, पाकिस्तानः ३,९९०,००० । ६, श्रीलंकाः ३,०९०,००० । ७, संयुक्त राज्य अमेरिका (युएसए)ः २,५१०,००० । ८, मलेसियाः १,९४,०००० । ९, संयुक्त अधिराज्य-बेलायत (युके)ः १,०३०,००० । १०, म्यानमार (बर्मा)ः ८९०,००० । स्रोतः गुगल, सन् २०२० सम्मको तथ्यांक ।

माथिका प्रमुख १० देशबाहेक श्रीलंका, मौरिसस (यो देशमा सम्पूणर् जनसंख्यामा ५२ प्रतिशत हिन्दुहरुको जनसंख्या रहेको छ ।), क्यानडा, अष्ट्रेलिया, दक्षिण अफ्रिका, सिंगापुर, फिजी, भुटान, माडागास्कार, गुयना, सेसेल्स, जिब्राल्टर, इरान, तुर्किएः-तुर्किए (टर्की), ग्वाटेमाला, सेनेगल, ओमान, साउदी अरब, मेक्सिको, रुस, अर्जेन्टिना, पेरु, कोलम्बिया, इटली, कंगो, चीन, जामिबया, केन्या लगायत देशहरुमा पनि हिन्दु धर्मालम्बीहरुको बसोवास रहेको छ ।

नेपालमा त अझ दसैं चाड हिन्दुहरुको मात्रै नभएर सबै नेपालीहरुको हो भन्नेहरु ब्रगेल्ती भेटिन्छन् । तर, दसैं, तिहार, राम नवमी, जनैपूणर्िमा, ऋषि पञ्चमी आदि हिन्दु धर्मसँग सम्बन्धित चाडबाडहरु कसरी सबै नेपालीहरुको हुन सक्छ ? किनभने नेपालमा हिन्दु धर्मालम्बी बाहेक किरात, क्रिश्चियन, मुस्लिम, बौद्घ, बहाई, जैन, शिख, प्राकृति (प्रक्रिति पूजक) र धर्म नै नमान्नेहरुको पनि बसोवास रहेको छ । जे होस्, कोही कोही त वास्तवमा दसैं हिन्दुहरुको चाड पनि होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ-तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख नै लेखेका थिए ।

जे भए तापनि नव रात्रको पहिलो दिन अर्थात् जुन दिन घटस्थपना सुरु गरिन्छ, सो दिन देवी शैलपुत्रीलाई पूजा गर्ने गरिन्छ भने नव रात्रको दोस्रो दिन देवी ब्रह्मचारिणीलाई पूजा गर्ने गरिन्छ । त्यस्तै नव रात्रको तेस्रो दिन देवी चन्द्र घण्टको पूजा गर्ने गरिन्छ । नव रात्रको चौथो दिन चाहिँ कुशमन्डु देवीको पूजा गरिन्छ भने नव रात्रको पाँचौ दिन पुजिने देवीको नाम हो स्कन्द माता । त्यस्तै गरेर नव रात्रको छैठौं दिनमा कात्यानी देवीलाई पूजा गर्ने गरिन्छ भने नव रात्रको सातौं दिन चाहिँ देवी काल रात्रीको पूजा गर्ने गरिन्छ । यी देवी चाहिँ अन्य देवीहरु हेरिकन बिल्कुलै फरक रहेकी छिन् । किनभने यी देवी अर्ध-नग्न (आधा नाङ्गो) रहेक िछिन् भने तीन आँखा रहेको (निधारको कालो टिको समेत) छ । उता नव रात्रको आठौं दिन चाहिँ महागौरी देवीलाई पुज्ने गरिन्छ । चार हात भएकी देवी महागौरीको दाहिनेतिरको एक हातमा त्रिशुल र देब्रेतिरको एक हातमा डमरु रहेको हुन्छ । यी देवी अभय र भद्र मुद्रामा बसेकी हुन्छिन् । नव रात्रको अन्तिम दिन चाहिँ ‘सिद्घि दातृ देवी’को पूजा गर्ने गरिन्छ । भनिन्छ कि, यी देवीलाई केवल मान्छेले मात्रै पूजा नगरेर ‘सूर गण, असुर गण, देव गण, यक्ष गण, गन्दर्भ गण र स्वयम् देवीहरुको गण’ले पनि पूजन गर्ने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार