नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो वार्षिक साधारण सभा सम्पन्न

युएई : नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुबईस्थित एभरेस्ट क्लब याक एण्ड यतिको हलमा अध्यक्ष बिक्रम पंधाक लिम्बूको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि मोक्तान, २०२३-२०२४ को आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुरेन तामाङ र सहकोषाध्यक्ष शभुमी लिम्बु यम्भामी, नेफिन युएईद्वारा सञ्चालित उद्धार तथा राहत कोषको आर्थिक विवरण संयोजक बबिता रास्कोटी मगरको अनुमतिमा  सहकोषाध्यक्ष भुमी लिम्बु यम्भामीले प्रस्तुत गरेका थिए भने, वर्षिक प्रतिवेदन र आगामी कार्ययोजना अध्यक्ष बिक्रम पंधाक लिम्बु मिसामले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औपचारिक सञ्चालन महासचिव डि.के. किरातीले गरेका थिए । अन्त्यमा सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको सञ्चालनमा जातिय संस्थाका कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

सहकोषाध्यक्ष भिमा लिम्बु यम्भामी र राहत कोष संयोजक बबिता रासकोटी मगरलाई कार्यसमितिबाट उत्कृष्ठ सदस्य घोषित गरी सम्मान गरिएको थियो ।

नेफिन युएईका संरक्षक सदस्य प्रमोद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेफिन युएईका संरक्षक, सल्लाहकार, आबद्ध जातिय संस्थाका अध्यक्ष, पूर्वपदाधिकारी, मिस्टर एण्ड मिस इन्डीजिनस २०२४ बिजेता, पत्रकार र कलाकारको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार