दोहा कतार : २० सेप्टेम्बर २०२४ मा सम्पन्न भएको कोशी प्रदेश समन्वय परिषद कतारको तेस्रो अधिवेसनले नँया कार्यसमिति बनाउन नसकेपछि अधिवेसन भएको ६ दिनपछि २६ सेप्टेम्बर २०२४ विहिबार राती निर्वाचन समितिले अवैधानिक तरिकाले जवरजस्ती कार्य समिति बनाएकोमा असन्तुष्ट तीन जिल्लाहरु ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, पाँचथर सेवा समाज कतार र ईलाम सेवा समाज कतारले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोशी प्रदेश समन्वय परिषद कतारमा नरहने निणर्य गरेको छ ।
अधिवेसनबाट विधान अनुमोदन नै नभई त्यही विधानको प्रयोग निर्वाचन समितिले गरेको र निर्वाचन समितिबाट केही सदस्य बाहिरीएपछि निर्वाचन समिति स्वयम् अल्पमतमा रहीसकेको उनीहरुको भनाई थियो । उमेदवारहरु विचमा सर्वसहमति हुन नसकेर प्रतिस्पर्धाद्धारा नै कार्यसमिति अध्यक्ष, उपाध्यक्षहरु निर्वाचित गर्नुपर्ने माहौल बनि सकेपछि पनि निर्वाचन समितिले सो नगरी एक उमेदवारलाई विजय घोषित गरेर जानु, निहीत अधिकारभन्दा बाहिर गएर विधानविपरित महिला उपाध्यक्ष पद समेत सिर्जना गर्नुजस्तो अवैधानिक कार्यको तीन जिल्ला संस्थाहरुले पुणर् असहमति जनाउदै कोशी प्रदेश समन्वय परिषदलाई बहिष्कार गर्ने निणर्य गर्नुपरेको तीन जिल्लाका अध्यक्षहरुको भनाई रहेको थियो ।
ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका प्रमुख सल्लाहकार दुर्गा प्याकुरेलले अध्यक्षको उमेदवारी दिएका थिए भने इलाम सेवा समाज कतारका अध्यक्ष खडक फागोले प्रथम उपाध्यक्ष र पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राईले उपाध्यक्षको उमेदवारी दिएकी थिइन् ।
उमेदवारहरु विचमा सहमति हुन नसकेर निर्वाचन मै जानुपर्ने भएपछि उमेदवारहरुले सोही प्रक्रियामै जान निर्वाचन समितिलाई अनुरोध गर्दै आएका भएपनि पर्दा पछाडीबाट राजनितिक चलखेल संगै निर्वाचन समितिले केही जिल्लाहरुलाई पाखा लगाउदै जवरजस्ती कार्यसमिति बनायो ।
तीन जिल्ला संस्थाहरु राजनितिक चलखेल र गतिविधीबाट टाडा रहेकोले यस्ता गतिविधीमा संलग्न नहुने भएकोले तीन जिल्लाले संयुुक्त प्रेस विज्ञप्ती जारी गर्दै कोशी प्रदेश समन्वय परिषद कतारलाई बहिष्कार गर्ने निणर्य गरेको सम्बन्धित जिल्लाका अध्यक्षहरुको भनाई थियो । तीन जिल्लाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्न अघि आआफनो जिल्लाबाट समेत प्रेस विज्ञप्ती जारी गरेका थिए ।
तीन जिल्ला ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका अध्यक्ष कुमार खडका, ईलाम सेवा समाज कतारका अध्यक्ष खडक फागो र पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राईद्धारा हस्ताक्षरित प्रेस विज्ञप्ती जस्ताको तस्तै हेर्नुहोस् :
“२० सेप्टेम्बर २०२४ का दिन भएको कोशी प्रदेश समन्वय परिषद कतारको अधिवेसनको बन्दसत्रले कार्य समिति निर्वाचित गर्न नसकेको सर्वविदितै छ । २६ सेप्टेम्बर २०२४ विहिबार बेलुकी पर्दापछाडी परिचालित यान्त्रिक निर्वाचन अल्पमतको समितिले, निर्वाचन समितिका केही सदस्यहरु निर्वाचन समितिबाट बाहिरीएपछि, सुनियोजित ढंगबाट केही जिल्लाहरु र उमेदवारहरुको असहमतिलाई वेवास्ता गरी, परिषद सदस्यहरुलाई मताधिकारबाट बन्चित गर्दैै, विधान विपरित महिला उपाध्यक्ष भन्ने पद आफै सृजना गरेर पद वितरण गर्दै, अवैधानिक प्रक्रियाबाट, राजनितिक तिगडमबाजी र चालबाजी गर्दै जवरजस्ती एकतर्फी ढंगले कार्यसमिति बनाएको छ ।
विविधतामा एकता भएको समाज र समुदायको थातथलो कोशी प्रदेशको सामुदायिक सौन्दर्यता र समाज संरचनाको समेत सम्मान नगरी, कोशी प्रदेश अन्तर्गतका जिल्लाहरुमाथि पक्षपात गरी काखा र पाखाको व्यवहार गर्दै जवरजस्तीे एकतर्फी ढंगले कार्यसमिति बनाएकोमा ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, ईलाम सेवा समाज कतार र पाँचथर सेवा समाज कतारको गम्भीर ध्यानाकर्षण भएको छ ।
विधी पद्धती र प्रक्रिया अनुसार अध्यक्ष, प्रथम उपाध्यक्ष, उपाध्यक्ष लगायत अन्य पदमा प्रत्यासी रहेका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा जान चाहेपनि निर्वाचन मार्फत प्रतिस्पर्धा गर्ने वातावरण नै नमिलाई पर्दापछाडीको निर्देशन र ईशाराबाट, परिषद सदस्यहरुको मताधिकारको हकलाई समेत कुण्ठित गरेर आफु अनुकुल एक उमेदवारलाई जवरजस्ती विजय घोषित गर्ने निर्वाचन अल्पमत समिति संयोजकको बदनियतपुणर् कदमको घोर भत्र्सना गर्दछौं ।
असहमत रहेका जिल्ला संस्थाहरुलाई समेटेर लैजान पहलकदमी गर्नको सटटा विधी विधान विपरित निर्वाचित गरिएको प्रक्रियालाई ठिक हो भन्दै उल्टै विज्ञप्ती निकालेर भ्रम सुजना गरिनुले उनीहरु एकलौटी ढंगबाट कोशी प्रदेश समन्वय परिषदलाई आफनो अनुकुल बनाउन चाहेको षडयन्त्र हो भन्ने स्पष्ट छ ।
कोशी प्रदेश समन्वय परिषद कतारलाई ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, ईलाम सेवा समाज कतार र पाँचथर सेवा समाज कतार आवश्यक नपर्ने जस्तो व्यवहार देखाउदै पर्दापछाडीबाट निर्देशन गर्ने, निजी स्वार्थमा लिप्त केही व्यक्ति, समुह र राजनितिक संगठनहरुको रवैया र निर्वाचन अल्पमत समितिको अवैधानिक, जवरजस्ती र बल मिच्याईपुर्वक गरिएको निर्वाचन प्रक्रियाको तीन जिल्ला संस्थाहरु ताप्लेजुङ, इलाम र पाँचथर घोर विरोध गर्दै हामी पुणर्रुपमा असहमत जाहेर गर्दछौं ।
एक विशुद्ध सामाजिक संस्था नभई राजनितिक संगठनहरुको चलखेल गर्ने अखडा र जिल्लाका संस्थाहरुभित्र समेत घुसेर गुटफुट ल्याउनको लागि मात्र यो कोशी प्रदेश समन्वय परिषद स्थापित भएको भन्ने कुरा यी सवै परिघटनाहरुले यथार्थ घामजस्तै छर्लङग पारेको छ । यस समन्वय परिषदबाट जिल्ला संस्थाहरुले कुनै किसिमको सामाजिक अपनत्व पाउन नसक्ने हाम्रो ठहर छ । अन्य जिल्लाहरुलाई कठपुतली बनाएर नचाएजस्तो ताप्लेजुङ, इलाम र पाँचथर कसैको ईशारामा कठपुतली नवन्ने प्रतिवद्दता जाहेर गर्दै ताप्लेजुङ पाथीभरा सेवा समाज कतार, ईलाम सेवा समाज कतार र पाँचथर सेवा समाज कतार कोशी प्रदेश समन्वय परिषदमा नरहने र समन्वय पनि नगर्ने घोषणा गर्दछौं साथै ताप्लेजुङ, इलाम र पाँचथर सेवा समाजहरुले सिफारिस गरेका सम्पुणर् परिषद सदस्यहरुलाई उनीहरुले बुझाएको परिषद सदस्य शुल्कसहित आजैका मितिदेखि परिषद सदस्यहरु फिर्ता गर्ने निणर्य गरेको जानकारी गर्र्दै यो प्रेस विज्ञप्ती जारी गरेका छौं ।
कोशी प्रदेश समन्वय परिषद कतार बाहेक, कतारमा रहेका स्थापित अन्य सामाजिक संघसस्थाहरुसंग सदाझैं संस्थागत समन्वय, सहकार्य, सौहार्दता एवं सामाजिक सहिष्णुता रही रहनेछ ।”