दोश्रो गोरख भेट्रान्स फुटबल ७ कात्तिकदेखि

  नयाँ बुलन्द
126 Shares

सुर्योदय (अन्तु) : दोस्रो संस्करणको गोरख भेट्रान्स कप फुटबल प्रतियोगिता कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुने भएको छ । गोरख टोल विकास संस्था सूर्योदय नगरपालिका–५ समालबुङको आयोजना र गोरख युनाइटेड क्लबको सहआयोजनामा प्रतियोगिता संचालन हुने भएको हो ।

भेट्रान्स खेलाडीहरुलाई फुटबल खेलमा आर्कषित गर्दै खेल पर्यटनको विकास गर्ने उद्देश्यले सामसुङ मेमोरियल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ भेट्रान्स फुटबल टिमको सहभागिता रहनेछ ।

प्रतियोगितामा गोरख भेट्रान्स सुर्योदय नगरपालिका ५, युएफसी भेट्रन्स, एम सि सि भेट्रान्स फिक्कल, फेमेगुरु भेट्रान्स इलाम, पूर्वेली भेट्रान्स बिर्तामोड, दमक लखनपुर भेट्रान, दमक, जि जे युनाइटेड भेट्रान्स दार्जिलिङ्ग, बरमिक नाम्पिङ्ग भेट्रान्स सिक्किम सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले नगद ७० हजार र उपविजेताले नगद ३५ हजारसहित ट्रफि  पाउनेछन् ।

फुटबलल प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन पर्यटकीय क्षेत्र अन्तुको भञ्ज्याङ्गमा गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै सूर्योदय नगर खेलकुद विकास समितिका सौरभ आचार्यले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । सम्मेलनमा नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले संचार क्षेत्रले निरन्तर सहकार्य गर्ने बताए । गोरख टोल विकास संस्थाका अध्यक्ष ललित तामाङको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

पहिलो संस्करणको प्रतियोगिता एमसीसी भेट्रान्सलाई हराउँदै घरेलु टिम गोरख भेट्रान्सले जितेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार