नाभाजोका स्लट घाटी

  विरही काइँला
329 Shares

 

अमेरिकाको नाभाजो राष्ट्र  १ जुन १८६८ को सन्धि अनुसार Navajo Indian Reservation बनिएको हो। नाभाजो राष्ट्रलाई नाभाजोल्याण्ड पनि भनिन्छ । अङ्ग्रेजीमा  यसक्षेत्रको आधिकारिक नाम नाभाजो इन्डियन रिजर्भेशन थियो, सन् १८६८ बोस्क रेडोन्डोन्डोको सन्धिको अनुच्छेद ११ मा उल्लेखित छ । १५ अप्रेल १९६९ मा जनजातिहरुले आफ्नो आधिकारिक नाम नाभाजो राष्ट्र -मा परिवर्तन गरेका छन ।

नाभाजो राष्ट्रले २७,४१३ वर्ग माइल भूमि ओगटेको छ । यो दस अमेरिकी साना राज्यहरू भन्दा ठूलो छ ।

नाभाजो राष्ट्र परिषद २४ जिल्ला प्रतिनिधिहरू वा काउन्टीहरू मिलेर बनेकोछ । परिषदलाई एरिजोना, न्युमेक्सिको र युटा राज्यहरूबाट चुनाव जितेका ११० नगरपालिका अध्यक्षहरूले प्रतिनिधित्व गर्दछन । विन्डो रकमा नाभाजो राष्ट्र परिषद, नाभाजो राष्ट्र सर्वोच्च अदालत, नाभाजो राष्ट्रका राष्ट्रपति र  उपराष्ट्रपतिको कार्यालय साथै अन्य नाभाजो सरकारी भवनहरू पनि छन् ।

अचम्मको स्लट घाटी

नाभाजोमा अचम्म लाग्दा प्रकृतिका रचनाहरू धेरै छन । त्यसमध्येका एन्टीलोप क्यान्यन पनि हो । जमिन फाटेको ठाउँमा लाखौं वर्षदेखि पानी र हावाको क्षरणबाट बनेको यो भव्य एन्टीलोप क्यान्यन नाभाजोको बलौटे ढुङ्गा एरिजोनाको ठीक बाहिर डेढ माइल सम्म स्लट कयान्यनहरुको रुपमा फैलिएका छन । एन्टीलोप क्यान्यन प्रणालीमा केही लामो,केही छोटो गरेर कम्तिमा १५ विभिन्न स्लटहरूमा निर्देशित भ्रमणहरुमा हेर्न सकिने सबैभन्दा लोकप्रिय माथिल्लो एन्टीलोप क्यान्यन र तल्लो एन्टीलोप क्यान्यन हुन । घाटीमा यी दुईवटा छुट्टा-छुट्टै दर्शनीय स्लट क्यान्यन माथिल्लो एन्टीलोप क्यान्यनलाई क्र्याक (The Crack) र तल्लो एन्टीलोप क्यान्यनलाई कर्कस्कू (The Corkscrew)- को रुपमा चिनिन्छ ।

पौराणिक कथा अनुसार कुनै समय मृगका बथानहरु घुम्ने यस क्षेत्रमा एउटी युवतीले भेडा चराउने क्रममा एन्टीलोप क्यान्यनलाई फेला पारेकी थिइन ।

सन् १९९७ मा एन्टीलोप क्यान्यन जनसाधारणका लागि पहिलो पटक खोलियो । त्यसपछि एन्टीलोप क्यान्यनमा मानिसहरु आउन थाले । तर नेशनल जियोग्राफिक पत्रिकाको आवरणमा घाटीको फोटो प्रकाशित भएपछि मात्र यसले प्रसिद्धता पायो । अहिले एन्टीलोप क्यान्यन उत्तरी एरिजोनाको सबैभन्दा लोकप्रिय आकर्षणहरू मध्येमा पर्दछ । जसले वर्षमा एक मिलियन भन्दा बढी पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ ।

एन्टीलोप क्यान्यनको भ्रमण वर्षभरिको भए तापनि फोटोग्राफरहरुको लागि मार्चदेखि सुरु गरेर  अक्टोबरको मध्याह्र सम्मको भ्रमणहरू फलदायक हुन्छ । त्यो बेला सूर्यको स्थितिले प्रकाश शाप्टहरू सिर्जना गर्दछ जुन घाटीको भुइँमा पुग्छ र क्यान्यनको भित्ताहरुमा गुलाबी, सुन्तला र सुनको ढाँचाहरू उज्यालो पारेको समय फोटोग्राफरहरुले सही शटहरू सेटअप गर्न र क्याप्चर गर्न सक्ने छन ।

एउटा रमाइलो तथ्य के छ भने सन् २०१४ मा फोटो ग्राफर पिटर लिकको एन्टीलोप क्यान्यनको कालो र सेतो फ्यानटम तस्बिर अहिले सम्म कै महङगो मूल्य ६.५ मिलियन डलरमा बिक्री भएको थियो ।

नाभाजो राष्ट्र भूमिमा अवस्थित एन्टीलोप क्यान्यन एरिजोनाको पूर्वमा छ । युटा राज्यको सीमाको केही दक्षिणमा पर्दछ । यसको निकटम अन्तर्राष्ट्रिय एयरपोर्ट एरिजोनाको फीनिक्सबाट २७५ माइल एन्टीलोप क्यान्यनमा आइपुग्न ड्राइभबाट लगभग साडे चार घण्टा समय लाग्छ । त्यहाँ पुगेका पर्यटकहरूको  सुरुदेखि अन्त्य सम्म एन्टीलोप क्यान्यन भ्रमणको लागि लगभग १ माइल हिड्न पर्छ । जता ततै बालुवा छ । हावा चल्ने दिनहरुमा धुलोले नाक,मुख र कानमा उड्न सक्छ,सुरक्षाको लागि यात्रीले टोपी वा रुमाल,कन्ट्याक्ट लेन्स लगाएकाले यसको सट्टा चस्मा लगाउनु पर्दछ । डिएसएलआर क्यामेरा छ भने यसलाई प्रयोग नगर्दा छोपेर राख्नु पर्ने र क्यान्यनभित्र लेन्सहरू परिवर्तन गर्नु हुँदैन ।

गर्मीको समयमा तापक्रम धेरै उच्च हुन सक्छ । त्यसैले प्रशस्त मात्रामा हाइड्रेसन लिनु बिर्सनु हुदैन ।

यस क्षेत्रमा सार्वजनिक यातायात भने सिमित छ । पर्यटकहरुले एयरपोर्टबाट आफ्नै कार वा किरायमा गाडी लिएर आउनु पर्दछ ।

माथिल्लो एन्टीलोप क्यान्यन

यो नाभाजोको भूमि एरिजोनामा अवस्थित साँघुरो स्लट घाटी  एन्टीलोप क्यान्यनले नाभाजो मानिसहरुका लागि गहिरो ऐतिहासिक र सांस्कृतिक महत्व राख्छ अनि जसको भूमिले घाटीलाई घेरेको छ । यो एक भव्य भूवैज्ञानिक संरचना मात्र होइन तर नाभाजो राष्ट्रको समय-सम्मानित परम्परा र आध्यात्मिक विश्वासहरुलाई मूर्तरुप दिने एक पवित्र स्थल पनि हो । क्यान्यनका चिल्ला र घुमाउरो सुन्तला जस्तो पर्खाल र प्रकाश किरण बीचको चमकले आगन्तुकहरूलाई आकर्शित गर्दछ र नै यो एक अविश्वसनीय लोकप्रिय पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । यो एक प्रकारले स्टोनहेंज जस्तै हो र यहाँ हलिउड फिल्महरूको सुटिङ भइ रहने स्थल पनि हो । यहाँ सुटिङ भएका सयौ फिल्महरू उत्कृष्ठ फिल्म मानिएका छन । यहाँको रंगिन चित्रहरू खुबै सुन्दर देखिन्छन र विश्वभरिका पत्र-पत्रिकाहरुमा प्रकाशित भएको पाइन्छ ।

यहाँ प्रत्येकदिन भ्रमण गर्ने व्यक्तिको संख्या बढेकोले कहिलेकाहिँ अरुसंग कुहिनो देखि कुहिनो ठोक्काएर यात्रा गर्नुपर्ने स्थिति बन्छ । यस्तो अवस्थामा पनि गाइडले सिँह,ईगल, द वेभ र लेडी इन द विन्ड नामले परिचित अदितीय चट्टानको संरचनाहरू हेर्न समय दिने गर्छन ।

यी घाटीका टुरहरू चाँडै बिक्रि हुने गर्दछ । बिहान ११ बजे र दिउँसो १ बजेको बीचमा प्रकाश किरण देख्न सकिने भएकाले मिड डे टुरहरू सबैभन्दा बढी लोकप्रिय रहेको छ । माथिल्लो घाटीका लागि पाँचवटा टुर कम्पनीहरू छन् भने तल्लो घाटीका दुईवटा टुर कम्पनीहरू छन । दुवै घाटीको टुरहरू बेगे परिवारले सञ्चालन गर्दछ ।

एन्टीलोप क्यानयनको कुनै पनि भाग भ्रमण गर्न मङ्गो छ । नाभाजो क्षेत्रको प्रवेश शुल्क ८ अमेरिकन डलर पर्छ ।  माथिल्लो घाटीको भ्रमणको लागि ५० देखि १०० अमेरिकन डलरको बीचमा खर्च हुन्छ । भ्रमण समयवाधि १- घण्टा ३० मिनेट लाग्न सक्छ । मूल प्रस्थान बिहान ७ बजीदेखि शुरू भएर ८ बजी ९.३० बजी ११.३०बजी १.३० बजी र ३.३० बजी सकिन्छ ।

माथिल्लो एन्टेलोप क्यान्यनको नाभाजो नाम त्से बिघानिलिनी हो,जसको अर्थ जहाँ पानी चट्टानहरुबाट बग्छ । यो अङ्ग्रेजी A अक्षर जसतो आकारको रुपमा रहेको माथिल्लो भाग लगभग ४,००० फिट उचाइका साँघुरो  छ भने तल्लो भाग चौडादार र फराकिलो छ । त्यसैले यसले कम कलस्ट्रोफोबिक महसुस गर्दछ र हिड्न सहज हुन्छ । यसको भित्ताहरूले सूर्यको किरणमा प्रकाश किरणहरू सिर्जना गर्न मद्त पुरयाउँ छ । यी अग्लो,साँगुरो भित्ताहरुले माथिल्लो क्यान्यन गाढा र शितल महसुस गर्दछ ।

तल्लो एन्टीलोप क्यान्यन

तल्लो एन्टेलोप क्यान्यनको भुइँ साँघुरो भएकोले अङ्ग्रेजी अक्षर V  आकारको जस्तो छ । क्यान्यनको नाभाजो नाम HASDEZ TWAZI हो । यो लगभग ६०० गज जमिनमुनि अव्थित छ । प्रारम्भमा पाँच वटा सिँढीहरुबाट पदयात्रा सुरु हुन्छ । सुरुदेखि अन्त्यसम्म सम्पूर्ण भ्रमणको लागि एक माइल हिड्नु पर्दछ । माथिल्लो घाटी भन्दा तल्लो घाटी उज्यालो र न्यानो छ । दुई वटा घाटीहरू मध्ये धेरै पर्यटकहरू यस कुरामा सहमत छन कि तल्लो क्यान्यन रमाइलो छ । साँघुरो बाटोहरुभित्र पस्नका लागि भरयाङ चढ्नु पर्दछ । तल साँघुरो भित्ताहरू घुमाएर क्यान्यनको माध्यमबाट आफ्नो बाटोहरू पछ्याउँदै हिढ्न रमाइलो हुन्छ । भ्रमण हरेक ३० मिनेटको फरकमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेको बीच चलिरह्न्छ । भ्रमण गराउने कम्पीहरुले प्रत्येक समुहमा १० देखि १५ जनाको साथ टुरहरु चलाउँछन । घाटीमा जान चाहने यात्राको लागि प्रति व्यक्तिले मोठ ४० देखि ८० सम्म अमेरिकन डलर बुजाउनु पर्छ । फोटोग्राफी केन्द्रित टुर अझ महङगो छ । फोटोग्राफी शुल्क बुजाइएमा फोटोहरू लिनका लागि उत्तम ठाउँहरूमा प्राथमिक्ता पाइन्छ । यात्राहरूका सबै कुरा एक टाइमरमा हुन्छ । कुनै अतिरिक्त समय प्राप्त हुँदैन । गाइडले जगह जगहमा रोकिएर ढुङ्गाको संरचनाहरू दर्साउन वा  फोटोहरू लिन मद्दत गर्दछ । माथिल्लो र तल्लो स्लट घाटी एकदिनमा यात्रा गर्न सकिन्छ । दुवै घाटीले धेरै फरक अनुभव प्रदान गर्दछ । दुवै घाटीहरू नावाजो भूमिमा स्थित छ । माथिल्लो मृगघाटीको अधिक लोकप्रिय छ । यसको प्रकाश बीम,बालुवाको झरणा र धेरै उच्च घाटीका भित्ताहरूसँग यो दुई घाटीको बढी Photogenic छ ।  फोटोग्राफी भ्रमण बुक नगरिएकाले अपर एन्टीलोप क्यान्यनमा एक ट्राइपड ल्याउन अनुमति हुदैन । प्रत्येक वर्ष अप्रिलदेखि  अक्टुबरसम्म घाटीको माथिल्लो भागमा प्रकाश किरणहरू चम्केको देख्न सकिन्छ । धमिलो हावामा चम्किलो रातो क्यान्यन पर्खाल र प्रकाशको किरण चमकको साथ एन्टीलोप क्यान्यन एक रोमाञ्चक गन्तव्य हो । दुई फरक स्लट घाटीले फरक फरक  अनुभवहरू प्रस्ताव गर्छन । दुवै स्टल घाटीहरू अधिक लोकप्रिय छन । यसको प्रकाश किरणहरू, झर्ने बालुवाहरू, र धेरै उच्च घाटीका पर्खालहरूसँग यी दुई घाटीहरूको अधिक फोटोजेनिक हो ।

दुवै घाटीहरू आश्चर्यजनक छन । एक साधारण यात्राको लागि माथिल्लो घाटीको तुलनामा तल्लो घाटीको यात्रा अलिक सस्तो छ । थोरै टुरहरू माथिल्लो एन्टीलोप घाटीका प्रस्ताव गरिन्छ, जसको अर्थ हो कि टुरहरू महिनौ अघि नै बेच्ने गरिन्छ । त्यसमा पनि १०.३० र १ बजेको बीचको माथिल्लो घाटीमा जानका लागि महिनौ अगाडि टिकट आरक्षण गर्नु पर्छ । दिउसो १ बजेपछि घाटी विस्तारै एकदम गाढा हुनेगर्छ ।

जमिन चिरा परेर बनिएको एन्टीलोप क्यान्यनमा पानी पर्यो भने समतलमा बग्ने पानीको भल पसेर बाढी नै आउने गर्छ । सन् १९९७ को १२ अगस्तमा तल्लो एन्टीलोपमा आएको बाढीमा परेर फ्रान्सका सात,बेलायतका एक,स्वीडेनका एक र संयुक्त अमेरिकाका दुई जना सहित  एघार जना पर्यटकहरुको मृत्यु भएको थियो । स्विफ्ट वाटर प्रशिक्षण पाएका टुर गाइड फ्रान्सिस्को “पचो” क्विन्टाना मात्र बाँचेका थिए । त्यसपछि तल्लो एन्टीलोप क्यान्यन ९ महिना बन्द गरिएको थियो ।

यसरी नै सन् २०१० को ३० जुलाईको दिन माथिल्लो एन्टीलोप क्यान्यनमा अचानक आएको दुईवटा फ्ल्याश बाढीमा धेरै पर्यटकहरु किनारमा फसेका थिए । तिनीहरू कतिजनाले बाढीको पानी कम हुनका लागि स्लट घाटीभित्र कुर्न परेको थियो । एउटी महिला र तिनका नौ वर्षका छोरालाई घाइते अवस्थामा उद्वार गरिएको थियो ।

तर पनि पर्यटकहरुको आगमनमा कमि आएको छैन। स्लट घाटीको आश्चर्यजनक दृश्यहरु  हेर्न पर्यटकहरुको भीँड दिनोदिन वृध्दि भइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार