इन्द्र बूबूः जो ‘बायोडाटामा होइन काममा विश्वास’ गर्नु हुन्थ्यो

  निनाम लोवात्ती
112 Shares

हो, हाम्रो देश नेपाल मात्रै विश्वको त्यस्तो देशमा पर्छ होला, जुन देशका मानिसहरु आफूले कथं कदाचित, केही गरी सिन्को भाँचिहाले छ भने पनि ‘मैले आकाश खसाएँ, पाताल भसाएँ ! भनी अहंमता प्रदर्शन गर्छन्, अहंकार देखाउँछन् । तैँले के गरेको छस् र ?’ भनी प्रश्न गर्छन । अनि कतिपय मानिसहरुले चाहिँ ‘म आमाको कोखमा मान्छे स्वरुप लिन थाल्दैखेरि सबै कुरो जानेर आएको छु !’ भन्नेसम्मको घमण्ड अथवा भनौं सर्वज्ञाता भएको स्वाङ पार्छन्, अभिनय गर्छन । त्यसै गरी कतिले चाहिँ कुनै संघ–संस्था वा संगठनमा रहर गरेर जाने, बस्ने सो क्रममा, काम गर्दै जाने क्रममा केही कमीकमजोरी भएमा, अपारदर्शी भई हालेमा (भई हालेमा भनेको छु है, यत्तिकै भरमा कसैले प्रमाणले !? नभन्नु होला किनभने, मैलै कुनै व्यक्ति विशेषलाई फलानो भनी नाम तोक्या छैन !?) त्यस्तो काम र अपारदर्शीता बारेमा कसैले औंल्याई दिएमा, कमीकमजोरी देखाई दिएमा त्यस्तो व्यक्तिलाई धन्यवाद दिनुको सट्टा, कुनै काम गर्ने क्रममा आफूले गरेको कमीकमजोरी स्वीकार गर्नुको सट्टा फलानोले गरिखान दिएन, फलानो गर्दा यो राजिनामापत्र लेख्न वाध्य भएँ !? भन्ने, राजिनामापत्रमा राजिनामाको व्यहोरा उल्लेख गरेमा पुग्नेमा आफ्नो बायोडाटा पेश गर्ने) जस्तै यो उमेरदेखि मैले यसो गरेँ, उसो गरेँ, यति वटा गीत लेखँे, यति वटा गीत गाएँ, यति वटा नाच प्रस्तुत गरेँ, यति वटा कार्यक्रममा भाषण गर्न गएँ, किताब लेखेँ, यति वटा पाठ्यक्रम लेखेँ, यति वटा…भनेर राजिनामापत्र भनिएको पत्रमा फेहरिस्त–सूची पेश गर्ने) गर्नेसम्मको हर्कतहरु पनि देखिन्छ । बुझिएअनुसार जो कसैले पनि राजिनामापत्र लेख्दा त्यसरी आफुले गरेको कामको (यो उमेरदेखि मैले यसो गरेँ, उसो गरेँ, यति वटा गीत लेखँे, यति वटा गीत गाएँ, यति वटा नाच प्रस्तुत गरेँ, यति वटा कार्यक्रममा भाषण गर्न गएँ, किताब यति वटा…भनेर राजिनामापत्रमा) सूची वा फेहरिस्त पेश गर्नु भनेको आफ्नो भँडास पोख्नु मात्रै रहेछ !?।…

हो, समाज हो, त्यसमा पनि हामी नेपालीहरु…के भन्नु र ? भनी साध्य छैन । तापनि कुलुङ जातिभित्र एक जना यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसलाई हामीले असमयमै गुमाउनु पर्यो । उहाँ हुनुहुन्थ्यो ‘–इन्द्र होनीत्ती कुलुङ (बूबू–दाजु) ।’ हामीले उहाँलाई गुमाएको यही गएको भदौ २४ गते दुई वर्ष पुरा भएर तीन वर्ष लागेको छ । उहाँ नेपाल किरात कुलुङ भाषा संकृति उत्थान संघ (किरात कूलू गूसखोम) का केन्द्रीय महासचिव हुनुहुन्थ्यो । माथि सुरुमै लेखिएझैँ उहाँले काम गर्ने क्रममा कहिल्यै त्यसरी मैले पाताल भसाएँ, आकाश खसाएँ ! भनी अहंमता प्रदर्शन गर्नु भएन । कसैलाई तैँले गरिस ? भनेर प्रश्न पनि गर्नु भएन, मैले थाहा पाएसम्म । बरु कसैले आप्mनो स्वार्थका लागि प्रयोग गर्दा पनि आफ्नो बिग्रँदो स्वास्थ्यलाई समेत ख्याल नगरी उहाँ खट्न तयार हुनु हुन्थ्यो । एवम् प्रकारले ‘म आमाको कोखमा मान्छे स्वरुप लिन थाल्दैखेरि नै सबै कुरो जानेर आएको मान्छे हँु !’ तैँले के जानेको छस् र ? भनेर कसैलाई प्रश्न पनि गर्नु भएन । !? मैले यसो गरेँ, उसो गरेँ भनेर आप्mनो बायोडाटा त उहाँलै झनै कहिल्यै पेश गर्नु भएन । हामी सबैलाई थाहा छ, उहाँ जहिल्यै पनि आप्mनो व्यक्तिगत खर्चमै कुुलुङ जातिहरुको बसोवास भएको जिल्लाजिल्ला, गाउँगाउँ, टोलटोलमा जानु हुन्थ्यो । स्थानीय कुलुङहरुलाई आप्mनो जातीय स्वपहिचान, जातीय चिनारी, पितापूर्खा, वंश, परम्परा, इतिहास, भाषा, वेषभुषा, रहनसहन, संस्कार, संस्कृति, हामी भन्ने भावना, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन आदिका विषयमा जानकारी गराउने, जनचेतना पैmलाउने काममा खटिरहनु हुन्थ्यो । अझ त्यो भन्दा पनि बढी त हाम्रै दाजुभाइ अर्थात् वंश भनिनेहरु तर हामीलाई सँधै दलनमलनमा पार्ने, कथित् राई जातिमै गाभिरहने, राईको भिड एवम् ठूलो संख्या देखाएर ‘तर मारिरहने तरमाराहरु’ भ्रम चिर्नका लागि सक्दो प्रयास गर्नु हुन्थ्यो । त्यसका लागि कथित् राई जातिको नाममा खुलेको एक संस्थाको कार्यक्रममा पनि थाहा पाएसम्म गएर, सुटुक्क छिरेर कुनामा बसेर ध्यान दिएर सुन्नु हुन्थ्यो । यस्तै एक सन्दर्भ ‘इन्द्र बूबूले सुनाउनु भएको थियो । उहाँले यो लेखका लेखकलाई ऊ वेलामा सुनाउनु भएअनुसार विसं २०६२÷०६३ को राजनैतिक परिवर्तपछिको जातिको संस्थाले राई जातिभित्र जनचेतना जगाउने भनी एक कार्यक्रम आयोजना गरेछ । सो कार्यक्रममा इन्द्र बूबू अरुभन्दा पहिल्यै गएर बस्नु भएछ । राई जातिको संस्थाको अध्यक्षले आप्mनो मन्तव्य राख्ने क्रममा कुलुङ जातिका केही अगुवाहरुको नामै लिएर कुलुङे यस्तो, कुलुङे उस्तो भनेर तथानाम गालीको वर्षा नै गर्नु भएछ । कार्यक्रम सकिएर जलपान (चिया नास्ता) को क्रम सुरु भयो । सो क्रममा इन्द्र बूबू आपैm त्यसरी कुलुङ जातिका केही अगुवाहरुको नामै लिएर कुलुङे यस्तो, कुलुङे उस्तो भनेर तथानाम गाली गर्ने… (नाम उल्लेख नगर्ने वाचा गरेको छु, मैलै) अगाडि गएर ल है हामी कुलुङेहरु त यस्तै…भन्दै नमस्कार गर्दै जानु भएछ । अघि भर्खरै कुलुङ जातिका केही अगुवाहरुको नामै लिएर कुलुङे यस्तो, कुलुङे उस्तो भनेर तथानाम गाली गर्ने ती विचरा…ले ए…इन्द्रजी, तपाईँ पनि आउनु भएको छ भन्दै रातोपिरो भएछिन्…। इन्द्र बूबू कुलुङ जातिभित्रका एक जना त्यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसलाई हामीले असमयमै गुमाउनु पर्यो ।

जे भए तापनि इन्द्र बूबूले चाँडै चोला फेर्नु भयो । उहाँले चोला फेरेको पनि थाहै नपाई दुई वर्ष बितेछ । वाध्ये कसम होला उहाँको भाइ (मंगल बूबू धनकुमार) ले अस्ति फेसबुकमा स्टाटस लेखेपछि, राखेपछि मात्रै मलाई पनि इन्द्र बूबूले चोला फेरेको दुई वर्ष भएछ भन्ने थाहा भयो । त्यसैले केही ढीला गरी नै किन नहोस्, मैले पनि उहाँलाई सम्झर यो लेख लेख्दैछु ।

हुनत प्रकृतिको शाश्वत नियमअनुसार हामीले एक न एक दिन चोला फेरेर जानै पर्छ । हो, प्रकृतिको यही नियमानुसार “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” का महासचिव इन्द्र होनीत्ती कुलुङ (बूबू–दाजु) ले पनि चाँडै चोला फेर्नु भयो । उहाँले यति चाँडै छाडेर जानु होला भन्ने हामी कसैलाई पनि लागेको थिएन, हामीले कहिल्यै त्यस्तो सोचेका पनि थिएनौं । तापनि उहाँले हामी सबैलाई सँधैका लागि छाडेर गएको, चोला फेरेको त शाश्वत सत्य नै हो । त्यसो भए तापनि हामीमध्ये धेरैलाई यो कुरो पत्याउन अभैm पनि (दुई वर्ष बितेर तीन वर्ष लाग्दा पनि) गाह्रो भई रहेको छ । हो, त्यस्तो केही महानुभाव ज्युहरु मध्येमा म पनि एक पर्छु । किनभने मलाई पनि कताकता लागी रहेको छ कि, इन्द्र बूबूले हामीलाई त्यसरी सँधैका लागि छाडेर जानु भएको होइन, छैन । उहाँ (इन्द्र बूबू) काम विशेषले गर्दा केही दिनका लागि अन्त कतै (काठमाण्डौ बाहिर !) जानु भएको हो । तर, फेरि पनि भित्रै मन नस्वीकारे पनि वास्तविकता त त्यस्तो होइन, उहाँले चोला फेरेर सँधैका लागि छाडेर जानु भएकै हो । साथै अब इन्द्र बूबू आप्mनो भौतिक शरीर लिएर हामीमाझ उहाँ (इन्द्र बूबू) कहिल्यै फर्केर आउन सक्नु हुन्न ।

हो, अनेक व्यक्तित्वका भनी इन्द्र होनीत्ती कुलुङको जन्म इलामको कन्याम–७, भाङटारमा विसं २०१५ पुस २९ गते भएको थियो । उहाँले मानव जीवन जति समयसम्म जिऊनू भयो, एक असल मानवको रुपमा जिऊने प्रयास गर्नु भयो । यो विशाल धरती माताको काखमा अहिलेसम्म मानवको चोला लिएर जेजति मानिसहरु जन्मे, हुर्के र चोला फेरे, ती मध्ये जोजति मानिसहरुले इमान जमानका साथ बाँचे, बाँच्ने प्रयास गरे, त्यस मध्येमा इन्द्र होनीत्ती कुलुङ पनि पर्नु हुन्छ । तर, दुःखको कुरो के भने उहाँले हामीलाई अलि चाँडै (विसं २०७९ भदौ २४ गतेका दिन) छाडेर जानु भयो, चोला फेरेर जानु भयो । हुनत उहाँले छाडेर गएको पनि के भन्नु र ? उहाँको नश्वर शरीरले विश्राम गरेको मात्रै न हो । त्यसैले मलाई कताकती लाग्छ, अभैm पनि उहाँको शान्त मन र निश्चल आत्माले यतै कतै विचरण गरी रहेको छ । उहाँले हामीलाई टाढैबाट हेरिरहनुु भएको छ । हामीलाई देखेर उहाँले आँखा चिमचिम गर्दै एक टकले हाँसी रहनु भएको छ । ए…निनामजी, कुलुङ जातिका लागि अभैm राम्रो गर्नुस् है, भन्नेहरुले त जे पनि भन्छन्, हामीले भन्नेहरुको मुख थुन्न सकिँदैन…!? भनी रहनु भएको छ । हामीले उहाँको आत्मालाई देख्न नसकेको मात्रै न हो ?! हुनत मैले यसो भनी रहँदा, यस्तो अनुभव गरेर लेखीँ रहँदा वास्तविकता चाहिँ के हो भने, विसं २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाण्डौ उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीको जंगलमा लगेर किराती कुलुङहरुको मूल्य–मान्यता र परम्पराअनुसार ‘सातीपूस’ (मृत्यु संस्कार गर्ने मानिस) लगाएर, विधि–विधान गरेर खाल्डो खनेर गाडी सकेका छौं, सदगद गरिसकेका छौं, यो नै शाश्वत सत्य हो ।

विक्रम संवत् २०१५ पुस २९ गतेका दिन मामा (आमा) पञ्चमाया बान्तावा (कुलुङ) र पापा (बुबा) डिल्लीमान होनीत्ती कुलुङको सुपुत्रका रुपमा जन्मनु भएका इन्द्र होनीत्ती कुलुङले ६४ वर्षको उमेरमा नै मानव रुपी चोलाबाट अर्को चोला फेर्नु भयो । उहाँले औसत नेपाली बाँच्ने आयु (६८–६९ वर्ष पुरुष र ७०–७१ वर्ष महिला पछिल्लो तयांकअनुसार पुरुष ६९,७० वर्ष र महिला ७२, ७३ वर्ष) भन्दा केही कम समय बाँच्नु भयो । हामीले जान्नैपर्ने र सत्य कुरो के हो भने ९९ दशमलव ९९ प्रतिशन्दा धेरै मानिसहरु जति धेरै समयसम्म बाँचे पनि केवल अनाजको किरो हुन र धरतीलाई बोझ हुनका लागि मात्रै बाँची रहेका छन् । इन्द्र होनीत्ती कुलुङको हकमा भने त्यो कुरो लागू भएन । किनभने उहाँ आपूmले मानव चोला नफेर्दा (केही दिनअघि) सम्म देश, आप्mनो समुदाय र घर–परिवारका लागि केही न केही गरिरहनु भयो । उहाँले केही न केही गर्ने क्रममा नै कुलुङ समुदायलाई तिर्नै नस्कने गरी ठूलो गुण लगाउनु भएको छ । खास गरी उहाँले कुलुङ समुदायका लागि कसैले गर्न नसकेको काम गर्नु भएको छ । कसै लगाउन नसकेको गुण लगाउनु भएको छ । कसैले दिन नसकेको योगदान दिनु भएको छ । यसो भन्दा अतिशय प्रशंशसा गरेको ठहर्ला !? त्यसैले इन्द्र बूबूका बारेमा मैले भन्नु, लेख्नु, बखान्नुभन्दा पनि कुलुङ समुदायको बसोवास रहेका हरेक क्षेत्रका जनता, कुलुङ समुदायका अगुवाहरुका साथै अन्य समुदायका अगुवाहरुसँग इन्द्र बूबूका बारेमा वास्तविकता के हो ? भनी जो कोहीले बुभ्mन र खोज अनुसन्धान गर्न सक्नु हुन्छ ।

हामीले आशा गरौं, कुलुङ समुदायको परम्पराअनुसार सबै विधि, विधानहरु गरेर उहाँको नश्वर शरीरलाई विदा दिएको हुनाले उहाँको आत्मा असाध्यै प्रशन्न भएको छ । उहाँले पोम्लालूङमा ज्यादै प्रशन्न ढंगले वास गरिरहनु भएको छ । इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म यात्रा गर्ने क्रममा ‘पोम्ला काउ’मा पानी पिउन पाउनु नै भयो होला । तिर्खा मेटिने गरी (जरुवा पानी) पानी अवश्य पनि पिउनु भयो होला । इन्द्र बूबूले इलामको कन्यामदेखि महाकुलुङ क्षेत्रको पोम्लालूङसम्म अन्तिम यात्रा गर्ने क्रममा भनेकै ठाउँमा आराम गर्न पाउनु भयो होला ।

कुलुङ समुदायको सघन वस्ती भएको गाउँमा पटकपटकको वसाई र भ्रमण गराईकै क्रममा कुलुङ पिता–पूर्खाहरुसँग पटकपटक गरेको–भएको बातचित, कुराकानी, सूचना संकलन, सिकाई, कुलुङ मातृभाषा, संस्कार, संस्कृति, वेषभुषा, जनचेतना, गरगहना, चाडपर्व, रीतिथिति, परम्परागत कानुन, चालचलन आदिको गहन अध्ययनपछि उहाँले ‘किराती कुलुङ’ नामक खँदिलो र गहकिलो किताब लेखेर जानु भएको छ । जुन किताब नाफाखोर र बजारिया हल्लाखल्ला बिनै पनि दुईदुई पटक प्रकाशित भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार