स्थानीय रोजगार र समृद्धिको आधार ‘ढाका’

  निनाम लोवात्ती
28 Shares

हो, पछिल्लो समय विश्भरि जलवायु परिवर्तनका कारण छिटोछिटो एवम् अस्वाभाविक रुपमा जलवायु परिवर्तन भई रहेको छ । जसका कारण गर्मी र तातापोना बढेर असमयमै पृथ्वीमा अनेकौं घटनाहरु घट्न थालेको छ । जस्तै असमयमा बाढी, पहिरो, हिम पहिरो, आगलागी, समुन्द्री आँधी, हावाहुरी, छिनछिनमै घाम लाग्ने, पानी पर्ने, अतिवृष्टि, चट्याङ् पर्ने आदिको सामना गर्नु परेको छ । त्यस्तै अति तातोपन र सहनै नसक्ने गरी बढिरहेको गर्मीका कारण धेरै मानिसले अकालमा मृत्युवरण गरिरहेका छन् । के भन्ने गरिन्छ भने, पृथ्वीको सबैभन्दा चिसो महादेश अन्टार्कटिका हो । त्यस्तै गरेर दोस्रो चिसो महादेशमा चाहिँ युरोप महादेश पर्छ । एक अध्ययनअनुसार युरोप महादेशमा पछिल्लो पटक अति तातोपना र गर्मी बढेको कारण धेरै मानिसहरुले आप्mनो अमूल्य जीवन गुमाउने क्रम बढेको छ । जलवायु परिवर्तन सम्बन्धी अध्ययनकर्ताहरुका अनुसार पृथ्वीमा सन् २०२३ मा अहिलेसम्मै सबैभन्दा धेरै गर्मी र तातोपना बढेको थियो, छ । स्मरण रहोस्, सो वर्ष (सन् २०२३ मा) अत्यधिक तातोपना र गर्मी बढेका कारण युरोप महादेशमा मात्रै लगभग ४७ हजार मानिसहरु मरेका थिए भन्ने एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन कुरो हामीलाई पत्याउन निक्कै गाह्रो नै हुन्छ । जबकि यो कुरो साँचो हो ।

अहिले विश्वभरि त्यसमा पनि खास गरिकन युरोपीय देशहरुमा ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’, इट फ्रेस’, ‘लिभ हेल्दी’ आदिको स्लोगन साथ काम भई रहेको छ । सो सन्दर्भमा छोटोमा चर्चा गरिने छ । अहिले त्यसरी विश्वभरि त्यसमा पनि खास गरिकन अधिकांस युरोपीय देशमा ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’, इट फ्रेस’, ‘लिभ हेल्दी’ भन्ने नारासहित जीव्न जिउने नयाँ नयाँ तरिका बारेमा अभियान सुरु भएको छ । यस कार्यमा चेतनाको स्तरमा पनि वृद्वि भएको र सो क्रम बढी रहेको भन्ने अध्ययनहरुले देखाएको छ, देखिन्छ । चाहे त्यो खाने कुरोमा नै किन नहोस्, वा पिउने कुरोमा नै किन नहोस् । त्यस्तै गरेर मानिसहरुले आप्mनो शरीर ढाक्नका लागि लगाउने कपडा अथवा भनौं उनीहरुले आपूmले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाहिर-फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (घर बुना) आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको देखिन्छ । त्यसैले भन्न सकिन्छ अब फेरि मानिसहरु आनुधिक जमानाको नाममा आपूm खुशी जताभावी गर्ने भन्दा पनि दिगो जीवनयापनका लागि पृथ्वीलाई पनि लामो समयसम्म बचाई राख्नका लागि अहिले आएर मानिसहरु फेरि पनि प्रकृति र प्रकृतिको नियमअनुसार चल्न थालेका छन् ।

फलतः हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरुले आपूmले लगाउने लत्ता-कपडा, जुत्ता-चप्पल, पैसो बोक्ने ब्याग, बाहिर-फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने प्रचलन सुरु भएको छ । यो क्रम बढ्दै गएको छ भनी माथि नै उल्लेख भएको छ ।

त्यसैले यो लेखमा अरु कुरो (अल्लो/सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि) लाई छाडेर ‘तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभा लगायत लिम्बुवान क्षेत्रमा ढाका’ भनेर चिनिने हातले बुनिने कपडा अर्थात् हाते तानबारे केही लेख्ने जमर्को गरिएको छ । हुन त परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर ढाकालाई चिनिन्छ । लिम्बु भाषामा ‘थाक थाक्मा’ तान बुन्नु/तान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको भए तापनि लिम्बु, कुलुङ लगायत प्रायः सबै किरातीहरुमा प्रचलनमा रहेको ढाका कपडा अलि अघिसम्म ‘पाल्पाली’ र ‘तेह्रथुमे’ ढाकालाई व्यवसायीक रुपमा चिनिने गरिन्थ्यो । संभवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङफेले तेह्रथुममा ढाकालाई व्यवसायीक रुपमा सुरु गरिन् भन्न सकिन्छ । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झण्डै ३५/३६ वर्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर/खोलेर ढाका उद्योग सुरु गरेकी थिइन् । हुन पनि केही वर्ष अघिसम्मको तथ्यांक हेर्दा तेह्रथुम जिल्लाबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ता-कपडा २ करोड रुपैँयाभन्दा बढीको बिक्री हुने गरेको थियो अहिले त ३ करोडदेखि ३ करोड ५० लाखसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट मात्रै बाहिर जाने अनुमान गर्न सकिन्छ ।

त्यसो त पाँचथर जिल्लाको थर्पु गाउँकी कल्पना योङहाङ पनि विसं २०६२/०६३ देखि ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागी परेकी छिन । कल्पनालगायत नेपालका ढाका कपडा उद्योगी-व्यवसायीहरुले नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागी परेकी छिन् । यसका लागि कल्पनाले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत खोलेकी छिन् । उनका अनुसार सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन । स्मरणीय के छ भने, यसरी नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन, बजार प्रवद्र्धन र बिक्री गर्नका लागि उनले कुनै शो रुम, अफिस वा कार्यलय खोलेकी छैनन्, उनी यी सबै काम सामाजिक सञ्जाल फेसबुकबाटै गर्छिन । नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनहरुमा केके उत्पादन भई रहेका छन् त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेख्ली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमानहरु तयार हुन्छ । त्यसो त हाल अधिकांश नेपाली क्रेताहरु प्नि विदेशमा रहेका आफन्तहरुलाई कोशेली पठाउन र, आफै पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रमहरुमा लगाउनका लागि ढाका कपडा र ढाकाजन्य उत्पादनहरु किन्ने गरेका छन् ।

त्यस्तै लिम्बु लगायत आदिवासी जनजातिहरुले गीत-संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्नका लागि कलाकारहरुले लगाउने डे्र्रस-अपका लागि चाहिने कपडा किन्न वा भाडामा लिने क्रेज पनि अहिले बढ्दो क्रममा रहेको एक ढाका व्यापारीको भनाइ छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरी लगायत जिल्लाजिल्लामा घुमघाममा जाने/आउने आन्तरिक पर्यटकहरुले पनि कोशेलीको रुपमा टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् । त्यसो त, हाल जुनजुन देशमा लिम्बु समुदाय र समग्र नेपालीहरु पुगेका छन्, ती देशहरुमा पनि ढाका कपडा लगायत ढाकाजन्य उत्पादनहरु पुग्न थालेको छ । यसरी हेर्दा तेह्रथुम, पाँचथर, धनकुटा लगायत पूर्वी क्षेत्र र काठमाण्डौ, ललतिपुर, भक्तपुर लगायत जिल्लामा पनि नजानिँदो किसिमले थुप्रै ढाका उद्योगहरु खुलेर सञ्चालनमा आएको देखिन्छ भने कतिपय व्यक्तिगतहरुले पनि व्यक्तिगत रुपमा आ-आप्mनो घरमा तान लगाएर पनि ढाका बुन्ने क्रम बढ्दै गएको देखिन्छ । निश्चय नै यस्तो कार्यले व्यक्तिगत आय-आर्जन, आत्मनिर्भरता बढाएको छ भने, देशलाई पनि केही हदसम्म आय स्रोतको माध्य बढेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार