कुनै पनि आदिवासी (जाति) को उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यस्तै ‘कुलुङ’ जातिको पनि उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’ रहेको छ । हालको प्रशासनिक विभाजनअनुसार ‘महाकुलुङ’ भूमि कोसी प्रदेशको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँ पालिका र सोताङ गाउँ पालिका (दूधकोसी पारि) पर्छ । विश्वका प्राचीन महाजातिभित्रपर्ने किरात-किराती महाजातिभित्रका एक जाति कुलुङ जातिको जनसंख्या नेपालका प्राचीन जातिमध्ये किरात महाजाति भित्रका एक जाति (समुदाय) कुलुङ जातिका बारेमा छोटो चर्चा गरिएको छ । कुलुङ जातिको ऐतिहासिक भूमि ‘महाकुलुङ’ हो भने हालको भगौलिक विभाजनअनुसार ‘महाकुलुङ’ भन्नाले कोसी प्रदेशको सगरमाथा अञ्चलको सोलखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्रको महाकुलुङ गाउँ पालिका र सोताङ गाउँ पालिका (पूर्व छेस्खाम, बुङ, गुदेल, (कुलुङ भाषामा गूङदेल), सत्तो, पावै गाविस पर्छ । स्मरणीय के छ भने, हिन्दु धर्म-दर्शन मिथकअनुसार किरातीहरुको इतिहास देउताको पालाभन्दा अघिदेखि रहेको छ । हिन्दु धर्म ग्रन्थ महाभारतमा समेत किरातीहरुका बारेमा उल्लेख हुनुलाई लिन सकिन्छ । त्यस्तै अहिले किरात संवत् (कुलुङ भाषामा यले दोङ-५०८४ चलिरहेको छ । कुलुङ जातिको मान्यता र जीवनचक्रअनुसार गएको पुस १५ गतेदेखि यले दोङ-५०८४ सुरु भएको हो । विक्रम संवत्को पहिलो महिनाको नाम वैसाख राखिए जस्तै ‘चाक्चाकूर’ भनेको कुलुङ जातिको जीवन-चक्रअनुसार पहिलो महिनाको नाम हो । त्यसो त स्वदेशी एवम् विदेशी लेखक र विद्धानहरुले लेखेको किताबमा सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्ष्ोत्रमा अवस्थित छेस्खाम, बुङ, गुदेल (कुलुङ भाषामा गूङदेल), (सत्तो) सोताङ र पावै गरी तत्कालीन पाँच गाविसलाई ‘महाकुलुङ’ भनेर लेखेका छन् । यसरी हेर्दा जातीय स्वपहिचान, मातृभाषा, भेषभुषा, परम्परागत कानुुन, संस्कार, संस्कृति, रीतिरिवाज, रहनसहन, चाडपर्व, चालचलन आदिमा सचेत नेपालका केही जातिहरुमा कुलुङ जाति पनि पर्छ भन्दा अतिशयः नहोला । तथापि नढाँटी भन्नु पर्दा, ‘महाकुलुङ’का यी कुलुङ’हरुको सुःखदभन्दा पनि दुःखद कथा-व्यथाहरु नै धेरै रहेका छन् । आधुनिकतासँगै पछिल्लो पटक आएको भौतिक सुखशयल र निर्माणका वस्तुहरुलाई तिलाञ्जलि दिने हो भने चाहिँ महाकुलुङ क्षेत्रका कुलुङहरु जे कुरोमा रमेका छन्, त्यसैलाई सुखद अवस्था मान्दा फरक पर्देन ।
त्यसो त ‘महाकुलुङ’को गुदेल (कुलुङ भाषामा गूङदेल) मा आन्तरिक विमानस्थल बनाउ गृहकार्य स्वरुप सर्भे भैसकेर वातावरणीय प्रभाव मूल्यांकनका लागि सूचनासमेत जारी भई सकेको अवस्था हो । तापनि हालसम्म गुदेलमा आन्तरिक विमानस्थल बन्ने वा नबने टुंगो भएको छैन । यसरी हेर्दा गुदेल सोलुखुम्बु जिल्ला निकट भविश्यमै पाँचवटा विमानस्थल भएको जिल्ला हुनेवाला छ । खास गरी कुलुङ जातिका सम्बन्धमा प्रस्टसँग भन्नु पर्दा कुलुङ जातिलाई हालसम्म कथित् ‘राई’ जातिमा जबरजस्ती गाभिएको अववस्था छ । त्यसैले त अहिलेसम्म पनि ‘कुन जाति/थर हो ?’ भनेर सोध्नेहरुलाई कुलुङ जाति हो भन्यो भने उनीहरु ‘कुलुङ त राई होइन र ?’ भनी प्रश्न गर्ने गर्छन् । वास्तवमा ‘राई’ शब्दले नेपालका कुनै ‘जात’ वा ‘जाति’ वा ‘समुदाय’लाई नजनाएर ‘पद-पदवी-पगरी’ मात्रै जनाउँछ/जनाउँथ्यो । ‘राई’ शब्दको व्युत्पत्ति ‘राया-राय-राइ’ हो । ‘राया-राय-राइ’ भन्नाले कणर्ालीतिर ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । तर, नेपालको भगौलिक एकीकरणपछि राणा शासकहरुले पूर्वका किरातीहरु,े असलीयतमा भन्नु पर्दाखेरि स्थानीयस्तरका शोषक र सामन्तहरु जे खम्बुका सन्तानहरु थिए, लाई ‘राया-राय-राइ-राई’ ‘पद-पदवी-पगरी’ दिएर छोटे राजासरह मान्ने प्रचलन सुरु भयो । त्यसैले कुलुङ जातिले आफ्नो समुदाय कथित् ‘राई’ जाति नभएर अलग्गै जाति हो, त्यसैले गर्दा कुलुङ जातिलाई अलग्गै कुलुङ जाति भनेर ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८’ को दफा दुई (क) मा तोकिए, व्यवस्था गरिएअनुसारको आधारहरु भएको हुनाले छुट्टै जातिका रुपमा सूचीमा सूचीकृत गरियोस् भनी आन्दोलन गरेको पनि लगभग २३ वर्ष भई सकेको छ ।
हुन पनि डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको ‘जाति हुने पहिलो आधार भनेको सम्बन्धित जातिको मातृभाषा हो ।’ यस हिसावले हेर्दा कुलुङ जातिको पनि नेपालका अन्य जातिजातिहरुको जस्तै अलग्गै मातृभाषा छ । त्यस्तै कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरु पनि रहेको छ । अझ कुलुङ जातिको त ऐतिहासिक भूमि ‘महाकुलुङ’ भूमि पनि छ भनी माथि नै वणर्न गरिएको छ । त्यस्तै नेपालका अन्य जातजातिमा आफ्नै जातिभित्र विवाहवारी गर्ने प्रचलन छ, त्यसै गरिकन कुलुङ जातिभित्रै आपस्तमा (कुलुङ-कुलुङबिचमै) विवाहवारी गर्ने प्रचलन छ । किनभने, कुलुङ जातिभित्रै ३ सय ८० भन्दा बढी थर र उपथरहरु रहेको छ । तापनि दुःखका साथ भन्नु पर्दाखेरि हालसम्म पनि कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति हुन नसकेको अवस्था विद्यमान रहेको छ । यसरी हेर्दा महाकुलुङ क्षेत्रमा भाषा, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा, रहनसहन, गरगहना, कला, संस्कृति आदि जीवित रहे तापनि आधुनिक विकासले भने गति लिन सकेको छैन । विकासले गति नसक्नुमा भगौलिक रुपमा महाकुलुङ क्षेत्र एकदमै विकट र कुनामा रहेको छ । त्यही भएर पनि होला, विभिन्न कालमा (नेपालको भगौलिक एकीकरणकाल, राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र गणतन्त्र भनिएको अहिले काल हालसम्म) पनि यहाँका कुलुङहरु अन्य जातजाति र विभिन्न राजनैतिक दलको भोट बैंक मात्र बनेको अवस्था छ । मानिसहरुले सुन्दा र पढ्दा नमीठो लागे तापनि, कताकती यस्तो कुरो त नलेखेको भए पनि हुन्थ्यो नि ? !… भन्ने लागे तापनि शिक्षा र चेतनाको स्तरमा पनि अन्यत्रका कुलुङहरुभन्दा महाकुलुङका कुलुङहरु धेरै पछाडि नै रहेको अवस्था छ ।
तथापि पनि अँध्यारोमा नै उज्यालोको संकेत भेट्न सकिन्छ भनेझैं महाकुलुङका युवापुस्ता भने आफ्नो गाउँठाउँको विकासका लागि लागी जाँगर चलेको छ । त्यसैले उनीहरु विभिन्न राजनैकि दलमा संगठित भएका छन् । सामाजिक संघ-संथामा आवद्ध भएका छन् । त्यस्तै गरी निजामती कर्मचारी, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी,शिक्षक, संस्थान, निगम आदिमा जागिर खान, भर्ती हुनका लागि पनि धेरै भन्दा धेरै कुलुङ जातिका युवा पुस्ताका मानिसहरु प्रयासरत रहेका छन् ।
विगतको अनुभव सुनाउँदै तत्कालीन छेस्खाम गाविस वडा नम्बर-१ का गाउँस्तरका कुलुङ समुदायका नेता, समाजसेवी तथा स्थानीयस्तरको शासक ‘राई !’ पद-पदवी-पगरी पाएका नरमान ङोपोचो कुलुङ पञ्चायतकालमा हुने विभिन्न चुनावहरुमा भोट माग्न आउने (जो तल्लो भेगका अन्य जात वा जातिका मानिसहरु) हुन्थे नेता तथा कार्यकर्ताहरुले कुलुङ जातिलाई हेपेर ‘आयो है कुलुङे भाङ्ग्रेहरुको गाउँ !’ भनेको अझै पनि झल्झली सम्झन्छन् । त्यो वेला तल्लो भेगका मान्छेहरुले त्यसरी ‘कुलुङे भाङ्ग्रेहरु !’ भन्दा कुलुङहरु हाल कथित् ‘दलित’ भनिने जात समूहका मान्छेभन्दा पनि सानो र तल्लो जात पो हो कि ? भनी आत्मग्लानी भएको सम्झन्छन्, नरमान ङोपोचो कुलुङ । तर, पनि भोट चाहिँ त्यसरी कुलुङ जातिलाई हेपेर वा होच्याएर ‘आयो है, कुलुङे भाङ्ग्रेहरुको गाउँ !’ भन्नेहरुलाई नै दिएर जिताएको पनि अचम्म मान्दै विगत सम्झन्छन्, नरमान ङोपोचो । जे भए तापनि महाकुलुङ क्षेत्रका नयाँ पुस्तामा भने धेरै नै चेतना र जागरण आई सकेकोमा नरमान गर्व नै गर्छन् । उनी थप भन्छन्, ‘अबका युवा पुस्ताले महाकुलुङलाई जिल्लास्तरमा मात्रै नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने र विकास निर्माणको पथमा डोर्याउने छन् भन्ने आशा लिएको छु ।’
तर, यसका लागि ‘महाकुलुङका कुलुङ अगुवाहरुका साथसाथै युवा पुस्ता, राजनीतिज्ञहरु र, राजनीतिक दलमा लागेका स्थानीयस्तरका नेता तथा कार्यकर्ताहरुले विकास कसको दलले र कसले ल्याएको हो ? भन्ने निहुँ एवम् कसले कसलाई र किन सम्मान गर्ने/नगर्ने ? भन्ने सामान्यभन्दा पनि सामान्य विषय र निहुँमा एकआपस्तमा भैmझगडा गरिन्नु हुन्न, मारपिटमा उत्रनु हुन्न हे ! किनभने, पहिलो कुरो चाहिँ आप्mनो जाति हो । अनि मात्रै राजनीति, राजनीतिक दलहरु, विकास कसको दलले ल्याएको भन्ने कुरो आउँछ । त्यसैले विकास कसले ल्याएको भन्ने निहुँ र कसले कसलाई र, किन सम्मान गर्ने वा नगर्ने ? भन्ने विषय एवम् अन्य सामान्य निहुँमा एकआपस्तमा भैmझगडा नगरौं । त्यसो गर्दा वा त्यसरी झगडा गर्दाखेरि जजसले जजसलाई कुटे पनि जजसले कुटाई खाए तापनि अथवा झगडाका क्रममा जो कोही घाइते भए तापनि कथंकदाचित भवितव्यले मरि नै हालेछ भने पनि मर्ने त महाकुलुङ क्षेत्रका कुलुङ नै हो । त्यसैले गर्दा अभैm पनि यस्तो कुरोहरु हाम्रो मान्छे (महाकुलुङ क्षेत्रका स्थानीय कुलुङहरुले) एक दमै ठण्डा दिमागले सोच्नुपर्ने बेला छँदै सबैले गम्भीर भएर बुभ्mनुपर्ने, मनन गर्नुपर्ने देखिन्छ ।
त्यसो त अभैm पनि महाकुलुङ क्षेत्र किन र कसरी एकल जातीय वस्ती वा समाजशास्त्रीय भाषामा भन्नु पर्दा “इन्डोग्यामस” भयो ? निश्चय नै यो विषय जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री लगायत अन्य खोज अनुसन्धानकर्ताहरुका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै शिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युगभन्दा पनि पर ‘सुपर सोनिक’ र ‘हाईपर सोनिक’ मा पुगेको मानिन्छ । हुन त केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरु आफैले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरु बनाउने गर्थे । लत्ताकपडाहरु प्नि आपैm बुन्थे । जस्तै शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषि कर्मका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरु पनि कुलुङ जातिभित्रकै मोरोखु, वारोखु, गोक्तुलु लगायत विभिन्न थरका कुलुङहरुले नै बनाउँथे तर, कुलुङ जातिमा काम गरेकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन ।