यो लेखको शीर्षक नेपालका सबै प्राध्यापक, डाक्टर, प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिका लागि लक्षित गरेर राखिएको होइन । साथै के कुरो सत्य हो भने, विश्वका जुनसुकै घटनाहरु वा चिजबिचमा त्यसरी निरपेक्ष ढंगले केही कुरो पनि लागू हँुदैन । त्यसैले यो लेख नेपालका सबै प्राडा प्रा., डा., प्राज्ञ, विद, विज्ञ, कार आदिप्रति लक्षित छैन, होइन । के भनिन्छ भने, कुनै पनि कुरो वा भनौं चिजबिचहरुमा १०० मा २, ३ प्रतिशत नराम्रो हुने बित्तिकै, नराम्रो परिणाम आउने बित्तिकै त्यसमा बाँकी रहेको ९७-९८ प्रतिशत नराम्रो देखिने, देखाउने हो । संभवतः नेपालका प्राध्यापक, डाक्टर, प्राडा, प्राज्ञ, विद, विज्ञ, कार भनिने, भनाइनेहरुका लागि पनि यही कुरो लागू भएको छ, हो ।
त्यसैले गर्दाखेरि यो लेख नेपालका सबै प्राध्यापक, डाक्टर, प्राडा, प्राज्ञ, विद, विज्ञ, कारलाई घोचपेच गरेको, व्यंग्य गरेको नभएर त्यस्ता केही ल्वाँठहरु जसले आप्mनो व्यक्तिगत स्वार्थ हेरेर ‘सेतोेलाई कालो भन्छ, कालोलाई सेतो भन्छ’ अनि जानीबुझिकन उल्टा-पाल्टा बोल्ने गर्छ, उनीहरुका लागि मात्रै बिम्वात्मक ढंगले प्रयोग गरिएको, व्यक्त गरिए र यो लेख परेका त्यस्ता गाली जस्ता लाग्ने शब्दहरु । एवम् रीतले यो लेखको शीर्षक पनि नेपालका सबै प्रा., डा., वा प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदि भनिनेहरुका लागि लक्षित नभएर केही त्यस्ता ल्वाँठ प्रा., डा., भनिनेहरु वा प्राडा भनिनेहरु एवम् प्राज्ञ, विद, विज्ञ, कारहरुका लागि मात्रै बिम्वात्मक ढंगले प्रयोग गरिएको, व्यक्त गरिएको हो है !क त्यसैले गर्दा यो लेख व्यक्तिगत रुपमा ‘कसैसंँग अनुराग र द्धैष’ राखेर लेखिएको होइन ।
हो, नेपालका प्रा., डा., वा प्राडा भनिनेहरु एवम् प्राज्ञ, विद, विज्ञ, कार, भनिनेहरुलाई किन यसरी बिम्वात्मक ढंगले ‘मान्छेको गोबर !’ र ‘भैंसी-राँगो अनि गाई-गोरुको गोबर !’ को फरक छुट्याउन नसक्ने ?! भनी व्यंंग्यात्मक, बिम्वात्मक ढंगले लेख्नु पर्या हो त ? के उनीहरुले साँच्चै नपढीकनै र केही काम नै नगरी आप्mनो नामको अगाडि प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिको फुर्को झुन्ड्याएका हुन् त ? पक्कै त्यस्तो त होइन । निश्चय नै नेपालका प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिमा विज्ञता छ । ज्ञान पनि छ नै । विवेक त झन नहुने कुरै भएन । अनि चेतना र चैतन्य पनि प्रशस्तै रहेको छ ?! यसरी विज्ञता, ज्ञान, विवेक, चेतना र चैतन्य हुँदाहुँदै पनि नेपालका धेरै जसो प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कारहरु आपूmमा रहेको ज्ञान, विवेक, चेतना र चैतन्य लाई सही ढंगले प्रयोग गरेर ‘मान्छेको गोबर !’ र ‘भैंसी-राँगो अनि गाई-गोरुको गोबर !’ को फरक छुट्याउँदैनन् ? यो विषयमा चाहिँ हामी सबैले जति सक्दो चाँडो भुईँ तहसम्मै गम्भीर भएर विचार-विमर्श गर्नुपर्ने, छलफल र बहस चलाउनुपर्ने देखिन्छ ।
मेरो विचारमा चाहिँ यसरी विज्ञता, ज्ञान, विवेक, चेतना र चैतन्य हुँदाहुँदै पनि नेपालका धेरै जसो प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कारहरु ‘मान्छेको गोबर !’ र ‘भैंसी-राँगो अनि गाई-गोरुको गोबर !’को फरक नछुट्याएर…हुनुमा अनि उनीहरुले ‘दूधलाई दूध नभन्नु, पानीलाई पानी नभन्नुमा व्यक्तिगत स्वार्थ गाँसिएको देखिन्छ । ?! कतिपय त आप्mनै जाति, समुदाय र नातागोता अनि साथीभाइ पनि पर्ने हुनाले अथवा आपूmले जे देखेको त्यो बारेमा वास्तविक रुपमा सत्य र साँचो बोल्दा, लेख्दा, भन्दा अथवा ‘दूधलाई दूध हो भन्दा अनि पानीलाई पानी हो भनी प्mयाट्ट भनीदिँदा भोलिका दिनमा आप्mनो दानापानी जोहो गर्ने बाटो नै रोकिने हो कि, आप्mनो खाईजीवी चलाउने आधार नरहने हो कि ? भन्ने व्यक्तिगत स्वार्थ गाँसिएको छ । स्मरणीय के छ भने, नेपालका धेरै जसो प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार भनिनेहरुले विभिन्न विषयमा कार्यक्रम गर्न भनी प्रोजेक्ट हात पार्ने, लेक्चर दिन जाँदा खाम प्राप्त हुने, तालिम-गोष्ठी चलाउँदा तलब-भत्ता र अन्य सेवा सुविधाहरु पाउने लगायत आयस्रोतका अन्य बाटाहरु बन्द होला कि ? भन्ने त्रासका कारण पनि ‘मान्छेको गोबर !’ र ‘भैंसी-राँगो अनि गाई-गोरुको गोबर !’को गोबरमा फरक देख्ने कष्ट गर्दैनन् । मेरो भनाइको मतलब के हो भने, त्यसरी आप्mनो जीविका चलाउने बाटाच नै बन्द हुने काममा उनीहरु जानाजान नै चुप रहन चाहन्छन् । हो, त्यसै कारणले गर्दा उनीहरु ‘मान्छेको गोबर !’ र ‘भैंसी-राँगो अनि गाई-गोरुको गोबर !’मा फरक देख्न छाड्छन् ?!…
हुन पनि अहिले त हाम्रो देश नेपालमा डाक्टर (पिएचडी गरेको), प्राध्यापक प्राडा, प्राज्ञ, विद, विज्ञ, कारहरु ब्रगेल्ती भेटिन्छन् । यसरी हाम्रो देश नेपालमा आप्mनो नामको अगाडि डाक्टर, प्राध्यापक प्राडा,प्राज्ञ, विद, विज्ञ, कार आदिको फुर्को झुन्ड्याउनेहरुको लर्को थामी नसक्नु छ । यस्तो फुर्को (आप्mनो नामको अगाडि) डाक्टर, प्राध्यापक प्राडा, प्राज्ञ, विद, विज्ञ, कार, आदिको फुर्को जसले पायो त्यसले झुन्ड्याउन थालेपछि वास्तविक रुपमा मिहिनेत गरेका अनुभवी डाक्टर, प्राध्यापक प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदि भन्न मिल्ने र साँचो अर्थका विद्धानहरुले आप्mनो नामको अगाडि डाक्टर, प्राध्यापक प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिको फुर्को लेख्न-लेखाउन, भन्न-भनाउन, झुन्ड्याउन छाडी सकेका छन् । हाम्रो देश नेपालका डाक्टर, प्राध्यापक प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिको बारेमा यति लामो बहस र छलफल गरिसकेपछि अब मुल विषयतर्पm प्रवेश गरौं ?!…
प्रसंग हालै (केही समयअघि) को हो । नेपालको एक संस्कृति (‘रोधी’ कुन जातिको हो, गुरुङ जातिको कि, मगर जातिको भन्ने) सम्बन्धमा विवाद उठेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘रोधी’ संस्कृति गुरुङ जाति हो भनी निणर्य गरेछ प्रज्ञा प्रतिष्ठानले। अब जो महानुभाव ज्युहरु प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्त हुनु भएको छ, उहाँ प्राज्ञ ज्युहरु पक्कै पनि विद्धान एवम् काबिल नै हुनु हुन्छ होलान् ?!…त्यही भएर त प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्युहरुले हत्तपत्त ‘रोधी’ गुरुङ जातिको संस्कृति हो भनी निणर्य गरे ?!…
नेपालमा आप्mनो नामको अगाडि डाक्टर, प्राध्यापक प्राडा, प्राज्ञ, विद, विज्ञ, कार आदिको फुर्को झुन्डयाउने जुन जमात छ, उनीहरुका सन्दर्भमा सुन्दै अचम्म लाग्ने कुरो के छ भनेदखि अहिलेसम्म कुनै एक राई जाति भनिनेले म एक जाति राई हुँ तर मेरो २८ वटा मातृभाषा छ भनेर खररररर….२८ वटा भाषा बोल्ने कुनै माइकालाल राई कसैले कतै देख्नु, भेट्नु भएको छ ? वास्तविकता यस्तो हुँदाहुँदै पनि यहाँ त अभैm पनि एक जाति राई २८ भाषी भनेर विगतमा केन्द्रमा रहेकका शासकहरुले स्थानीयस्तरमा शासन गर्न दिएको राई पद-पदवी-पगरीलाई नै ‘एक जाति राई, २८ भाषी राई !’ भन्दै राई शब्दलाई भजाएर खाने जीवीकोपार्जन गर्ने, खाईजीवीका चलाउनेहरुको लर्को लागेको छ । यसरी मान्छेको गोबर र भंैसी, गाई, राँगो, गोरु आदिको गोबर छुट्याउन नसक्ने यस्ता डाक्टर, प्राध्यापक प्राडा, विद, विज्ञ, कार, प्राज्ञ,…आदिको के काम ??? धेरैले त अस्ति भर्खरै सुन्नु, पढ्नु भो होला कि, कतै नामै नसुनेको हुम्लु-हुम्लो जाति भन्ने नयाँ जातिको सिर्जना गर्नेहरु पनि यस्तै नामको अगाडि डाक्टर, प्राध्यापक प्राडा, विद, विज्ञ, कार, प्राज्ञ,…आदिको फुर्को झुन्ड्याउनेहरु नै रहेका थिए क्यारे ? तर, “ऐतिहासिक भूमि, वंश-वृक्ष, मौलिक परम्परा, वेषभुषा, मातृभाषा, थर, उपथर (थर, उपथर फरक भएकैले गर्दा कुलुङ-कुलुङबीचमा विवाह गर्ने प्रचलन रहेको छ) परम्परागत कानुन, मौलिक संस्कार, संस्कृति, चाडपर्व, रीतिथिति, चालन, हामी भन्ने भावना, अरु जातिकोभन्दा भिन्न र परक जीवनशैली” आदि भएको कुलुङ जातिलई चाहिँ उनीहरुले देखेनन्, भेटेनन् क्यारे..???