आदिवासी जनजातिको भाषा हराउँदा के हुन्छ ?

  निनाम लोवात्ती
84 Shares

हुन पनि नेपालका शासक वर्गका मानिसहरु एवम् अनुदारवादी रुझान राख्ने मानिसहरुका लागि आदिवसी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, भाषाभाषी, धार्र्मिक समूह, तेस्रो लिंगी, भिन्न क्षमता भएकाहरु, अल्पसंख्यक, पिछडिएको क्षेत्र लगायत समग्र समावेशीकरण (समानुपातिक समावेशीकरणदेखि त असाध्यै तर्सन्छन्) आदिको सवाल सकेसम्म नउठे हुन्थ्यो भन्ठान्छन् ! यो विषयमा अहिलेलाई यति मात्रै लोखौं ।

आजका दिनमा आई पुग्दा विश्वका जुनसुकै देश र भागका शासक वर्गका मानिसहरु एवम् अनुदारवादी मानिसहरुले राख्ने अनुदारवादी रुझान र उनीहरुले गर्ने अनेक थरिका विभेदका कारण विश्वका कयौं आदिवासी जनजातिहरुको अस्तित्व एवम् जातीय स्वपहिचान लोप भई सकेको छ भने कतिपय आदिवासी जनजातिहरुको अस्तित्व र जातीय स्वपहिचान लोप हुने अवस्थामा पुगेको छ । त्यस्तै विश्वका हजारौं आदिवासी जनजातिहरुले बोल्ने मातृभाषाहरु लोप भई सकेको छ-हराई सकेको छ भने, कतिपय आदिवासी जनजातिको मातृभाषा हराउन आँटेको अवस्था-लोप हुन आँटेको अवस्था छ । यसरी हेर्दा आदिवासी जनजातिको मातृभाषा ९९ प्रतिशत हराए, लोप भए । त्यसो हुनुको मुख्य कारण चाहिँ के हो भने, विश्वका जुनसुकै देशमा पनि आदिवासी जनजातिहरु शासक वर्गमा परिणत नहुनु (अपवादबाहेक !) आदिवासी जनजातिहरु शासक नरहनु हो ।

अझ नेपाली शासक वर्ग र अनुदारवादी रुझान राख्नेहरुका लागि त आदिवसी जनजाति, महिला, मधेसी, मुस्लिम, भाषाभाषी, धार्र्मिक समूह, तेस्रो लिंगी, भिन्न क्षमता भएकाहरु, अल्पसंख्यक, दलित, पिछडिएको क्षेत्र लगायत समग्र समावेशीकरण, समानुपातिक समावेशी, आदि शब्द त आप्mनो शरीरमा आएको लुतोसरह नै हो !? त्यसैले गर्दा त उनीहरु आदिवसी जनजाति, महिला, मधेसी, मुस्लिम, भाषाभाषी, धार्र्मिक समूह, भिन्न क्षमता भएकाहरु, तेस्रो लिंगी, अल्पसंख्यक, दलित, पिछडिएको क्षेत्र लगायत समग्र समावेशीकरण, समानुपातिक समावेशी, आदि शब्द सुन्दै चाहँदैनन् । भलै देशको पछिल्लो मूल कानुन, अर्थात् संविधानमै ‘आदिवसी जनजाति, महिला, मधेसी, मुस्लिम, भाषाभाषी, धार्र्मिक समूह, तेस्रो लिंगी, भिन्न क्षमता भएका मानिस, अल्पसंख्यक, दलित, पिछडिएको क्षेत्र लगायत समग्र समावेशीकरण, समानुपातिक समावेशी, धार्मिक स्वतन्त्रता, मानव अधिकार, मौलिक हक…’ आदिका बारेमा अनेक व्याख्यासहित व्यव्सथा गरिएको छ । तर, मुल कानुन अर्थात् संविधान, ऐन, कानुन, नियम, विनियम आदिमा व्यवस्था भएअनुसार व्यवहारमा केकति काम भद्धभए ? त्यो छुट्टै पाटोको रुपमा रहेको छ ।

खासमा पछिल्लो समय आएर विश्वभरिका मानिसहरुले हराउँदै गएको वा हराएको आप्mनो इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभुषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुन आदिलाई सकेसम्म जीवित राख्ने प्रयासमा लागेका छन् । सो कामका विश्वका धेरै जसो देशका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुले आप्mनो देशका विभिन्न जातजाति वा भनौं मानिसहरुको हराउँदै गएको अथवा हराउन आँटेको इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभुषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुन आदिलाई सकेसम्म बचाउन भनेर ठूलो धनराशी लगानी गरिरहेका छन्, गर्दै छन् ।

के भनिन्छ, विगत लामो समयदेखि संयुक्त राज्य अमेरिका (युएसए) ले विश्वभरिका प्रायः सबै देशका मानिसहरुलाई डिभी भर्ने प्रक्रियामार्पmत छानीछानी आप्mनो देश भित्र्याउनुमा पनि विश्वका सबै विश्वका प्रायः देशमा बसोवास गर्ने जातजाति र उनीहरुको पितापूर्खा र वंश, इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभुषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुन आदिलाई आप्mनो देशमा ‘विशाल संग्रह !’का रुपमा संरक्षण एवम् सम्वद्र्धन गरेर राख्नका लागि हो । साथमा आधुनिक शिक्षा, ज्ञान र शीप त सिकेका हुन्छन् नै डिभी भरेर अमेरिका जाने जुन सुकै देशका नागरिकहरुसँग ।

साँच्चै अमेरिकाले विश्वभरिका मानिसहरुलाई डिभी प्रक्रियामार्पmत विश्वका सबै विश्वभरिका जातजाति र उनीहरुको पितापूर्खा र वंश, इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभुषा, बाजागाजा, धर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत रुपमा पालन गर्दै आएको कानुन आदिलाई आप्mनो देशमा ‘विशाल संग्रह !’का रुपमा संरक्षण एवम् सम्वद्र्धनकै लागि हो भने, यस्तो कामलाई हामीले सकारात्मक ढंगले पनि हेर्नुपर्ने हुन्छ कि ?! किनभने, आप्mनो देशका जातजातिहरु लोप भएमा, उनीहरुको इतिहास नामेट भएमा, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभुषा, बाजागाजा, धर्मकर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुन आदि इत्यादि हराएमा, नासिएमा अमेरिका गएर भए पनि हेर्न, खोज्न, अध्ययन र अनुसन्धान गर्न पाईने भो ?

तर, उस (अमेरिका) ले आप्mनो देशमा अहिले सुरु गरेको यो ‘विशाल संग्रह !’का रुपमा विश्वभरिका मानिसहरु आप्mनो देशमा (डिभी चिट्ठामार्पmत संरक्षण गर्ने उदेश्यले) विश्वभरिका देशका जातजाति, उनीहरुको इतिहास, जातीय स्वपहिचान, मातृभाषा, संस्कार, वेषभुषा, बाजागाजा, धर्मकर्म, संस्कार, संस्कृति, रहनसरहन, रीतिथिति, चालचलन, परम्परागत ज्ञान, परम्परागत कानुन आदिइत्यादि हेरेवापत, अध्ययन र अनुसन्धान गरेवापत सलामी दस्तुर चाहिँ चर्कैसँग लिँदो हो ! किनभने जसरी पनि कमाउने, आप्mनो माल-वस्तु बेच्नका लागि र व्यापार कब्जा गर्ने उदेश्यले अमेरिका विश्वका प्रायः सबै देशलाई कुनै न कुनै ढंगले प्रभावमा पारेकै छ । हुन पनि कतिपय अरु देशका रैथाने खाद्यान बाली, जडीबुटी, घाँस, वनस्पति लेउ, झ्याउ लगायत चिजिबिचहरु अमेरिका लगायत अन्य विकशित देशहरुले उहिल्यै आप्mनो बनाएर पेटेन्ट राई नै लिई सकेका छन् ।

यो लेखमा उल्लेख गर्न लागेको खास विषय चाहिँ के हो भने, आदिवासीहरुले विश्वमा जति पनि आप्mनो भाषा प्रयोग गर्ने गर्थे, बोल्ने गर्थे ती भाषाहरुमध्ये अधिकांश मरिसके, लोप भई सके भने धेरै भाषाहरु मर्ने क्रममा छन्, लोप हुने क्रममा छन् । हो, त्यसरी विश्का विभिन्न देशका आदिवासीहरुले बोल्ने आप्mनो मातृभाषा मर्दा, लोप हुँदा के बिग्र्यो त ? मुल प्रश्न यो हो । लगभग तीन वर्षअघि आएको एक अध्ययन प्रतिवेदनअनुसार विश्वभरिमा जति पनि मौखिक औषधीय ज्ञानहरु रहेको छ, ती सबै लोप हुँदैछ, मौखिक औषधीय ज्ञानहरु हराउँदै गएका छन् । भनाइको मतलब विश्वभरि रहेको औषधीय ज्ञानकोष नष्ट हुने खतरा बढेको छ । के भनिन्छ भने, विश्वका विभिन्न भागमा पाईने लगभग १२ हजार ५ सय प्रकारका औषधीय नाम मध्ये ७५ प्रतिशत औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको नाम अभैm पनि आदिवासीहरुको भाषामा रहेका छन् । हो, त्यसरी हेर्दाखेरि त साँच्चै एक दिन विश्वका विभिन्न देशका आदिवासीहरुले बोल्ने (प्रयोग गर्ने) भाषाहरु मरेमा के होला ? सबैले सहजै अनुमान सक्ने कुरो हो । अहिले नै पनि अधिकांश आदिवासीहरुका भाषामा मरिसके, लोप भई सके भने धेरै भाषाहरु मर्ने क्रममा छन्, लोप हुने क्रममा छन् । यसरी हेर्दा जति धेरै आदिवासीहरुका भाषामा मर्छ, लोप हुन्छ त्यति नै विश्वभरिमा रहेका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको नाम हराउने छ, लोप हुने छ ।

विज्ञ तथा खोज अनुसन्धानकर्ताहरुका अनुसार अहिले नै पनि वातावरणीय विनासका कारणभन्दा पनि आदिवासीहरुका भाषा अथवा भनौं आदिवासीका शब्दहरु लोप हुनाले धेरै जसो औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरु लोप हुने संभावना बढी रहेको छ । पछिल्लो अध्उययनमा अध्ययनकर्ताहरुले तीन हजार ५ सय ९८ प्रजातिका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरुको अध्ययन गरेर त्यसको विश्लेषण समेत गरेका थिए ।

अध्ययनको रोचक निचोड के रहेको थियो-छ भने, इनटरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयुसीएन) ले संकलन एवम् संरक्षण गरिरहेको र लोपोन्मुख (रेड लिस्ट) सूचीमा राखेको जति पनि औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरुको सूची छ, त्यसमा विश्वमा रहेको सम्पूणर् लोपोन्मुख औषधीय गुण भएका वनस्पति तथा जडीबुटीको लगभग पाँच प्रतिशत मात्रै रहेका छन् । हुनत अनेकौं कारणले आपैm पनि विश्वका औषधीय गुण भएका वनस्पति तथा जडीबुटीहरु छन्, तिनीहरु आपैm पनि लोपोन्मुख अवस्थामा पुगेका छन् । अध्ययनकर्ताहरुले उत्तर अमेरिकी महादेशको केही भागमा बसोवास गर्ने गरेका आदिवासीको भाषामा रहेका औषधीय गुण भएका वनस्पति र जडीबुटीको अध्ययन गर्दा सबै वनस्पति, जडीबुटी र औषधिमा ८६ प्रतिशतसम्म त्यहाँका आदिवासीहरुको परम्परागत भाषा र ज्ञानको भाग अर्थात् अंश रहेको थियो ।

तर, अचम्म अर्थात् ठीक उल्टो कुरो के भने, उत्तर अमेरिकी महादेशमा बसोवास गर्ने आदिवासीहरुको भाषामा रहेका औषधीय गुण भएका वनस्पति र जडीबुटीको अध्ययन गर्दा जसरी ८६ प्रतिशतसम्म त्यहाँका आदिवासीको परम्परागत भाषा र ज्ञानसँग मिल्यो, अष्टे्रलिया महादेश तथा प्रशान्त महासागर आसपासको टापु देश पपुवा न्यु गिनीमा चाहिँ केवल ३१ प्रतिशत मात्रै मिलेको पाईएको थियो । तर, पनि पपुवा न्यु गिनीमा जुन ३१ प्रतिशत मात्रै मिलेको औषधीय गुण भएका वनस्पति र जडीबुटीहरु थिए, ती सबै पपुवा न्यु गिनीमा रहेका लोपोन्मुख भाषासँग सम्बन्धित रहेको थियो । स्मरणीय के भने, भूगोलको आधारमा हेर्दा पपुवा न्यु गिनी एक सानो टापु देश भए तापनि विश्वमै धेरै भाषा (८३९ वटा) हरु बोल्ने गरिन्छ ।

खासमा धेरै मानिसहरुलाई थाहा छैन कि, सन् २०२२ देखि सन् २०३२ सम्म संयुक्त राष्ट्र संघले (युएन) ले ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक’ घोषणा गरिकन ‘विश्व आदिवासी भाषा दशक’ मनाई रहेको छ । यसमा पनि खास मकसद (चुरो कुरो) चाहिँ विश्वका औषधीय गुण भएका वनस्पतिहरु र जडीबुटीको नाम एवम् परम्परागत ज्ञान पनि आदिवासीहरुकै भाषामा भएको, रहेको हुनाले पनि अब विश्वका धनी र सम्पन्न देशका सरकार प्रमुख एवम् राष्ट्र प्रमुखहरुलाई सकेसम्म विश्वका सबै आदिवासीका भाषाहरु बचाउनुपर्ने वाध्यता आई लागेको छ । जसले गर्दाखेरि विभिन्न कार्यक्रम आयोजना गरेर विश्व जगतले ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक-२०२२/२०३२’ मनाई रहेको छ । यता हाम्रो देश नेपाल चाहिँ केही थाहा नभएको थाहा नपाएको-थाहा नभएको अभिनय गरिरहेको छ । हुनत नेपाल सरकार लगभग दुई वर्ष मौन रहेर लगभग दुई वर्षपछि विसं २०८० मंसिर ताका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहने गरीे ‘अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक राष्ट्रिय कार्य योजना मस्यौद निर्माण उपसमिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार